३१ वैशाख २०८१ सोमबार
image/svg+xml

शिक्षक विना कम्प्युटर शिक्षा !

चार वर्ष अघि यहाँ जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन भएका छन्।  विषयगत शिक्षकको अभाव र प्रयाप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुननसकेको हो। कम्प्युटर पाएका विद्यालयले विषयगत शिक्षक नहुँदा किताव भट्याएर विद्यार्थीलाई पढाउने गरेका छन्।

कम्प्युटर छ, बिजुली छैन

चेपाङ बस्ती बढी रहेको धादिङको दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ गाउँपालिकास्थित गोइराङमा अहिलेसम्म बिजुली पुगेको छैन। टुकी र सोलारका भरमा रहेका गोइराङवासी गाउँलाई उज्यालो बनाउने प्रयासमा छन्। उनीहरू बिजुली पु-याएर गाउँ झलमल्ल पार्ने सपना देखिरहेका छन्। भर्खरै सडक पुग्दै गरेको गाउँमा बिजुली नपुग्दै कम्प्युटर पुगेको छ। गाउँपालिकाले गोइराङ आधारभूत विद्यालयलाई तीनवटा कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो।

सुपर कम्प्युटरले काम पाएन

छ महिनाअघि बनेपास्थित सूचना प्रविधि पार्कमा एक सुपर कम्प्युटर भित्रियो। मुलुकमा सबैभन्दा शक्तिशाली कम्प्युटर स्विट्जरल्यान्डबाट आउन त आयो तर काम नपाएर यो बेकामे बनेको छ। अब यसलाई के काम दिने भन्ने समस्या उत्पन्न भएको काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक मनोज शाक्यले बताए। ‘हामीसँग यति ठूला डाटा उपलब्ध छैनन्,’ शाक्यले भने, ‘यसलाई कसरी चलाउने भन्ने समस्या छ।’

माझीबस्तीमा कम्प्युटर सिक्न होडबाजी

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासे भँडारेघाटस्थित पञ्चकौशिका आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्ने मञ्जु माझी विद्यालयमा कम्प्युटर टाइप सिकिरहेकी छिन्। विद्यालयकै कक्षा ८ का विद्यार्थी रामबहादुर माझी, कक्षा ७ कि छात्रा रचना माझी, सरस्वती राई, अभिशेष राई र विवस भुजेल पनि मञ्जुसँगै कम्प्युटर सिक्नमा व्यस्त छन्। विद्यार्थीको हात कम्प्युटरको किबोर्ड र माउसमा सलबलाइरहेका थिए भने आँखा स्क्रिनमा।

क्यान इन्फोटेक माघ १५ देखि २०सम्म

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०१९ आयोजना गर्ने भएको छ । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्नेछ ।

प्रशासन कार्यालयका कम्प्युटर अपरेटर १५ सय घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा राजनारायण साहलाई पक्राउ गरेको छ। इलाका प्रशासन कार्यालय, सिमरा, बारामा कार्यरत कम्प्युटर अपरेटर साहले नागरिकता बनाई दिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ।

भित्रियो सुपर कम्प्युटर

मुलुक सुपर कम्प्युटरको युगमा प्रवेश गरेको छ। नेपालको प्राज्ञिक उत्कृष्टतामा अगुवाइ लिइरहेको काठमाडौं विश्वविद्यालय (केयू) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भिœयाएसँगै मुलुक सुपर कम्युटर युगमा प्रवेश गरेको हो।

डिजिटल नेपालको ढाँचा महिना दिनमैैः मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महीनाभित्र ल्याउने बताएका छन्।

रसुवामा कम्प्युटर शिक्षा किताबमा मात्र सीमित

रसुवाको नौकुण्ड गाउँपालिका–६ मा रहेको गोसाइँकुण्ड माविले कम्प्युटर शिक्षा पढाउन थालेको तीन वर्ष भयो। विद्यालयमा विभिन्न दाताले दिएका आठवटा कम्प्युटर पनि छन् । तर कक्षाकोठा अभावका कारण विद्यार्थीले कम्प्युटर छुन पनि पाएका छैनन्।

सिटिजन्स बैंकद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दियाका विभिन्न विद्यालयलाई कम्प्युटर वितरण गरेको छ।

प्रमाणपत्र कीर्ते गर्ने पक्राउ

नक्कली प्रमाणपत्र बनाएको आरोपमा जाजरकोटमा एक जना विद्यार्थी र कम्प्युटर संचालकलाइ प्रहरीले पक्राउ गरेको छ।

घाँसदाउरा गर्ने हात कम्प्युटरमा

खोटाङको जन्तेढुंगा गाउँपालिका ५ स्थित चिसापानी माविमा कक्षा १० मा अध्ययनरत छात्रा प्रतिमा सापकोटा विद्यालय समयमा कम्प्युटरको किबोर्डमा झुमिरहेकी हुन्छिन्।

सिभिल बैंकद्वारा विद्यालयलाई कम्प्युटर

सिभिल बैंकले लमजुङको राइनासस्थित शिशु विद्याश्रम माध्यामिक विद्यालयलाई नौ थान कम्प्युटर वितरण गरेको छ । सिभिल बैंकको उक्त क्षेत्रका क्षेत्रीय प्रबन्धक दुर्गाराज पाण्डेयले विद्यालयका व्यवस्थापन सािमतिका अध्यक्ष शेरबहादुर अधिकारीलाई कम्प्युटर हस्तान्तरण गरेको जनाएको छ।

जलविद्युत आयोजनाद्वारा ९८ वटा कम्प्युटर हस्तान्तरण

रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाले मंगलबार ९८ वटा कम्प्युटर हस्तान्तरण गरेको छ। कोरिया इनर्जीले उपलब्ध गराएको कम्प्युटर आयोजना प्रभावित क्षेत्रका गाउँपालिका, वडा कार्यालय र विद्यालयहरूलाई हस्तान्तरण गरिएको आयोजनाले जनाएको छ। नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत लिबो सकले कम्प्युटर हस्तान्तरण गरेका हुन्।

जलविद्युत आयोजनाद्धारा ९८ वटा कम्प्युटर हस्तान्तरण

रसुवामा निर्माणाधिन २१६ मेगावट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाले मंगलबार ९८ वटा कम्प्युटर हस्तान्तरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्