२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाल र भारतबीच विश्वासको संकट : पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल र भारतबीच अहिले विश्वासको संकट देखिएको बताएका छन्। गिरिजाप्रसाद कोइरालाको सातांै स्मृति दिवसको पूर्वसन्ध्यामा जिपी कोइराला फाउन्डेसनद्वारा शनिबार राजधानीमा आयोजित 'नेपाल-इन्डिया कनेक्टिभिटी : अपर्चुनिटिज फर होलिस्टिक डेभलपमेन्ट' विषयक कार्यक्रममा नेता पौडेलले आपसी विश्वासले मात्र दुई देशको हित हुनेमा जोड दिए।

भारतका कारण रोकियो प्रबुद्ध समूह बैठक

पूर्वनिर्धारित नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को तेस्रो बैठक स्थगित भएको छ। शुक्रबारदेखि आइतबारसम्म काठमाडौंमा हुने तय भएको सो बैठक भारतका कारण स्थगित भएको हो।

भारतले आफ्ना नागरिकलाई भन्यो: नेपाल आउँदा ५० ग्राम बढी सुन नबोक्नु

भारतले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमणमा आउँदा ५० ग्राम भन्दा बढी सुनका गहना नलगाउन अनुरोध गरेको छ।

पुनर्वास घटना अपसोचपूर्ण : भारतीय गृहमन्त्री

भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय समकक्षी राजनाथ सिंहसँग भेटवार्ता गरेका छन्। नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एक नेपालीको मृृत्यु भएको घटनाबारे समकक्षी सिंहको ध्यानाकर्षण गरेका थिए।

नेपाल र भारतका १० टिम भिड्दै

४ लाख रुपैयाँ पुरस्कार राशिको ‘माइभ्याली गोल्डकप’ आउँदो १७ देखि २६ गतेसम्म सदरमुकामको ठूलो टुँडिखेलमा आयोजना गरिँदैछ । पूर्वी पहाडकै ठूलो धनराशि पुरस्कार रहने प्रतियोगिताको तेस्रो संस्करणमा ए–डिभिजनसहित नेपाल र भारतका १० टिम सहभागी हुँदैछन् ।

उपप्रधानमन्त्री निधि र भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ता

भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच विहीबार बिहान भेटवार्ता भएको छ ।

भारतको सत्तारुढ पार्टीद्धारा मणिपुरमा सरकार गठन

भारतको उत्तरपूर्वी क्षेत्रमा पर्ने मणिपुर राज्यमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले नयाँ सरकार गठन गरेको छ ।

नेपाली भाषी भारतीय गिरोह सक्रिय

सामाजिक सञ्जालमार्फत भइरहेका ठगी घटनामा नेपाली भाषी भारतीय गिरोह सक्रिय रहेको पाइएको छ। प्रहरीले पुसदेखि थालेको अनुसन्धानमा नेपाली भाषा बोल्न र लेख्न जान्ने समूहले संयौं नेपालीलाई फेसबुकमार्फत ठगी गरेको खुलेको हो।

'असईको पेस्तोल भारतीयले लुटे'

गत बिहीबार आनन्दबजारमा प्रहरी सहायक निरीक्षक (असई) माधव भट्टको सात राउन्ड गोली लोडेड पेस्तोल भारतीय पक्षले लुटेर लगेको खुलासा भएको छ। सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमुख रोमन्द्र देउजाले असई भट्टको पेस्तोल लुटेर लगेको बताए।

नेपाल प्रहरीका असईको पेस्तोल भारतीयले लुटेको खुृलासा

गत बिहीबार एक नेपालीको मृत्यु हुनेगरी आनन्द बजारमा भारतीय सुरक्षाकर्मीसँग झडप हुँदा नेपाल प्रहरीका सहायक निरीक्षक माधव भट्टको ७ राउण्ड गोली लोडेड पेस्तोल समेत भारतीय पक्षले लुटेर लगेको खुलासा भएको छ।

गोविन्द गौतमलार्इ गाेली हान्ने भारतीयलार्इ कारवाही हाेस्ः अाफन्त

नेपाली भूमिमा आएर निहत्था गोविन्द गौतमलाई गोली हान्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्नुपर्ने माग आफन्तले गरेका छन् ।

नयाँ शक्ति संयोजक भट्टराई भारत प्रस्थान

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार भारतको राजधानी नयाँ दिल्लीतर्फ गएका छन् ।

‘भाजपाको विजय नयाँ भारत निर्माणको आधार’

नयाँदिल्ली– राजनीतिक रुपमा एकदमै महत्वपूर्ण मानिएको भारतको उत्तरी राज्य उत्तर प्रदेशमा विधानसभाको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेको एक दिनपछि भारतीय जनता पार्टीका नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाको विजय नयाँ भारत निर्माणको आधार भएको बताएका छन् ।

भारतीय राज्यस्तरको चुनावी अर्थ

यसै महिना भारतका पाँच वटा राज्यस्तरमा भएको विधानसभाको निर्वाचन परिणाम भर्खर आएको छ । निर्वाचन भएका राज्यमध्ये भारतको सबैभन्दा धेरै जनसंख्या भएको राज्य उत्तर प्रदेश पनि छ, जसको जनसंख्या करिब बीस करोड छ । यो राज्यको नेपालसँग सीमासमेत जोडिएको छ ।

नेपाल–भारत सीमा विवाद

राजविराजमा भएको दुःखद् घटना सेलाउन नपाउँदै फागुन २६ गते कञ्चनपुरमा अर्को घटना भयो । कञ्चनपुरको आनन्द बजार नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले कलभर्ट निर्माणको विवादलाई लिएर नेपालभित्र पसी गोली हान्दा ३२ वर्षीय स्थानीय युवक गोविन्द गौतमको मृत्यु भयो । त्यस घटनाको सर्वत्र विरोध भयो, नाकामा झडप र विरोध भइरह्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्