४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोभिड–१९ का कारण बन्द नाका खुलेनन्

नाकाबन्दीका कारण आफ्नो उत्पादनले बजार नपाउनु र उत्पादन बिक्री गरी आफ्ना लागि दैनिक उपभोग्य वस्तु आयात गर्न नसक्नुले सीमावर्ती क्षेत्रका बासिन्दाको दैनिकीमा कठिनाइ भई बस्ती स्थानान्तरणको जोखिम बढेको पालिकाले ठहर गरेको छ।

बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।

बेलायतद्वारा ओमिक्रोन उपचारका लागि मोडर्नाको नयाँ खोपलाई अनुमति प्रदान

‘मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ले एक विज्ञप्ति जारी गर्दै बेलायती नियामकको सुरक्षा, गुणस्तर र प्रभावकारिताको मापदण्ड पूरा गरेको पाइएपछि वयस्कका लागि खोपको अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति दिएको जनाएको छ।

सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका

अहिलेसम्म ११ हजार नौ सय ७४ सङ्क्रमणको कारणले मृत्यु भएको छ। नेपालमा सङ्क्रमणको कारणले प्रति दशलाखमा ४१० दशमलव २ जनाको निधन भइसकेको छ। मन्त्रालयका अनुसार खोप नलगाएको मानिसलाई कोभिड–१९ सङ्क्रमण भयो भने त्यस्ता मानिस गम्भीररूपमा बिरामी पर्ने र मृत्यु हुने सम्भावना खोप लगाएको मानिसको तुलनामा १० गुणा बढी हुने गर्दछ।

बैतडीमा एक लाख ७८ हजार बढिलाई कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार जिल्लाभरि ९७ हजार छ सय १९ जनाले बुस्टर डोज लगाएका छन्।

मङ्कीपक्सविरुद्ध खोप लगाउँदै थाइल्याण्ड

उक्त मन्त्रालयका अनुसार एक हजार मात्रा खोपको पहिलो खेप यही महिना र दोस्रो खेप दुईसातापछि थाइल्याण्ड आइपुग्ने अपेक्षा गरिएको छ। खोपको पहिलो खेप पाँचसय जनाका लागि उपलब्ध हुने तर कुन समूहलाई प्राथमिकतामा राख्ने भन्ने निर्णय भइसकेको छैन।

आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो।

रोल्पा पूर्णखोप सुनिश्चितता युक्त जिल्ला

१० स्थानीय तह रहेको रोल्पामा ७२ वडा मध्य स्थानीय स्वास्थ्य चौकी, स्थानीय तह तथा स्वास्थ्य कार्यालयको समन्वयमा खोज र खोप अभियान सञ्चालन गरी हालसम्म ४ हजार ४ सय ९९ बच्चाहरुलाई खोप लगाइ कुनै पनि बच्चा खोप लगाउन नछुटेको सुनिश्चित गरिएको हो।

जातिय झाँकीसहित विविध कार्यक्रमका साथ ताप्लेजुङ पूर्ण खोपयुक्त जिल्ला घोषित

ताप्लेजुङका सबै स्थानीय तह र ६१ वटा पूर्ण खोपयुक्त घोषणा भइसकेकोले ताप्लेजुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिदिन प्रस्ताव गरेका थिए। पूर्ण खोपयुक्त जिल्ला घोषणा भएसंगै सहभागीले भावी सन्ततीलाई समेत पूर्ण खोप सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएका छन्।

खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध

नेपालले राष्ट्रसंघीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखा परेको संकटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ।

ताप्लेजुङलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिने

ताप्लेजुङलाई यहिँ असार २४ गते शुक्रबार पूर्णखोपयुक्त जिल्ला घोषणा गरिने भएको छ।

भोजपुरको पौवादुङमा जिल्लाकै पहिलो खोप सुनिश्चितता गाउँपालिका

पौवादुङमा गाउँपालिकालाई जिल्लाकै पहिलो खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा गरिएको छ। जिल्लाका नौवटा स्थानीय तह छन्।

बालबालिकालाई कोरोना विरुद्धको खोप (फोटोसहित)

पोखरामा पनि बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ। पोखरा महानगरपालिका सहित कास्कीका अरु चारवटा गाउँपालिकामा खोप लगाउन थालिएको छ।

ताप्लेजुङलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिने

ताप्लेजुङलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिने भएको छ। जिल्ला खोप समन्वय समितिको बैठकले असार २२ गते बुधबार ताप्लेजुङ जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको समितिका सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।

पूर्वखोला पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल र उपप्रमुख काशिका गैरेले सोमबार गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्