११ असार २०८१ मंगलबार
image/svg+xml
कला

डोनाल्ड ट्रम्पप्रति टेलर स्विफ्ट आक्रोशित

गायिका टेलर स्विफ्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आक्रोशित भएकी छिन्।  अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा भएको हत्याको विरोधमा अमेरिकाभर विभिन्न शहरमा प्रदर्शन भइरहेको अवस्थामा गायिका स्विफ्टले राष्ट्रपति ट्रम्पको शासनको अन्त्य हुने प्रतिक्रिया दिएकी थिइन्।  

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालको हिंसाविरुद्धको नियमलाई उल्लंघन गर्दै अनलाइनबाट ‘लुटपाट सुरू गरे गोली चलाइने’ धक्की दिएपछि उनी आक्रोशित भएकी थिइन्।  सयौं मानिसहरूले जर्ज फ्लोइडको हत्यामा न्यायको माग गर्दै ह्वाइट हाउसको बाहिर विरोध प्रदर्शन गरेका छन्।  मिनीसोटा, न्युयोर्क र एटलान्टालगायत क्षेत्रमा हिंसात्मक प्रदर्शन भएका छन्।   गायिका स्विफ्टले सामाजिक सञ्जाल ट्वीटरमार्फत क्रुरतापूर्ण रहेको राष्ट्रपति ट्रम्पले शासनको अन्त्य हुने दावी गरेकी थिइन्।  

‘तपाईको राष्ट्रपति पद सेताका वर्चस्वमा रहेर जातीय भेदभावको विरोधमा हिंसाको धम्की दिनुअघि नैतिक श्रेष्ठता दर्साउने साहस छ?,’गायिका स्विफ्टले राष्ट्रपति ट्रम्पलाई ट्वीटरमा सम्बोधन गर्दै लेखेकी थिइन्, ‘लुटपाट सुरू गरे गोली चलाउनु हुन्छ ?हामी आउँदो नोभेम्बरमा तपाईंलाई मतदान गर्नेछौं। ’ट्विटरमा सर्वाधिक अनुसरण गरिएको व्यक्तिको सूचीमा उनी पाँचौं स्थानमा छिन्।  

सेता जातिका प्रहरीले फ्लोइडको घाँटी थिचेको फुटेज सार्वजनिक भएलगत्तै चार जना प्रहरीहरूलाई बर्खास्त गरिएको थियो।  राष्ट्रपति ट्रम्पले सो घटनालाई ’भयानक’ भन्दैे फ्लोइडका परिवारसँग कुराकानी गरेको बताएका थिए।  एटलान्टाका कैयौं क्षेत्रमा मानिस र सम्पत्ति जोगाउनका लागि भन्दै संकटकाल घोषणा गरिएको छ।  न्युयोर्कमा प्रदर्शनकारीहरू र प्रहरीको झडप भएको थियो।  त्यहाँ कैयौं प्रहरीहरू घाइते भएका थिए र कैयौंलाई गिरफ्तार गरिएको थियो।  

 

..

 

प्रकाशित: १८ जेष्ठ २०७७ ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App