१६ वैशाख २०८१ आइतबार
image/svg+xml

एकीकृत नमुना विद्यालय बनाउँदै हेलम्बु

प्रस्तावित नमुना आवासीय विद्यालयका विद्यार्थीले आफैं कृषि उत्पादन गर्ने र पकाएर खानेछन्। करिब एक हजार पाँच सय विद्यार्थी पढ्ने अनुमान गरिएको सो विद्यालयको व्यवस्थापनको नेतृत्व गाउँपालिकाद्वारा नियुक्त निर्देशकले गर्नेछन्।

गुणस्तर शिक्षाका लागि हेलम्बुमा नमुना विद्यालय

हेलम्बु गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका विद्यार्थीलाई एउटै थलोमा राखेर माध्यामिक तहको शिक्षा दिने उद्देश्यले नमुना सामुदायिक विद्यालय निर्माण थालेको छ । गाउँपालिकाले हेलम्बु मोडेल स्कुलको नाम दिएर इचोकको घोप्टेघ्याङमा विद्यालय भवन निर्माण सुरु गरेको हो ।

हेलम्बुमा के गर्दैछिन् मिस वर्ल्ड टोनी ? (फोटो फिचर)

मिस वर्ल्ड टोनी एन सिंह सिन्धुपालचोकको पर्यटकीय गाउँ हेलम्बु पुगेकी छन्। मिस नेपाल अनुष्का श्रेष्ठले हेलम्बू गाउँपालिकाको इचोकमा सञ्चालन गरेको परियोजना अवलोकन गर्न नेपाल सुन्दरी अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल शृङ्खला खतिवडासहित टोनी शुक्रबार बिहानै उनी यहाँ आएकी हुन्।

मिस वर्ल्ड टोनी हेलम्बुमा

मिस वर्ल्ड टोनी एन सिंह सिन्धुपालचोकको पर्यटकीय गाउँ हेलम्बु आइपुगेकी छन्। मिस नेपाल अनुष्का श्रेष्ठले हेलम्बू गाउँपालिकाको इचोकमा सञ्चालन गरेको परियोजना अवलोकन गर्न नेपाल सुन्दरी अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल शृङ्खला खतिवडासहित टाेनी शुक्रबार बिहानै उनी यहाँ आएकी हुन्।

हेलम्बुमा हिमपात (फोटो फिचर)

सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ। शुक्रबारदेखि त्यहाँ हिमपात सुरु भएको हो। हिमपातका कारण जनजीवन कष्टकर बनेको छ भने विद्यालयहरु बन्द भएका छन्।

हेलम्बुमा ठडिँदै एकीकृत बस्ती

शेर्पा र विक समुदाय समाजमा चलिआएको जातपातको भेदभावबाट धेरै माथि उठेर एकै थलोमा बस्ने बाचा गर्दै भूकम्पले तहसनहस बनाएको बस्ती ठड्याउँदै छन्।

सोलारले लेकाली गोठ झलमल्ल

चरिचरण खोज्दै चौरी, याक र गाइ लिएर उच्च हिमाली क्षेत्रका खर्क र गोठ पुग्ने किसानका लागि हेलम्बु गाउँपालिकाले सोलार प्यालन वितरण गरेको छ । गाउँपालिका क्षेत्रभित्रका चौरीपालक किसानका १८ गोठ र खर्कका लागि बत्तीका साथै मोबाइलसमेत चार्ज गर्ने सुविधा भएको सोलार प्यालन वितरण गरिएको हो ।

