१४ भाद्र २०८३ आइतबार
image/svg+xml

भोटेकोशीमा बाढीको बहाव थप बढ्यो : रसुवा, नुवाकोटसहित प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ७:२० बजे जारी गरेको अपडेटमा रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो।

धादिङ र गोरखाको सीमा क्षेत्र र कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँचीमा भारी वर्षा

पछिल्लो २४ घण्टामा धादिङ र गोरखाको सीमा क्षेत्र तथा कञ्चनपुर, सिन्धुपाल्चोक,अर्घाखाँची जिल्लाका केही ठाउँका धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सम्पर्कविहीन कर्मचारी, मजदुर तथा सर्वसाधारणको खोजी सरकारको उच्च प्राथमिकता : मन्त्री श्रेष्ठ

प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण अपेक्षित सफलता हासिल गर्न कठिन भइरहेको उनको भनाइ छ।

उपल्लो मुस्ताङमा हिमताल अनुगमन, तत्काल जोखिम नरहेको जानकारहरूको भनाइ

उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ।

रसुवाबाट आएको बाढीले त्रिशूलीको जलसतह बढ्यो, नारायणी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशूली नदीको जलसतह बढेको छ।

त्रिशूलीमा तीन मिटर जलसतह बढ्यो, सुनकोशीले सतर्कता तह पार गर्‍यो : बाढी पूर्वानुमान महाशाखा

यसैबिच, सिन्धुलीको खुर्कोटस्थित जलमापन केन्द्रमा सुनकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको छ। महाशाखाले आइतबार बिहान ७:०२ बजे जारी गरेको सूचनामा सुनकोशी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा सुरु हुँदैछ। प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रिँदैछ।

युक्रेनमा वर्षकै घातक रूसी आक्रमण : गोदाममा विस्फोट हुँदा ३७ जनाको मृत्यु

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मानिसको बस्ती नजिकै गोला बारुद भण्डारण गर्नु गम्भीर लापरवाही भएको बताएका छन्। उनले घटनाबारे आपराधिक अनुसन्धान सुरु गरिएको बताए।

बाढीपहिरोका कारण रोकिएका नारायणगढ-पोखरा, मुग्लिन र काठमाडौं चल्ने सवारीसाधन पुनः सुचारु

रसुवाबाट पुनः बाढी–पहिरो आएको सूचना प्राप्त भएपछि नारायणगढबाट पोखरा, मुग्लिन तथा काठमाडौं जाने–आउने सबै किसिमका सवारीसाधनको आवागमन रोकिएकोमा अहिले पूर्णरूपमा सुचारु भएको छ।

भोटेकोशी बाढी: पीडितलाई तनहुँ रेडक्रसको एक लाख सहयोग

तनहुँ रेडक्रसले आफू मातहतका पालिका शाखा, उपशाखा तथा जुनियर र युवा रेडक्रस सर्कललाई विपद्का बेला गर्नुपर्ने आफ्नो दायित्वबाट विमुख नहुन अनुरोध गरेको छ।

लिभरपुल बराबरीमा रोकिँदा न्युक्यासलको जित, आज चार खेल

इंग्लिस प्रिमियर लिगमा गएराति लिभरपुल बराबरीमा रोकिँदा न्युक्यासल युनाइटेडले महत्वपूर्ण जित निकालेको छ।

पाँचौँ दिनमा भोटेकोशी बाढी : नेपाल-चीनमा मृतक ६९१ पुगे, तीन हजार बढी बेपत्ता

बाढीबाट अति प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रमा हेलिकप्टरमार्फत लत्ताकपडा, चाउचाउ, बिस्कुट र चामललगायत राहत सामग्री पुर्‍याउने काम भइरहेको छ।

मर्स्याङ्दी नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

आज बिहान ३ः१० बजे लमजुङको भकुण्डेबेँसीस्थित जलमापन केन्द्रमा नदीको जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

मालिका गाउँपालिका-५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ।

भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २६१ जनाको उद्धार गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्