२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

हुरीबतासले २ जना घाइते

सर्लाही – मंगलबार राति आएको हुरीबतासले सर्लाहीको दक्षिणी क्षेत्रमा दुईजना घाइते भएका छन्। राति ११ बजे आएको हुरीबतासले उडाएको जस्तापाता लागेर महोत्तरी परौल–६ घर भई सर्लाही गम्हरिया बस्दै आएका ५७ वर्षीय लखन मण्डल घाइते भए।

मलंगवा नगरपालिका–१२, गमहरियास्थित कुखुरा फर्ममा काम गर्दै आएका मण्डललाई सोही फर्मको जस्तापाताले लागेको प्रहरीले जनाएको छ। उनको कम्मर र दाहिने खुट्टामा चोट लागेको छ।त्यस्तै ब्रम्हपुरी गाउँपालिका–५, पडरियाका ३० वर्षीय नन्द पासवान घरको रेलिङले लागेर घाइते भएका छन्।

उनको छाती, पाखुरा र दाहिने हातमा चोट लागेको छ।उनीहरु दुवैको सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।हुरीबतासले जिल्लाको दक्षिणी क्षेत्रका धेरै घरहरुमा क्षति पु-याएको स्थानीयले बताएका छन्। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ असार २०७६ ०५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App