एकीकृत बस्ती ठड्याउँदै थाक्लेवासी

बर्खे भलबाढी र खेतीपातीको चटारोका बीचमा पनि मेलम्ची नगरपालिका–१२ बाँसबारी थाक्लेका भूकम्पप्रभावितहरू यतिखेर एकीकृत बस्ती ठड्याउन जुटिरहेका छन्। घरभित्रै शौचालय, खानेपानी धारा र आँगनमै मोटर पुग्ने सडक सुविधा पाइनेगरी उनीहरू ३१ धुरीको एकीकृत बस्ती ठड्याउन लागिपरेका हुन्। हेलम्बु मार्गको बाहुनेपाटी बजार छाडेर ६ किलोमिटर कच्ची सडक छिचोल्दै थाक्ले पुग्दा आसपासका स्थानीय रोपाइँमा व्यस्त थिए। कतै धान रोपाइँको मैजारे हुँदै थियो त कतै कोदो रोप्ने चटारो देखिन्थ्यो। त्यस्तो अवस्थामा पनि त्यहाँका तामाङ समुदाय भने भूकम्पले ढालेको बस्ती जुरुक्कै ठड्याउने हतारोमा देखिन्थ्यो। ‘वर्ष दिनको मिहिनेतपछि अब बस्ती ठडिनै लाग्यो,’ थाक्ले एकीकृत बस्तीका अध्यक्ष खिलबहादुर तामाङले भने।

हेलम्बुमा बन्दै नेपाली ‘ग्रेट वाल’

चर्चित सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (ग्रेट टेल) बनिरहेको छ।

गन्जला पास अध्ययनका लागि आएको बजेट फिर्ता

पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै हेलम्बु जाने गन्जला पासको अध्ययनका लागि आएको बजेट काम सुरु नहुँदै फिर्ता भएको छ। चालु आर्थिक वर्ष ०७५/७६ सकिनै लाग्दा समेत काम सुरु नभएपछि रकम फिर्ता भएको हो।

हुस्सुभित्र हराउने मेलम्चीघ्याङको १३ वर्षदेखि सानदार नतिजा

सुन्दर तर निकै विकट हिमाली गाउँ हेलम्बुको मेलम्चीघ्याङ माविले परम्परा कायम राख्दै यो पटक पनि एसईई (माध्यमिक शिक्षा परीक्षा) मा बिरासत जोगाएको छ। बाह्रैमास हिउँले ढाक्ने, नभए धुम्म मेलम्चीघ्याङले विगत १३ वर्षदेखि लगातार सानदार नतिजा ल्याउँदै आएको छ। यो पटक पनि विद्यार्थीले विरासत जोगाएका छन्।

गोसाइँकुण्ड–हेलम्बु म्याराथनको तयारी पूरा

गोसाइँकुण्ड हेलम्बु म्याराथनको तयारी पूरा भएको छ । यही वैशाख २८ गते शनिबार सञ्चालन गर्न लागिएको प्रतियोगिताको तयारी पूरा भएको आयोजक हेलम्बु ट्रेल रनिङ क्लबले जनाएको छ ।

‘यसकारण मैले हेलम्बु रोजेँ’

नेपाल रिपब्लिक मिडियाको १०औँ वार्षिकोत्सवका अवसरमा यही वैशाख ११ गते सम्मानित तीन ‘नागरिक नायक’ मध्ये एक हुन्, काभ्रेका शिक्षक पूर्णबहादुर गौतम। संस्कृतिविद् सत्यमोहन जोशी, जनकपुरका सामाजिक अभियन्ता पवन सिंघानियासँगै १ लाख रुपैयाँ पुरस्कारसहित उनलाई नागरिक नायकको सम्मान दिइएको हो।

गुठी पीडित किसानलाई न्याय कहिले ?

हेलम्बु गाउँपालिका वडा नं. ७  भञ्ज्याङका हरिप्रसाद चापागाईको पुस्ताले कमाएको गुठी जग्गा ७ वर्षको संघर्षपछि २०५८ सालमा मोही पुर्जा प्राप्त गरे। हरिप्रसादले महाकालेश्वरी महादेवको मन्दिरमा पूजा गर्छन्। हरेक वर्ष जनैपूर्णिमा र ऋषिपञ्चमीमा त्यस मन्दिरमा मेला लाग्छ। त्यसबेला पनि गुठी जग्गा कमाउने लगायत सबैले धुमधामले पूजा गर्छन्। तर, त्यही मन्दिरको नाममा पूजा गर्ने भनेर नै गुठी जमिन राखिएको छ। १५ किसान परिवारले त्यो जग्गा जोतभोग गरेर आफ्नो जीविका धानेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्