१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिने

फाइल तस्बिर

ताप्लेजुङलाई यहिँ असार २४ गते शुक्रबार पूर्णखोपयुक्त जिल्ला घोषणा गरिने भएको छ। यसअघि असार २२ गते घोषणा गर्ने कार्यक्रम तय गरिएपनि अथितिको उपस्थिति र विद्यालयको परीक्षा सहितलाई मध्यनजर गरी जिल्ला खोप समन्वय समितिको बैठकले असार २४ गते ताप्लेजुङ जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको समितिका सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।  

जिल्ला समन्वय समितिका प्रमुख जिल्ला खोप समन्वय समितिका अध्यक्ष हुने व्यवस्था छ। कार्यवाहक जिसस प्रमुख समेत रहेका जिसस उपप्रमुख कृष्णप्रसाद लिङखिम लिम्बूको अध्यक्षतामा बसेको बैठकले पूर्णखोपयुक्त जिल्ला घोषणाको तयारी गरेको हो।  

घोषणासभाको तयारी सहितका सबै कार्य स्वास्थ्य कार्यालय ताप्लेजुङले गर्ने भएको छ। निमित्त स्वास्थ्य प्रमुख पोखरेलका अनुसार प्रदेश १ मा अब ताप्लेजुङ र सुनसरी मात्र पूर्णखोपयुक्त जिल्ला घोषणा हुन बाँकी रहेको छ। एक नगरपालिका सहित नौ स्थानीय तहको ताप्लेजुङका सबै स्थानीय तह ६१ वटा वडा हुँदै पूर्णखोपयुक्त पालिका घोषणा भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

प्रकाशित: २१ असार २०७९ ०५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App