१२ मंसिर २०८१ बुधबार
image/svg+xml

वर्षा नसकिँदै ४५ पुलमा क्षति, मर्मत गर्न ४७ करोड चाहिने

वर्षा नसकिँदै यस वर्ष बाढी पहिरोले देशभरि ४५ पुलमा क्षति पुगेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबारको विकास तथा प्रविधि समितिको बैठकमा यस्तो जानकारी दिएका हुन्। मध्य बर्खा चलिरहँदा बाढी पहिरोले विकासमा ठूलो क्षति भएको हो।

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या ५२ पुग्यो

म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ५२ पुगेको छ। बाढी पहिरोमा परेकाको खोजी तथा उद्धार गर्ने क्रममा आइतबारसम्ममा ४२ जनाको मृत्यु भएको पुष्टि भएको हो।

पहिरोले सात घर जोखिममा

यसपालि पहिलाजस्तो हुँदैन भन्ने आशा राखेका छौं। ’ पानी पर्ने क्रम जारी रहेकाले बस्ती नै पहिरोले लैजाने जोखिम बढेको छ।

भारतमा बाढीका कारण कम्तीमा सयजनाको मृत्यु

भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा सयजनाको मृत्यु भएको र लाखौं नागरिक विस्थापित बनेको शनिबार भारतीय अधिकारीहरुले बताएका छन्।

सिद्धिचरण लोकमार्ग खुल्यो

एक महिनाअघि बर्षातसँँगैको गएको पहिरोका कारण अवरुद्ध भएको सिद्धिचरण लोकमार्ग शनिबारबाट सूचारु भएको छ। कटरी–घुर्मी सडक खण्डको ठाटिभञ्ज्याङ्गमा भएको अवरोध हटेसँगै सवारी सूचारु भएका हुन्। वेतेनी–घुर्मी खण्ड २५ किलोमिटर अन्तर्गत कटारी नगरपालिका– ११ ठाटीभन्ज्याङ र लप्सेको भिरसहित दर्जन बढी स्थानमा पहिरोका कारण सडक एक महिनादेखि अवरुद्ध थियो छ।

पहिरोले लघुजलविद्युत् आयोजना बन्द

सुतीखोला लघु जलविद्युत आयोजना तिनाउको विद्युत् पावरहाउसमा ल्याइएको कुलोमा पहिरो खसेपछि विद्युत् आपूर्ति बन्द भएको छ।

पहिरोले यातायात अवरुद्ध, महङ्गो भाडामा ‘मुन्द्रे’मा यात्रा

कञ्चनपुरको वेदकोट नगरपालिकाको दैजीबाट डडेल्धुराको जोगबुडा जोड्ने सडकखण्ड पहिरोका कारण झण्डै एक महिनादेखि यातायात अवरुद्ध भएको छ। यातायात अवरुद्ध हुँदा उक्त सडक खण्डमा यात्रुले महङ्गो भाडा तिरेर मोटर साइकलमा (मुन्द्रे) यात्रा गर्नु पर्ने बाध्यता छ।

गाउँवासी पहिरोको चपेटामा, गाउँपालिका अध्यक्ष विदेशमा

पहिरोका कारण जिल्लाको गौरीशंकर गाउँपालिकाका सर्वसाधारण बिचल्लीमा परिरहेका बेला गाउँपालिकाका अध्यक्ष भने पारिवारिक भ्रमण भन्दै विदेशमा रमाइरहेका छन्।

बाढी पहिरोबाट साढे ८ सय मिटर पक्की सडक पूर्ण क्षति

अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लामा दुई सय ६४ घर पूर्णरूपमा क्षति हुनुका साथै आठ सय ५० मिटर पक्की सडक क्षति भएको छ। जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १३ वटा नै स्थानीय तहमा भएको क्षतिको विवरण सङ्कलन गरी प्रदेश ३ सरकारसमक्ष पेश गरिएको विवरणमा मानवीय क्षतिका साथै भौतिक क्षतिको विवरण पेश गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए।

पहिरोमा बेपत्ता दुईजना अझै भेटिएनन्

जुँगु गाउँस्थित च्वाँसेघारीको भीरबाट खसेको पहिरोका कारण ८० घर विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बर्खामा भेलपहिरोले बर्बादी

काठमाडौं उपत्यकाको ‘कर्णाली’ भनेर चिनिने ललितपुरको दक्षिणी भेकमा पर्ने बागमती गाउँपालिकाका बासिन्दा हिउँदमा सडक खोल्दा ज्यादै हर्षित देखिन्थे।

दोलखाको पहिरोमा हराएका भेटिएनन्

शुक्रबार राती दोलखाको जुँगुमा गएको पहिरोमा हराइरहेका दुई स्थानीय आइतबार साँझसम्म फेला पर्न सकेका छैनन्।  शुक्रबार मध्यरातमा गौरीशंकर गाउँपालिकाको जुँगुमा गएको पहिरोमा हराइरहेका ५५ बर्षिया जगतबहादुर खत्री र १८ बर्षका किशोर निशान खड्कालाई पहिरो क्षेत्रमा दुई दिन देखी खोजी कार्य जारी राखिए पनि फेला पर्न सकेका छैनन्।

पहिरोले गाउँ उठीबास, दुईजना बेपत्ता, ५० घर विस्थापित

शनिबार राति करिब ११ बजे गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित अप्लेपुका शिक्षक टीकाबहादुर खत्रीको मोबाइलमा फोन आयो – च्वाँसेघारीको भीरबाट पहिरो खस्यो, गाउँ छाडेर सुरक्षित स्थानतर्फ भाग्नू। उनी हतारिँदै बाहिर निस्के। परिवारका सबै सदस्यलाई पनि निकाले। च्वाँसेघारी भीरमुनि रहेको माथ्लो गाउँ झगडेधारोमा फोन गरेर त्यतै दौडिए। माथिबाट ठूलो आवाजमा जमिन कराउँदै पहिरो झर्दै थियो। मानिसहरू चिच्याइरहेका थिए।

सरकारले बिर्सियो, पीडितको पीडा उस्तै

२०७१ साउन १७ गते। अन्तर्राष्ट्रिय क्षेत्रमै हलचल मच्याउने गरी जुरे पहिरो निम्तिएको दिन। पाँच गाउँ सुलुत्त सुनकोसी नदीमा विलय गराउँदै एक सय ४५ जनाको एकै चिहान बनाएको जुरे पहिरोको शुक्रबार (साउन १७) पाँच वर्ष पूरा भएको छ। बर्खामा उर्लिएको सुनकोसी नदी लगातार ११ घन्टासम्म टम्म थुनेर विशाल कृत्रिम ताल बनाएको पहिरोले अन्तर्राष्ट्रिय समुदायकै ध्यान खिचेको थियो। दिन, महिना र वर्ष बित्दै जाँदा जुरे पहिरो बिर्सिइँदै गएको छ।

पहिरो पीडितलाई सहयोग

गुल्मेली अधिकृत समाजले जिल्लाको सत्यवती गाउँपालिका वडा नं ३ र ४ को लिम्घा तथा ठूलोलुम्पेकका बाढीपहिरो पीडितलाई दुई लाख ५१ हजार सहयोग गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्