coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

थप एक सय १९ जनामा कोरोना संक्रमण पुष्टि

पीसीआर र एन्टिजेन गरी चार हजार ८४ जनाको नमूना परीक्षण गर्दा एक सय १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप ३ सय जनामा संक्रमण पुष्टि, ३ लाख ५९ हजार बढीले कोरोनाविरुद्धको खोप लगाए

एक सय २४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। निको हुने प्रतिशत ९८.६ प्रतिशत छन्। हाल सक्रिय संक्रमितको संख्या दुई हजार चार सय ५७ जना छ। यस्तै आज कोरोना भाइरसको संक्रमणबाट कसैको पनि निधन भएको छैन। हाल पाँच सयभन्दा बढी संक्रमित भएको जिल्ला काठमाडौँ तथा दुई सयभन्दा बढी संक्रमित भएको जिल्ला ललितपुर छ।

थप दुई सय २१ जनामा कोरोना संक्रमण पुष्टि

संक्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, पश्चिम रुकुम र मुगु रहेका छन्।

थप २ सय ७१ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

यही अवधिमा एक सय ७५ जना कोरोना संक्रमित निको भएका छन्। बितेको २४ घण्टामा संक्रमणका कारण एक जनाको ज्यान गएको छ।

बैतडी कारागारका १६ कैदीमा कोरोना पुष्टि

२५ जनाको क्षमता रहेको कारागारमा अहिले ९३ जना कैदीबन्दी रहेका छन्। कोरोनाबाट बच्नका लागि भौतिक दुरी कायम गर्नुपर्ने भए पनि कारागारमा भने कोचाकोच गरेर बस्नुपर्ने बाध्यता रहेको छ। कोरोना भेटिएपछि कैदीबन्दीलाई भेटन रोक लगाइएको कारगारले जनाएको छ।

थप पाँच सय ४२ जनामा संक्रमण पुष्टि

बितेको २४ घण्टामा ९७ हजार ६ सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

घट्दै कोरोना संक्रमित, २४ घण्टामा कसैको पनि ज्यान गएन

पीसीआर र एन्टिजेन गरी ६ हजार दुई सय २० जनाको नमूना परीक्षण गरेकोमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

थप ८ सय ३६ जनामा संक्रमण पुष्टि, २ लाख ८८ हजार भन्दा बढीले खोप लगाए

थप ४ जनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ८२ जना पुगेको छ।

माधव नेपाललाई कोरोना संक्रमण

मंगलबार आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पोजेटिभ देखिएको बताईएको छ। उनी होम आइसोलेशनमा छन्। उनको स्वास्थ्य अवस्था सामान्य छ।

'चेन ब्रेक' गर्न सिन्धुलीमा दश दिन निषेधाज्ञा थपियो

कोरोना भाइरसको संक्रमण दर जिल्लामा बढ्दै गएको भन्दै सिन्धुलीमा १० दिन निषेधाज्ञा गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको डिसीसीएमसीको बैठकले जेठ १८ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो।

बैतडीमा थप १५ दिन निषेधाज्ञा

बैतडीमा १५ दिनको लागि निषेधाज्ञा थपिएको छ। कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि निषेधाज्ञा थपिएको हो।

बिहीबारदेखि विद्यालय बन्द, बैशाख १४ गतेदेखि बार्षिक परीक्षा

धरान उपमहानगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालय बिहीबारदेखि बन्द गरिने भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले बैशाख मसान्तसम्म विद्यालयमा बन्द गर्ने निर्णय गरेपछि मंगलबार शिक्षा क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेर धरान उपमहानगरले बिहीबारदेखि विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

कोरोनाबाट २४ जनाको मृत्यु, मृतक संख्या ९८४ पुग्यो

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट २४ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्