११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नक्कली ‘सुन’ काराेबार आरोपमा महिला पक्राउ

गत पुस १९ गते धादिङमा बरामद चार किलो नक्कली सुन बेच्न पठाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। धादिङ प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को संयुक्त टोलीले उक्त आरोपमा झापाको हल्दिबारी–१, स्थायी घर भएकी ३३ वर्षीया गंगा लिङ्देन लिम्बुलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो।

नौ थान बालासहित ६ पक्राउ

प्रहरीले सुनजस्तो देखिने पहेंलो धातुका नौ थान बालासहित ६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले बुधबार राति पिंगलास्थानबाट बालासहित उनीहरुलाई पक्राउ गरेको हो।

कल बाइपासमा संलग्न दुई भारतीय पक्राउ, लाखौँको उपकरण बरामद

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)लेअवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। विशेष सूचनको आधारमा सीआईबीबाट खटिएको प्रहरी टोलीले काठमाडौं सामाखुसी बस्ने भारत जयपुर राजस्थानका ३५ वर्षीय सुनिल कुमार र ४१ वर्षीय राम करन जाटलाई पक्राउ गरेको हो।

भन्सार छली ल्याएको कपडा सहित २ जना पक्राउ

भन्सार छली नेपाल भित्र्याउन लागेको अवस्थामा महोत्तरी प्रहरीले कपडा सहित २ जनालाई पक्राउ गरेको छ।

मोटरसाइकल चोरी गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालयले जिल्लाको मन्थली बजारमा मोटरसाइकल चोरी गरी भाग्दै गरेका दुई जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। आइतबार विहान सदरमुकाम मन्थली बजारको मदन भण्डारी चोकबाट रोकिराखेको मोटरसाइकल चोरी गरी भाग्ने क्रममा प्रहरीले दोलखाको तामाकोशी गाउँपालिका २ बस्ने १८ बर्षीय आशिष घिमिरे र १९ बर्षीय सुन्दर राणालाई नियन्त्रणमा लिएको थियो।

चितुवाको छालासहित एक पक्राउ

प्रहरीले दुई वटा चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ। आइतबार वीरेन्द्रनगर–३ एरिचोकबाट चितुवाको दुई वटा छालासहित राष्टकोट नगरपालिका–४ स्यूना कालिकोटका २९ वर्षीय टंकप्रसाद उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक वशन्त रजौरेले जानकारी दिए।

नौ वर्षपछि फरार अभियुक्त पक्राउ

नौ वर्षदेखी फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले आइतबार पक्राउ गरेको छ।

पत्रकार ढकालको हत्या आरोपमा दुई पक्राउ

पत्रकार मनोहर ढकालका हत्या आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।  पक्राउपर्नेमा हेटौँडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन्।

बर्दियाकाे सिमामा लागुऔषध कारोबार बढ्दो

लागुऔषध कारोबारी भारतीय नागरिक हरजित सिंह र विमलेशकुमार हरजनलाई गोप्य सूचनाका आधारमा लामो समयदेखिको खोजीपछि पक्राउ गरेको एसपी सुरेन्द्र मैनालीले बताए।

आफ्नै शिशु मार्ने आमा पक्राउ

आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले बुधबार एक महिलालाई पक्राउ गरेको छ। काठमाडाैं महाबौद्धस्थित आफ्नै कोठामा गत मंगलबार नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ।

कोहलपुर यूवक हत्या काण्ड, फरार आरोपी नियन्त्रणमा लिन गोली प्रहार

पुस २७ गते सुर्खेत सिम्ता गाउँपालिका—४ का दिपक सिंहलाई बाँकेको कोहलपुरको बसपार्क स्थित खुला चौरमा मा घाँटी रेटेर हत्या गरेर फरार भएका आरोपीलाई बाँके प्रहरीले बर्दियामा बुधबार दिउँस  गोली प्रहार गरेको छ।

मानव बेचबिखनमा संलग्न राई पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सन्तोष राईलाई पक्राउ गरेको छ। राईले राम्रो काम लगाइदिने प्रलोभन देखाइ नेपाली बालिकालाई भारतको नयाँदिल्लीस्थित जिबि रोड पुर्‍याई जबरर्जस्ती वेश्यावृत्तीमा संलग्न गराउने गरेको अभियोग छ।

एक किलो सुनसहित तीन महिला पक्राउ

काठमाडौंको न्यूरोडबाट एक किलो सुनसहित तीन महिला पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार दिउँसो इन्द्रचोकबाट उनीहरुलाई सुनसहित नियन्त्रणमा लिएको हो। उनीहरुलाई सुन किनबेच गरिरहेको अवस्था नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले बताए।

बलात्कार प्रयासमा युवक पक्राउ

युवतीलाई बलात्कार गर्न प्रयास गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ परेका छन्। शनिबार राती २० वर्षीय युवतीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा केपीलासगढी गाउँपालिका–५ सप्तेश्वर थर्पुडाँडाका २१ वर्षीय नन्दराज राई पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्