२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

दुई छिमेकीसँगको सम्बन्धमा नेपाल अल्झिनु हुँदैन : परराष्ट्रविद्

काठमाडौं – नेपालको परराष्ट्र नीति परिर्वतनको संघारमा रहेको काठमाडौंमा आयोजित एक कार्यक्रमका व्यक्ताहरूले बताएका छन्। ‘नेपालको परराष्ट्र नीतिको सम्भावना र चुनौती’ विषयक कार्यक्रममा बोल्दै कूटनीति क्षेत्रका विज्ञले यस्तो धारणा राखेका हुन्। 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका परराष्ट्र मन्त्रालयका पूर्वसचिव तथा पूर्वराजदूत डा. ज्ञानचन्द्र आचार्यले नेपालको परराष्ट्रनीतिको तीन कालखण्डको चर्चा गरे। नेपाल विश्व समुदायमाझ खुल्नुअघि र खुलेपछिकोे अवस्था र एसिया–प्यासिफिक क्षेत्र विश्व राजनीतिको केन्द्र भएपछिको हालको अवस्थाका विषयमा डा.आचार्यले कार्यपत्रमार्फत आफ्नो धारणा राखेका थिए।

नेपालको अर्थतन्त्र निर्यातमुखी भएको बताउँदै आचार्यले उपोभोक्तावादी प्रवित्तिले नेपाललाई गाँजेको बताए। नेपालले दुई छिमेकी देशबीचको सम्बन्धमा अल्झिने भन्दा पनि आफ्नो स्वार्थअनुकूलको परराष्ट्रनीति अख्तियार गर्नुपर्ने उनले बताए। परराष्ट्रनीतिलाई विविधीकरण गर्नुपर्ने बताउँदै राजनीतिक, आर्थिक र कनेक्टिभिटीको विकासलाई नेपालले प्रमुखताका साथ विश्व समुदायमाझ राख्नुपर्ने उनको धारणा थियो। 

नेपालले शक्ति राष्ट्र र उदाउँदा शक्ति राष्ट्र दुवैसँगको सम्बन्धलाई हार्दिक बनाउनपर्ने बताउँदै डा.आचार्यले रणनीतिक साझेदारको विकल्प हुनु नेपालका लागि महत्वपूर्ण भएको दाबी गरे। नेपालले चीन–भारत र पश्चिमा विकसित देशलगायत देशसँगको सम्बन्धलाई पनि विशेष महत्व दिनुपर्नेमा उनको जोड थियो। 

यस्तै कार्यक्रममा परराष्ट्र मन्त्रालयका पूर्वसचिव तथा पूर्वराजदूत केदारभक्त श्रेष्ठले नेपालले आर्थिक कूटनीतिमा जोड दिर्नुपर्ने धारणा राखे। अनुदानमा आधारित वैदेशिक सहयोगभन्दा नेपालले आर्थिक कूटनीतिमा जोड दिनुपर्ने उनको जोड थियो।

नेपालले आफ्नो परराष्ट्रनीतिमा चीन–भारतसँग मात्र नभएर अमेरिकासँगको सम्बन्धमा पनि सन्तुलन कायम गर्नुपर्ने बताए।
भूराजनीतिक मामिलाका जानकार गेजा शर्मा वाग्लेले नेपालको परराष्ट्र नीतिमा एकरूपताको खाँचो रहेको औंल्याए।

नेपालले अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास घुमाउनुको कारण पनि नेपालको परराष्ट्रनीतिमा एकरूपता नहुनु भएको बताउँदै उनले छिमेककेन्द्रित परराष्ट्रनीतिबाट अघि बढेर छिमेक पहिलो परराष्ट्र नीति कायम गर्नुपर्नेमा जोड दिए।

 

प्रकाशित: २१ फाल्गुन २०७५ १२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App