११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ठूलो परिमाणमा लागुऔषध सहित ६ जना पक्राउ

सिरहा नगरपालिका –१७ पटेर्वाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले मंगलबार दिउँसो ठूलो परिमाणमा लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने धनुषा जिल्ला जनकनन्दनी गाउँपालिका –२ का १९ वर्षिय बब्लु कुमार यादव छन्।

सडकको पैसा लिएर फरार भीमबहादुर बागबजारबाट पक्राउ

जुम्लाको तातोपानी गाउँपालिका ७ स्थित पातरसाँघु बारागाउँ सडक आयोजनाको रकम झिकेर फरार रहेका तातोपानी ७ का भिमबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। जुम्ला राष्ट्रिय बाणिज्य बैंकको खाता नं.४०३०००७४२८०१ को चेक नं.००२१६१७६०२ बाट गत बैशाख २४ गते रकम झिकेर फरार रावतलाई काठमाण्डौ महानगरपालिका २८ बागबजारबाट प्रहरीले नियन्त्रणमा लिइएको हो।

चिकित्सक साहकी छोरीका अपहरणकारी पक्राउ

प्रसूतिगृहकी चिकित्सक बबिता साहकी छोरी अपहरणमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। महनगरीय प्रहरी परिस काठमाडौंले अपहरणका मुख्य आरोपी मनीष गुप्तालाई महोत्तरीबाट पक्राउ गरेको हो।

साढे ३३ किलो सुन तस्करी प्रकरणका आरोपी खड्का दुबईमा पक्राउ

दुवईबाट नेपालमा सुन पठाउने मुख्य व्यक्तिलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ। सुन तस्करीको अनुसन्धानसम्बन्धी दुइटा प्रतिवेदनले दोषी औंल्याएका हरिशरण खड्कालाई दुबई प्रहरीले पक्राउ गरेको हो। दुबई प्रहरीले यसबारे नेपाल प्रहरीलाई जानकारी गराएको छ।

नैनसिंह महर सहित नेविसंघका नेताहरु पक्राउ

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको छ। मंगलबार नेविसंघ अध्यक्ष महर सहित आधा दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेका नेविसंघका महामन्त्री कुन्दराज काफ्लेले नागरिक अनलाइनलाई बताए।

धादिङमा पेस्तोल सहित तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय धादिङले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनियाबास गाउँपालिका वडा न–५ सत्यदेबीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आषिश थापामगर र २३ वर्षीय बिशाल गुरुङ रहेका छन् ।

बालिका बलात्कार गर्ने रङ्गेहात पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले यहाँका एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ। जिल्लाको सिस्ने गाउँपालिका–५ की साढे ३ वर्षीया बालिकालाई बलात्कार गर्ने सोहि ठाउँका ३१ वर्षीय मदन भनिने भरत गौतमलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

गुण्डा नाइके राजु गोर्खाली पक्राउ

गुण्डा नाईके राजु गोर्खाली पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई वानेश्वरबाट पक्राउ गरेको जनाएको छ। काठमाडौं मलको पसल ठेक्का प्रकरणलाई उनी विरुद्ध उजुरी परेपछि उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए।

चोर समात्ने अभियानमा १ सय २४ पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १ सय २४ जनालाई पक्राउ गरेको छ। परिसर र महाशाखाले यही माघ १५ गतेदेखि सञ्चालन गरेको ‘चोरी विशेष अभियान’अन्तर्गत उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको हो।

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको दमन, १६ चिकित्सक पक्राउ

चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको मागमा समर्थन जनाउँदै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका चिकित्सकहरुमाथि प्रहरीले दमन गरेको छ।

भेनेजुएलामा पाँच विदेशी पत्रकार पक्राउ

विपक्षीले गरेको प्रदर्शनको समाचार संकलन गरेका पाँच विदेशी पत्रकारलाई भेनेजुएलामा पक्राउ गरिएको छ। राष्ट्रपति निकोलास मादुरो नेतृत्वको सरकारका विरुद्धमा विपक्षीहरुले बुधबार भेनेजुएलामा देशव्यापी प्रदर्शन गरेका थिए। सरकारी पक्षले भेनेजुएलाको संकटपूर्ण अवस्थाका बारेमा रिपोर्टिङ गरेका चिलीका दुई पत्रकारलाई निर्वासित गरेका छन्। सरकारी नियन्त्रणमा पर्ने पत्रकारमा फ्रान्सका दुई जना, कोलम्बियाका दुई जना र स्पेनका एक जना रहेका छन्। उल्लेखितमध्ये पछिल्ला तीन जना स्पेनको राष्ट्रिय समाचार संस्था इफेका लागि काम गर्दै आएका छन् भने कम्बोडियाबाट आएका सबैजना भेनेजुएलामा उत्पन्न अस्थिर स्थितिको रिपोर्टिङकै लागि आएका हुन्।

फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले एक फरार अभियुक्तलाई दुई महिलापछि पक्राउ गरेको छ। जबरजस्ती करणी मुद्दामा उच्च अदालत तुल्सीपुर दाङले दोषी ठहर गरेका जिल्लाको बाँफिकोट गाउँपालिका–१ का ६३ वर्षीय भद्रबहादुर कामीलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनकारी दिएकाे छ।

दिदीकाे देवरसँग प्रेममा रहेकी किशाेरी घरभित्रै मृत फेला, हत्या आशंकामा बुवा पक्राउ

बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको चोटपटक लागेको अवस्थामा अर्धनग्न शव गत सोमबार राति घरमा भेटिएपछि प्रहरीले उनका बुवा ४५ वर्षीय तुरुन्तलाललाई पक्राउ गरेको जनाएको छ।

नयाँ बानेश्वरबाट ३२ अधिकारकर्मी पक्राउ

प्रहरीले नयाँ बानेश्वरबाट ९ महिलासहित ३२ जना अधिकारकर्मीलाई पक्राउ गरेको छ। वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न दोषीहरुलाई कारबाहि गर्नुपर्ने डा. गोविन्द केसीसँग गरिएका सहमतिहरु कार्यान्वय गर्नुपर्ने लगायतका मागहरु लिएर संसद भवन अघि धर्ना प्रदर्शनमा बसेका अधिकारकर्मीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

गाई मारेको अभियोगमा ३ जना पक्राउ

गाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पूर्वी मकवानपुरको बकैया गाउँपालिका १२ का उनीहरूलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा बकैया गाउँपालिका १२ निगालेका ५४ बर्से कृष्णबहादुर गोले, १८ बर्से विजय न्यासुर र बकैया ११ का १८ बर्सेसुवास टुप्पा रहेका जिल्ला प्रहरी प्रमुख बुद्धिराज गुरुङले जानकारी दिए। उनका अनुसार गोप्य सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई गाई काटिरहेको अवस्थामा फेला पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्