कंग्रेससम्बद्ध कैयौं फेसबुक पेज बन्द
भारतको प्रमुख विपक्षी दल कंग्रेससम्बद्ध ७१२ वटा फेसबुक खाता र ३९० वटा पेज बन्द गरिदिएको छ। अनधिकृत गतिविधि गरेको पाइएकाले ती खाता र पेज बन्द गरिएको फेसबुकले सोमबार जनाएको छ।
भारतको प्रमुख विपक्षी दल कंग्रेससम्बद्ध ७१२ वटा फेसबुक खाता र ३९० वटा पेज बन्द गरिदिएको छ। अनधिकृत गतिविधि गरेको पाइएकाले ती खाता र पेज बन्द गरिएको फेसबुकले सोमबार जनाएको छ।
स्वतन्त्रता अपहरित हुँदैन,ज्ञानेन्द्र सँग तुलना नगर्नुस : बाँस्कोटा
तीन दिन अघि उनले फेसबुकमा दुईटा फोटो पोस्ट गर्दै लेखेका छन्, ‘पढ्न नमान्दा धेरैपटक सम्झाएर जीवनलाई सानैदेखि पढायौं, आर्थिक अवस्था कमजोर परिवारका जीवनलाई छात्रावासमा निःशुल्क राख्यौं। तर, एसइईको चार परिक्षा दिएपछि परिक्षै दिन मन लागेन रे उनलाई ! फेरि भागेर घर आएछन्, त्यही भएर लिन घरमै आएको।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकार सबै क्षेत्रमा हस्तक्षेप गरी अधिनायकवाद लाद्न उद्धत रहेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल नियन्त्रणका नाममा सरकारले नागरिकको बोल्न पाउने अधिकारसमेत खोस्न लागेकोप्रति सचेत रहन उनले आग्रह गरे।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामाजिक सञ्जाल दर्ता नभए बन्द हुने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुक र ट्वीटर बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।
विनिताले रोजगारीका लागि पोर्चुगल निकै राम्रो गन्तव्य रहेको र राम्रो पारिश्रमिक पाइने समेत प्रलोभन दिन भ्याइसकेकी थिइन्।
सामाजिक सञ्जालको प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गरेका छन्। बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत आइतबार दर्ता विवाह गरेका हुन्।
सिमली छायामा बसी, भरिया लामो सास फेरेको, उमेर भैसक्यो असी, झन् ठुला दुखले घेरेको ...
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा आइतबार भएको नागरिकतासम्बन्धी विधेयकको छलफलमा एकजना सांसदले फेसबुक ‘लाइभ’ गरेपछि त्यसलाई हटाउन लगाइएको छ। राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले समितिमा भएको छलफलको फेसबुक लाइभ गरेका थिए। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफाबार छलफल भइरहेको ‘लाइभ’ समिति कै सदस्यले मोबाइलबाट गरेपछि समिति सभापतिले त्यसलाई हटाउन आदेश दिएकी हुन्।
चिट्ठा पर्यो भन्दै भाइवर, फेसबुकमा सन्देश पठाउँदै आइएमइमार्फत लाखौँ ठगी गर्ने तीन जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। पक्राउ पर्नेमा खोटाङका इन्द्रबहादुर पुरी, टीकाराम भुजेल र लेखबहादुर खड्का छन्।
“फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताए। सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक जना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’ मा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान हुँदै पाकिस्तान पुगेका भारतीय इन्जिनियर हमिद नेहाल अन्सारीले बताए।
अमेरिकी मध्यावधि निर्वाचनमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक अकाउन्ट (खाता) बन्द गरिएको छ। अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खातासमेत रहेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एउटा फ्रेन्ड रिक्वेस्ट आयो निशा अधिकारीको नाममा। चिनेजस्तो लाग्ने सुन्दर तस्बिरसहित आएको फ्रेन्ड रिक्वेस्टलाई कुपण्डोलका एक व्यवसायीले एसेप्ट नगरी बस्नै सकेनन्।