१० मंसिर २०८१ सोमबार
image/svg+xml

दिल्लीको अडानपछि भारतीय राजदूतलाई देउवाको फोनः कालापानी हाम्रो हो, नक्सा सच्याउ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी र लिपुलेक नेपालकै भूमि भएको स्पष्ट पारेका छन्। भारतले जारी गरेको नयाँ नक्सा सच्याउनुपर्ने उनको भनाई छ।

सरकारका प्रवक्ता भन्छन्ः भारतले नेपालको २ प्रतिशत भूमि मिचेको छ

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतले नेपाली भूमि समेत समावेश गरेर सार्वजनिक गरेको नक्सालाई नेपाल सरकारले अस्वीकार गरी दिएको स्पष्ट पारेका छन्।

सरकारले संघीयता चलाउन जानेनः थापा

नेपाली कांग्रेसका नेता गगन थापाले केन्द्रीय सरकारले अधिकार नियन्त्रण गरेर राख्ने तथा संघीयता चलाउन नसक्दा सरकारका कारण दिनप्रति दिन संघीयता जोखिममा परेको बताएका छन्।

कालापानीबारे भारतीय अडान यथावत, विदेश मन्त्रालय भन्छः नयाँ नक्सा ठिक छ

भारतले आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको दाबी गरेको छ।

रंगशालाको पुनर्निर्माण नसकिँदा नेपाल र कुवेतबीचको खेल स्थगित, भुटानमा गर्न प्रस्ताव

कतारमा हुने विश्वकप फुटबल २०२२ का लागि दोस्रो चरणको छनौटअन्तर्गत नेपाल र कुवेतबीच काठमाडौंमा हुने भनिएको खेल स्थगित गरिएको छ। एएफसीको निर्देशनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर ३ गते काठमाडौंस्थित दशरथ रंगशालामा तय गरिएको खेल बिहीबार स्थगित गरेको हो।

कांग्रेसले टुंगो लगायो उम्मेदवार

नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। तिहारअघि नै पार्टीले उम्मेदवार टुंगो लगाउने दाबी गरेको कांग्रेसले बुधबार आन्तरिक विवादबीच अन्तिम रूप दिएको हो।

'अहिलेकै अवस्थामा सरकारको ऋण तिर्न सकिँदैन'

सरकारको ऋण तिर्न निगमलाई वार्षिक दुई अर्ब २७ करोड बचत गर्न आवश्यक रहेको बताउँदै उनले आर्थिक वर्ष ०६७/७७ को पछिल्लो चार महिनाको अवधिमा दुई अर्ब रुपैयाँको हाराहारीमा बचत गर्न सफल भएको बताए। निगमले हाल ३३ करोड रुपैयाँ ऋण घटाएको समेत उनले जानकारी गराए। हालसम्म सरकारको ऋण ४० अर्ब पुगिसकेको छ।

महराको नैतिक गल्ती : दाहाल

बुधवार दाङ आएका नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कपाका अध्यक्ष पुष्पकमल दाहालले महरा प्रकरणबारे पहिलोपटक मुख खोलेका छन्। उनले महराले गल्ती गरेको उल्लेख गर्दै भने, ‘महराजीको आपराधिक गल्ती भने हैन, नैतिक खालको गल्ती, आचारसँग सम्बन्धित गल्ती हो भन्ने देखिइसकेको छ।,’ प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार सम्मेलनमा दाहालले यो प्रकरणमा महरा दोषी रहेको दाबी हुनाले गल्तीको सजाय पाउनुपर्ने पनि उल्लेख गरे।

आलमको बयान जारी

राजपुर बम काण्डसम्बन्धी मुद्दामा नेपाली कांग्रेसका नेता मोहमद आफताब आलमसँग बुधबार पनि जिल्ला अदालत रौतहटले बयान लिएको छ। पहिलो दिन मंगलबार उनलाई न्यायाधीश दीपक ढकालको इजलासमा ९ वटा प्रश्न सोधिएको थियो भने दोस्रो दिन बुधबार २५ प्रश्न सोधियो। बयान नसकिएकाले बिहीबार पनि यो जारी रहने छ।

सर्वसाधारण आक्रोशित

नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले आफ्नो नक्सामा राखेपछि दार्चुलालगायत सुदूरपश्चिमी जिल्लामा तीव्र असन्तुष्टि व्यक्त भएको छ। यहाँका चिया पसलदेखि चोकचौतारासम्ममा स्थानीयले नेपाली भूभाग अतिक्रमण गरेर भारतले आफ्नो नक्सामा समेटेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

‘एकपक्षीय निर्णय मान्य हुँदैन’

परराष्ट्र मन्त्रालयले दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको जनाएको छ।

आलम र महरा प्रकरणमा कृष्ण सिटौलाले के भने? (भिडियो)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले इटा भट्टामा जिउँदै मान्छे जलाएर मारेको अभियोगमा मुद्दा खेपिरहेका पार्टीका निलम्बित सांसद मोहम्मद अफताम आलम निर्दाेष रहेको जिकिर गरेका छन्।

नेपालको हवाई क्षेत्रमा सम्बन्ध विस्तार गर्ने इन्डोनेशियाको चाहना

इन्डोनेशिया सरकार नेपालको हवाई उडानको क्षेत्रमा सम्बन्ध विस्तार गर्न ईच्छुक देखिएको छ।

नेपालले भन्योः कालापानी हाम्रै भूमी हो

भारतले नेपालको कालापानी क्षेत्र आफ्नो रहेको भन्दै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल सरकारले मुख खोलेको छ।

एमसीसीको उत्कृष्ट व्याटिङ

नेपालले अहिले इङ्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध तीन दिवसीय (प्रथम श्रेणी) क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्