७ कार्तिक २०८१ बुधबार
image/svg+xml

ट्रम्प टावरमा आगलागी, एकको मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको  व्यापारिक भवन ट्रम्प टावरको ५० औँ तलामा आगलागी भएको छ। आगो नियन्त्रण गर्ने क्रममा  एक अग्नि नियन्त्रकको मृत्यु भएको छ भने चार जना घाइते भएको न्युयोर्कका बारुण नियन्त्रण बिभागका प्रमुख डेनियल निग्रोले  बताएका छन्।

सिरियामा रासायनिक हमला, ७०को मृत्यु

सिरियाको गुटा सहरमा रासायनिक हमला हुँदा ७०भन्दा बढीको मृत्यु भएको छ। राहत तथा उद्दारमा खटिएका स्वयम् सेवकले दिएको जानकारीअनुसार गुटास्थित डोमा सहरमा विशालु ग्यासको आक्रमणमा परी कम्तीमा ७० जनाको ज्यान गएकोे छ।

मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु,  स्थानीयवासीद्वारा सडक अवरुद्ध

मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पुर्‍याएका छन् ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रौतहटमा मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ । गौर–चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गतको सखुअवा चोकनजिक रोकिराखेको टेलरमा ठोकिएर मोटरसाइकल दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेलहीका ४० वर्षिय रामबावु यादवको ज्यान गएको छ।

बसको ठक्करबाट एकको मृत्यु

भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार साँझ यात्रुवाहक बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

बसको ठक्करबाट दुईको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहास्थित सडकमा शुक्रबार बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

करेन्ट लागेर एकको मृत्यु, तीन घाइते

धनगढीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।  धनगढी उपमहानगरपालिका–११ बेलाको वनखेतका १४ वर्षीय अमन चौधरीको मृत्यु भएको छ भने सोही स्थानका १२ वर्षीय सागर पनेरू, १५ वर्षीय अर्जुन कठायत र १४ वर्षीय नविन कठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।

मिनीट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

बूढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकमा  शुक्रबार बिहान मिनीट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।

डुबेर २ बालकको मृत्यु

संखुवासभाको सिलिचोङ गाउँपालिकाका २ जना बालकको खोलामा डुबेर मृत्यु भएको छ। सिलिचोङ गाउँपालिका १ रियाम्माका धर्मेन्द्र राई र बालकुमार राईको बुधबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

जीप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी भोक्राहामा विहीबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्।

तान्जेनियामा बस दुर्घटना ,१२ को मृत्यु, ४६ घाइते

उत्तर तान्जानियामा आलु बोकेको ट्रक र यात्रु बसबीच ठोक्किँदा १२ जनाको मृत्यु भएको छ। घटनामा ४६ जना घाइते भएको त्यहाँको ट्राफिक प्रहरीले बताएको छ।

चट्याङ लागेर एकको मृत्यु ४ घाइते

उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। बुधबार साँझ ७ः३० बजे घरमै बसिरहेका बेला हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर कटारी नगरपालिका १३ मोहनीटारकी ४६ वर्षीया हिरामाया जोसीको मृत्यु भएको प्रहरीले जनाएको छ।

आक्रमणमा दुई अफगान सैनिकको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त उरुजगानको अशान्त क्षेत्रमा रहेको एक जाँच चौकीमा भएको तालिबान आतंककारीको आक्रमणमा परी कम्तीमा दुई सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्