७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बालिका बलात्कार गर्ने रङ्गेहात पक्राउ

रुकुम - जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले यहाँका एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ। जिल्लाको सिस्ने गाउँपालिका–५ की साढे ३ वर्षीया बालिकालाई बलात्कार गर्ने सोहि ठाउँका ३१ वर्षीय मदन भनिने भरत गौतमलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

सोमबार दिउँसो १ बजे बालिकालाई बलात्कार गर्ने क्रममा उनलाई रङ्गेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए। बालिकालाई बलात्कार गर्दै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अभियुक्त गौतम र बालिकालाई स्वास्थ्य परीक्षणका लागि रुकुम (पश्चिम) को जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ। बालिकाको अवस्था सामान्य जस्तो देखिएको भएपनि अस्पतालको रिपोर्ट नआएसम्म केही भन्न नसकिने प्रहरी निरीक्षक मल्लले जनाए। गौतम यसअघि पनि जबरजस्ती करणी मुद्दामै ५ वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए। उनी विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रकाशित: २१ माघ २०७५ १५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App