११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तास खेलिरहेको अवस्थामा नौ पक्राउ

तास खेलिरहेको अवस्थामा खोटाङमा नौ पक्राउ परेका छन्। हलेसी तुवाचुङ नगरपालिका–५ महादेवस्थानको महालंगुर होटलमा तास खेलिरहेको अवस्थामा नौ जनालाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। हारजित हुनेगरी पैसा सट्टेवाज गरेर तास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

दिल्ली हिंसामा मर्नेको संख्या २७ पुग्यो, २५० बढी घाइते

नागरिकतासम्बन्धी कानुनलाई लिएर भारतको राजधानी नयाँदिल्लीमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या बुधबार साँझसम्म २७ पुगेको छ। कानुनको पक्ष–विपक्षमा उत्रिएका प्रदर्शनकारी उग्र बन्दा हिंसा भड्किएको हो।

जुवा नियन्त्रणमा प्रहरीको सकृयता, अभियुक्त पक्राउमा सिसि क्यामेरा प्रभावकारी बन्दै

पछिल्लो समय जिल्लामा लुकिछिपी तास जुवा खेल्ने लगायतका गतिबिधी हुने गरेको सुचनाको आधारमा स्थानीय प्रशासनले निगरानी बढाएको छ। दसैं तिहारलगायतका चाडवाड सकिए पछि अब जिल्लाका मुख्य बजार र चोकहरुमा तासजुवा खेल्ने र खेलाउने बाहानामा सट्टाबाजी हुने गरेको गोप्य सुचनाको आधारमा स्थानीय प्रशासनले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नबिन किसोर प्रधानले जानकारी दिए।

जुवाखालबाट तीन करोड ५१ लाख बरामद

तिहारको बेला उपत्यकाका विभिन्न ठाउँमा गरिएका जुवाखालबाट प्रहरीले ३ करोड ५१ लाख हाराहारीमा रकम बरामद गरेको छ। जुवाखाल भइरहेको स्थानमै पुगेर प्रहरीले ‘जुवाडे’सहित मोटो रकम बरामद गर्न सफल भएको हो।

चाडपर्वमा जुवातास नखेल्नुस्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वका बेला नराम्रा क्रियाकलाप नगर्न अपिल गरेका छन्।

३ लाख ४५ हजार नगद सहित १४ जुवाडे पक्राउ

कपिलवस्तु नगरपालिका– २ बर्गदवा स्थित जुवाको खालमा प्रहरीले छापा हानेको छ। बिहीवार राति २ बजे वडा कार्यालयका प्रहरी सहायक निरीक्षक रमेश गुरुङको नेतृत्वमा गएको टोलीले अशोक कहारको घरमा खेलाईएको जुवाका खालमा छापा हानेको हो।

चार लाख रुपैयाँसहित जुवातास खेल्ने ३९ जना पक्राउ

कोहलपुर र नेपालगञ्जमा जुवाका खालमा प्रहरीले धमाधम छापा हानेपछि नियमित जुवा खेल्नेहरु ग्रामीण क्षेत्रतिर लागेका छन्।

जुवातास खेल्ने चार जना पक्राउ

प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं ८ बोडेस्थित सोम मगरको घरमा तास खेलिरहेका चार जनालाई पक्राउ गरेको छ।

जुवा खालबाट नगदसहित पाँच पक्राउ

मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित हरिबहादुर रानाभाटले सञ्चालन गरेको शुभकामना होटेलमा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

जुवातास खेल्ने १३ जना पक्राउ

प्रहरीले छुट्टाछुट्टै घटनामा जुवातास खेल्ने १३ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले यही बैशाख २८ गते साँझ काठमाडौं महानगरपालिका १ मैत्रीनगरस्थित पर्साका श्याम कुमार विकले संचालन गरेको किराना पसलमा जुवातास खेलिरहेको अबस्थामा नगद ११ हजार ६० सहित काठमाडौं चन्द्रागिरी नगरपालिकाका १५का नवराज विश्वकर्मासहित ४ जनालाई पक्राउ गरेको छ।

६ जुवाडे पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ६ जुवाडे पक्राउ परेका छन्। शनिबार बेलुका प्रहरीले नगदसहित उनीलाई पक्राउ गरेको हाे।उनीहरुको साथबाट १ बुक तास र १६ थान कौडासहित प्रहरीले बरामद गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्