११ मंसिर २०८१ मंगलबार
image/svg+xml

अमेरिका–नेपाल साझेदारीमा जोड

नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले अमेरिका र नेपालबीच निरन्तर साझेदारी हुनुपर्नेमा जोड दिएका छन्। अमेरिकी दूतावासले शुक्रबार काठमाडौँस्थित फोहरा दरबारमा आयोजना गरेको २४३ औँ राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

सुविधा बढी, जिम्मेवारी उही

सरकारले हालै मात्र मन्त्रिपरिषद्को बैठकमार्फत भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र अमेरिकाका लागि राजदूत अर्जुनकुमार कार्कीलाई मन्त्रीसहरको मर्यादा र सुविधा दिने निर्णय ग-यो। तर, कुन प्रयोजनका लागि मन्त्रीसरहको सेवासुविधा दिने निर्णय गरियो त्यसको चित्तबुझ्दो जवाफ भने छैन।

राजदूतद्वय आचार्य र कार्की मन्त्रीकै मर्यादामा

सरकारले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र अमेरिकाका लागि राजदूत अर्जुनकुमार कार्कीलाई मन्त्रीसरहको सुविधा दिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राजदूतद्वयका लागि मन्त्रीस्तरको मर्यादा कामय गर्ने निर्णय गरेको हो।

राजदूत आचार्यद्वारा ओहदाको पत्र पेश

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपतिसमक्ष ओहदाको प्रमाण–पत्र बुझाएका छन्। बुधबार राष्ट्रपति भवन नयाँ दिल्लीमा आयोजित विशेष कार्यक्रमका बीच राजदूत आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई ओहदाको पत्र बुझाएका हुन्।

नेपाली गीतमा चिनियाँ राजदूत छमछमी

चरीजस्तै उड्न पाए गगनको तलतिर, उडिजान्थे धेरै टाढा मायालुको गाउँतिर...’ भन्ने गीत बज्यो अनि चिनियाँ राजदूत होउ यान्छी मञ्चमा छमछमी नाच्न थालिन्। यो देखेर दर्शक छक्क परे। यान्छीले केही छिनअघि महिलालाई सम्बोधन गर्दैै भाषण गरेकी थिइन्। केही समयको अन्तरालमै यान्छीलाई एक्कासि मञ्चमा नृत्य पोशाकमा देख्दा दर्शक त्यसै पनि छक्क परेका थिए। त्यसमाथि जब उनी नेपाली गीतमा छमछमी नाच्न थालिन्, तब दर्शकको आश्चर्यको सीमा नै रहेन। चिनियाँ राजदूत नेपाली गीतमा नृत्य गर्नु सबैका बीच विशेष बन्यो।

‘चरीजस्तै उड्न पाए’मा चिनियाँ राजदूतको छमछमी (भिडियो)

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपाली गीतमा छमछमी नाँचेकी छिन्। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रवार चिनियाँ राजदूतावासले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राजदूत यान्छी नाँचेकी हुन्।

नेपालमा लगानीकाे वातावरण बनेको छः अमेरिकी राजदूत

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले शिष्टाचार भेट गरेका छन्। बुधबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भएको भेटमा उपराष्ट्रपतिले नेपाल र अमेरिकाको सम्बन्ध प्रगाढ रहेको बताए। उनले दुई देशबीचको सम्बन्धलाई अझै घनिष्ठ बनाउनुपर्नेमा जोड दिए।

दुई छिमेकीसँगको सम्बन्धमा नेपाल अल्झिनु हुँदैन : परराष्ट्रविद्

नेपालको परराष्ट्र नीति परिर्वतनको संघारमा रहेको काठमाडौंमा आयोजित एक कार्यक्रमका व्यक्ताहरूले बताएका छन्। ‘नेपालको परराष्ट्र नीतिको सम्भावना र चुनौती’ विषयक कार्यक्रममा बोल्दै कूटनीति क्षेत्रका विज्ञले यस्तो धारणा राखेका हुन्।

अस्ट्रेलियामा ठगिएका विद्यार्थीलाई क्षतिपूर्तिको दिलाउने पहल

अस्ट्रेलिया इनस्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) बाट ठगिएका विद्यार्थीले क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै अस्ट्रेलियाको शिक्षा मन्त्रालय डिपार्टमेन्ट अफ एजुकेसन एन्ड ट्रेनिङसमक्ष लिखित माग राखिसकिएको अस्ट्रेलियाका लागि निमित्त राजदूत द्रुपदा सापकोटाले जानकारी दिइन्।

आतंकवादविरुद्ध बुद्धको तस्बिर बोकेर पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

आतंकवाद नियन्त्रणको माग गर्दै काठमाडौंस्थित पाकिस्तानी राजदूतावास अगाडि प्रदर्शन भएको छ। युवाहरुको समूहले सोमवार दिउँसो शान्तिका दूत भगवान गौतम बुद्धको तस्बिरसहितको पर्चा र पम्प्लेट बोकेर प्रदर्शन गरेका हुन्। उनीहरुले ‘स्टप ब्लड सीड, डाउन वीथ टेररिजम’ नारा समेत लगाएका थिए।

नर्दन आयरल्याण्डमा नेपाल भ्रमण बर्ष २०२०

प्रजातन्त्र दिवसको अवसर पारेर नर्दन आयरल्याण्डमा नेपाल भ्रमण बर्ष २०२० को शुरुवात गरिएको छ।  वेलफास्टमा मंगलबार आयोजित ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, डियुपी नेतृ फोष्टर, नर्दन आयरल्यण्डमा सभामुख रोबीन न्युटन, स्थानीय सिनफिन पार्टीका सांसद कोहीमी आर्चीबाल्ट लगायतले नेपाल भ्रमण बर्ष २०२० ब्यानर संयुक्त रुपमा उद्घाटन गरे।

आर्थिक कुटनीतिका माध्यमबाट सम्बन्ध विस्तारमा सहयोग

विभिन्न मुलुकका लागि हालै नियुक्त राजदूतहरूले आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा सहयोग गर्ने बताएका छन्। उनीहरुले आर्थिक कुटनीतिका माध्यमबाट सहयोग गर्ने र त्यसक्रममा निजी क्षेत्रसँग समेत नजिकमा रहेर काम गर्ने बताए।

कुवेतकाे राजदूतमा भण्डारी नियुक्त

दुर्गानाथ भण्डारी कुवेतकालागि आवासीय राजदूतमा नियुक्त भएका छन्। भण्डारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा राजदूतका लागि नियुक्त गरेकी हुन्।

साना उद्योगीका उत्पादनको बजारीकरणमा सघाउछौं : राजदूतहरु

नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नवनियुक्त राजदूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तर्राष्ट्रिय बजारीकरणमा सघाउने प्रतिबद्घता गरेका छन्। स्थानीयस्तरमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उनीहरुले बताए।

दाहाल र अमेरिकी राजदूतबीच भेटघाट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत ‍-यान्डी डब्लु बेरीबीच आइतबार भेटवार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्