१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

टेबुल पङ्खा शरीरमा खस्दा वृद्धको मृत्यु

कञ्चनपुरमा चलिरहेको टेबुल पङ्खा शरीरमा खस्दा एकजनाको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका-७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने घरको आगनमा टेबुल फ्यान (पङ्खा) चलाएर बसेको अवस्थामा शरीरमा खसेपछि गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ११ असार २०८१ १०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App