३ मंसिर २०८१ सोमबार
image/svg+xml

भारतीय सुरक्षाबल एसएसबि र नेपालका जनप्रतिनिधिकै सहयोगमा भित्रिदै‌

मर्चवारस्थित एक गाउँपालिकाका स्वास्थ्य इन्र्चाजलाइ शनिबार बिहानै एक जना जनप्रतिनिधिले फोन गरे । ती जनप्रतिनिधिले भारतबाट फर्केका आफना मान्छेको उद्वारका लागि तत्काल एम्बुलेन्स पठाइदिन भने । मर्चवारस्थित ठोठरी नाकाबाट बिहान उज्यालो नहुँदै नेपाल पसेका दुई जनालाई जनप्रतिनिधिकै सक्रियतामा मुडीलाबाट एम्मबुलेन्सले उद्वार गर्‍यो ।

एकीकृत जाँच चौकी निर्माणको समय सकिन २ महिना बाँकी, काम ४० प्रतिशत

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) भवन निर्माणको समय सकिन दुई महिना मात्र बाँकी छ । तर आइसिपी भवनको काम ४० प्रतिशत मात्र सकिएको छ ।

सीमा नाका बेलहियामा स्यानिटाइजिङ टनेल

रुपन्देहीको नेपाल भारत मुख्य सीमा नाका बेलहियामा स्यानिटाइजिङ टनेल जडान गरिएको छ । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी २ र एरिया ४का लायन्स क्लबहरुको सहकार्यमा स्वचालित स्यानिटाइजर टनेल स्थापना गरी सञ्चालनमा आएको हो । भारतमा दैनिक कोरोना संक्रमणको बृद्धिले सीमा हुँदै नेपालमा पनि सहजै प्रवेश हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सीमामै टनेल स्थापना गरि बुधबार क्लबले सिद्धार्थनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

उदयपुर र भोजपुरको नाका ठप्प बनाउन माग

समाजवादी पार्टी खोटाङले कोरोना भाइरसको संक्रमण भित्रिन नदिनका लागि छिमेकी जिल्ला उदयपुर र भोजपुरसँग जोडिएका नाका ठप्प बनाउन माग गरेको छ ।

जुम्ला–जाजरकोट नाका बन्द गर्न माग

पछिल्लो समय सुर्खेत छिन्छु हुँदै जाजरकोट भएर पैदल यात्रा गरेर आउनेको संख्या बढेपछि जुम्लाबासीले तत्काल जुम्ला जाजरकोट नाका पूर्ण रुपमा बन्द गर्न माग गरेका हुन् । उनीहरुले नाका बन्द गरेर आवतजाव पूर्ण रुपमा बन्द गर्न माग गरेका हुन् । अहिले कर्णाली राजमार्गमा सवारी आवागमन ठप्प भएपछि भारत तथा ब्यापारका शिलशिलामा देशभित्र रहेकाहरु धमाधम जाजरकोट भएर आउन थालेका हुन् ।

जुम्ला-जाजरकोट नाकामा कडाइ गर्न माग

पछिल्लो समय सुर्खेत छिन्छु हुदैँ जाजरकोट भएर पैदल यात्रा गरेर आउनेको संख्या बढेपछि जुम्लाबासीले तत्काल जुम्ला जाजरकोट नाकामा कडाइ गर्न माग गरेका हुन्।

हप्तादिनका लागि खोटाङको नाका बन्द

छिमेकी जिल्ला उदयपुरमा नोबेल कोरोना भाइरस (कोभिड–१९)का १२ जना संक्रमित फेला परेपछि खोटाङको नाका बन्द गरिएको छ ।

उदयपुरमा कोरोना संक्रमित भेटिएसँगै नाकामा कडाई

छिमेकी जिल्ला उदयपुरमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित १२ जना फेला परेसँगै खोटाङको नाकामा कडाई गरिएको छ। छिमेकी जिल्लामा कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेसँगै शुक्रबार साँझदेखि खोटाङ र उदयपुरको सिमानाका नाकामा हुने आवत–जावतमा कडाई सुरु गरिएको हो।

भीभीआइपी सुरक्षामा खटिएका दुई तिहाई सुरक्षाकर्मी फिर्ता हुँदै

गृहमन्त्रालयले विशिष्ट व्यक्ति (भीभीआइपी)को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव मन्त्रिरिषदमा लगेको छ। सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको हो।

सीमा नाकामा सिसिटिभी जडान गर्दै भारत

नेपाल भारत सिमानाको धेरै ठाउँमा भारतीय पक्षले आफ्नो सीमाभित्र सिसिटिभी क्यामरा जडान गरेको छ। रौतहटमा कोरोनाको संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएसँगै नेपालतिरबाट भारत पस्ने रौतहटसित सिमाना जोडिएका अधिकांश गाउँमा भारतले सिसिटिभी जडान गरेको बुझिएको छ।

तातोपानीबाट अत्यावश्यक सामग्री नियमित आउने

उत्तरको मुख्य व्यापारिक तातोपानी नाका भएर बिहीबारदेखि चीनबाट नियमित अत्यावश्यक सामग्री नेपाल आउने भएको छ ।

तातोपानी नाकाबाट अत्यावश्यक सामग्री नियमित आउने

जिल्लाको उत्तरतर्फ मुख्य व्यापारिक तातोपानी नाका भएर बिहीबारदेखि चीनबाट नियमित अत्यावश्यक सामग्री नेपाल आउने भएको छ। दुई देशका अधिकारीबीचको सीमा सुरक्षा बैठकमा स्वास्थ्य र अत्यावश्यक खाद्य सामग्री नियमित आपूर्ति गर्ने सहमति भएको हो।

जिल्ला प्रवेश गर्ने नाकाको चेकजाँचमा कडाई गर्ने

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि खोटाङ प्रवेश गर्ने नाकामा चेकजाँचलाई कडाई गर्ने तयारी गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको शुक्रबार बसेको बैठकले बाहिरि जिल्लाबाट भित्रिने नाका–नाकामा कडाईका साथ चेकजाँच गर्ने निर्णय गरेको हो ।

सीमावर्ती क्षेत्रमा प्रहरीका थप १८ युनिट

कोरोना महामारी विस्तार हुन नदिन सुनसरीका सीमावर्ती क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीका गरी १८ वटा युनिट थपिएका छन् ।

भारतबाट आउनेक्रम नरोकिएपछि चेकपोष्ट बढाइयो

नेपाल–भारत खुला सीमा प्रयोग गरी प्रदेश नं २ मा भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोस्ट खडा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्