१३ पुस २०८१ शनिबार
image/svg+xml

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

शोक वक्तव्य जारी गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो भाइलाई गुमाउनुपर्दा मन गह्रुङ्गो भएको उल्लेख गरेका छन् । रोबर्ट आफ्ना लागि भाइ मात्रै नभई सबैभन्दा असल साथी भएको पनि उनले स्मरण गरेका छन् ।

अमेरिकाकै सांसदले भनिन् : यो ‘ट्रम्प भाइरस’ हो

आफ्ना नागरिकलाई मास्क लगाउन अनुरोध गर्दै अवस्था राम्रो हुनुभन्दा अघि अझ खराब हुन्छ भन्ने राष्ट्रपति ट्रम्पको भनाइपछि वरिष्ठ डेमोक्रेट नेता पलोसीको यो अभिव्यक्ति आएको हो ।

अन्ततः ट्रम्पले पनि लगाए मास्क

सिएनएनका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्प शनिबार रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा घाइते सैनिकलाई भेट्न जाँदा मुखमा मास्कसहित देखिएका हुन् । जहाँ उनले कालो मास्क लगाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश आप्रवासीका लागि इतिहासकै कठोर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार जारी गरेकाे कार्यकारी आदेशमार्फत आफ्नो अनुदार आप्रवासी नीतिलाई अझ कडाईका साथ निरन्तरता दिएका छन्।आप्रवासीका क्षेत्रमा काम गर्ने ज्ञाताहरुका अनुसार गत सोमबार जारी कार्यकारी आदेश अमेरिकी आप्रवासी ईतिहासकै कठोर मानेका छन्। राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बरमा हुन गईरहेको राष्ट्रपति चुनाव केन्द्रित गरेर कार्यकारी आदेश जारी गरेको आप्रवासी कानुनका जानकार एटोर्नी डिल्लीराज भट्टले नागरिकन्यूजलाई बताए।

भेनेजुएलाका राष्ट्रपति मदुरोसँग भेट्ने राष्ट्रपति ट्रम्पको इच्छा, विपक्षी नेता अविश्वसनीय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोसँग भेटवार्ता गर्ने बारेमा विचार गरिरहेको बताएका छन्। आइतबार प्रकाशित राष्ट्रपति ट्रम्पको अन्तर्वार्तामा उनले भेनेजुएलाका विपक्षी नेता पूरै विश्वासिला नभएको संकेत गरेका छन्।

राष्ट्रपतिमा पुनः जिताउन ट्रम्पले चीनको सहयोग मागेको बोल्टनको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफूलाई सघाउन चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग मागेको ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आरोप लगाएका छन्।

ट्रम्पको चुनावी सभाहरु यसै महिनाबाट शुरु हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार शुरु गर्ने तयारी गरेका छन्।

‘कोभिड–१९ अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रतिकुल हुनसक्ने’

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुन निर्वाचित हुने सम्भावनालाई कोभिड–१९ को महामारी तगारो बन्नसक्ने एक सर्वेक्षणले देखाएको छ।

डोनाल्ड ट्रम्पप्रति टेलर स्विफ्ट आक्रोशित

गायिका टेलर स्विफ्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आक्रोशित भएकी छिन्। अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा भएको हत्याको विरोधमा अमेरिकाभर विभिन्न शहरमा प्रदर्शन भइरहेको अवस्थामा गायिका स्विफ्टले राष्ट्रपति ट्रम्पको शासनको अन्त्य हुने प्रतिक्रिया दिएकी थिइन्।

ट्रम्पद्धारा विश्व स्वास्थ्य संगठनबीचको सम्बन्ध तोड्ने घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग अमेरिकाले सम्बन्ध तोड्ने घोषणा गरेका छन् । उनले अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सबै खाले सम्बन्ध तोड्ने घोषणा गरेको समाचारमा जनाइएको छ ।

ट्वीटर, सामाजिक संचार माध्यम विरुद्ध राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ट्विटर र अन्य सामाजिक संचार माध्यमका कम्पनीहरू विरुद्ध नयाँ युद्धको घोषणा गरेका छन् । उनले यी माध्यमलाई नियन्त्रण गर्ने उद्देश्यले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर विवादको बिऊ रोपेका छन् ।

विश्वभर कोरोना संक्रमितको संख्या डरलाग्दो: डब्लुएचओ

डब्लुएचओले बुधबार एकै दिन १ लाख ६ हजारभन्दा बढी भाइरसका बिरामी भेटिएको जनाएको छ। गत डिसेम्बरमा चीनको उहानमा कोरोना संक्रमण देखिएपछि पहिलोपटक यो सबैभन्दा ठूलो संख्या देखिएको हो।

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीवीच फोनवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच शुक्रबार साँझ फोनवार्ता भएको छ ।

अमेरिकी राष्ट्रपतिद्वारा “आप्रवासन भिसा” प्रक्रिया स्थगन गर्ने घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कोरोनाभाइरसका कारण संयुक्तराज्य अमेरिकामा प्रवेश गर्न चाहनेहरुका लागि दिँइदै आएको “आप्रवासन भिसा” अस्थायी रूपमा स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका छन् ।

अर्को हप्ता हाम्रा लागि अझै चुनौती छ – ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्