२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

उत्तरकोरिया विरुद्ध मुद्दा हाल्ने जापानको तयारी

जापानको एक परिवारले आफ्ना आफन्तजनलाई उत्तर कोरियाले अपहरण गरेको दाबी गर्दै त्यसका विरुद्ध अदालत जाने बताएको छ। यस प्रकार अपहरण गर्नेको खोजी गर्न र उत्तर कोरियाली नेतालगायत अपहरणका समर्थक समूहलाई सजायको माग गर्दै उक्त जापानी परिवार अन्तरराष्ट्रिय फौजदारी अदालत जाने बताइएको हो।

‘मधेस मुद्दा सत्ताको सिँढी’

‘मधेस मुद्दा उचालेर आन्दोलन गर्ने अनि त्यसलाई आफ्नो स्वार्थअनुसार सत्तामा पुग्ने भ¥याङ बनाउने प्रवृतिले गर्दा समस्याको निकास हुन नसकेको हो ।’

उपभोक्ता ठग्ने ६ दर्जनविरुद्ध मुद्दा

उपभोक्ता ठग्ने ६ दर्जनभन्दा बढी उद्योग, कम्पनी, व्यापारिक प्रतिष्ठानविरुद्ध सरकारले मुद्दा दायर गरेको छ । उपभोक्तालाई अखाद्य वस्तु बेच्ने उद्योग, चर्को मूल्य लिने पसल, अतिरिक्त शुल्क लिने अस्पताल लगायतलाई कारबाहीको दायरामा ल्याउन लागिएको हो ।

कांग्रेस नेता खड्काको मुद्दामा सर्वाेच्चले माग्यो सक्कल मतगणना मुचुल्का

सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ।

सर्वोच्चमा एकै प्रकृतिका मुद्दामा समूहगत सुनुवाइ सुरु

सर्वोच्च अदालतले एकै प्रकृतिका मुद्दालाई एकै ठाउँमा राखेर मंगलबारदेखि दैनिक पेशी तोकी समूहगत सुनुवाइ शुरु गरेको छ। समूहगत सुनुवाइका क्रममा आज चार वटा छुट्टाछुटै इजलास तोकी समूहगत सुनुवाइ शुरु गरिएको हो।

प्रहरीमाथि हातपात गर्नेलाई सार्वजनिक मुद्दा

प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ।

वडाध्यक्षमाथि हातपात गर्नेलाई मुद्दा

चिचिला गाउँपालिका १ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङमाथि हातपात गर्ने ३ जनाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ। वडाध्यक्ष गुरुङ समेतले दिएको जाहेरीका आधारमा अनिल राई, तारा राई र पुजन राईविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

प्रधानन्यायाधीशले आफ्नो बेञ्चमा मुद्दा राखेनन्

डा. गोविन्द केसीविरुद्ध मानहानीको मुद्दामा उमेर र शैक्षिक प्रमाणपत्रको आधिकारिकता विवादमा तानिएका प्रधानन्यायाधीश गोपाल पराजुलीले शुक्रवार आफ्नो बेञ्चमा कुनै पनि मुद्दा राखेका छैनन् ।

केसीको मुद्दा नयाँ इजलासमा

अदालतको मानहानीको आरोपमा अदालत पुर्‍याइएका डा. गोविन्द केसीको मुद्दाका लागि सर्वोच्चले बुधबार नयाँ इजलास तोकेको छ।

मानव बेचबिखन मुद्दामा होटल सञ्चालक पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ।

कृष्ण अधिकारी हत्या प्रकरण : मुद्दाको पेसी सरेको सरैै

माओवादी सशस्त्र संघर्षका बेला चितवन रत्ननगरमा मारिएका गोरखा फुजेलका कृष्ण अधिकारीका हत्यारालाई कारबाही माग गरी चितवन जिल्ला अदालतमा दायर मुद्दामा अन्तिम फैसला सुनाउन निकै ढिलासुस्ती भएको छ । मुद्दा दायर भएको पौने चार वर्ष र अन्तिम बहस सकिएको पनि एक वर्षभन्दा बढी भयो तर फैसला हुने भनेर तोकिएको पेसी पटकपटक सरिरहेको छ ।

घुस लिने नायब सुब्बाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय भक्तपुरका नायब सुब्बा राजु गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार नायब सुब्बा गौतमले जग्गाधनी प्रमाणपुर्जाको मोहीको नाम लगत कट्टा गर्ने प्रयोजनमा एक सेवाग्राहीसँग रु ६ हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ परेका थिए।

डा. केसीको मुद्दा ओमप्रकाश र केदारप्रसादको बेन्चमा

अदालतको अवहेलना गरेको मुद्दामा सर्वोच्च अदालत पुर्याइएको डा. गोविन्द केसीको मुद्दालाई न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चासिलेको इजलासमा परेको छ । यसअघि डा. केसीलाई मंगलबार बिहान सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो । सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेर सिंहदरवार वृत्तमा राखेको थियो ।

डा. केसी विरुद्ध अदालतको अवहेलना मुद्दा, पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश (आदेश सहित)

सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीलाई अदालतको अपहेलना गरेको भन्दै अदालतमा उपस्थित हुन आदेश दिएको छ।

बोक्सीको आरोपमा कुटपिट गर्ने आमाछोरीमाथि मुद्दा

कथित बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा लहान नगरपालिका–२१ खोरिया टोलबाट पक्राउ परेका आमाछोरीमाथि प्रहरीले मुद्दा चलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्