फेसबुक प्रयोकर्तामध्ये ३ करोडका विवरण चोरिए
विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ।
विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ।
संविधान दिवसका दिन असोज ३ गते मधेशमा मनाइएको कालो दिवससम्बन्धी अर्काले गरेको पोस्ट आफ्नो फेसबुक वालमा सेयर गर्दा धनुषा जिल्ला अदालतका एक कर्मचारीले जागिर गुमाउनुपरेको छ।
सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। बेलायती एक जना पर्यटकलाई बलात्कार गरेको सम्वन्धी गलत सामग्री फेसबुकमा राखेको आरोपमा गत हप्ताभरीमा उनीहरुलाई पक्राउ गरिएको एक वकिलले शुक्रबार जानकारी दिएका छन्।
विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ। नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ। यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार्यलाई एकीकृत गरिने फेसबुकका उपाध्यक्ष थोमस फरलङले बताए।
फेसबुकमा राष्ट्रपति इमर्सन नानगाग्वाँको आलोचना गरेको आरोपमा जिम्बाबेको प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। मनङग्वाका खरो आलोचकका रुपमा चिनिने मुन्याराड्जी शोकोले राष्ट्रपतिलाई सैतानसँग तुलना गरेपछि पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। फेसबुकबाट समाजमा भ्रमपूर्ण, नकारात्मक दृष्टिकोणले अफवाह फैलाएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भक्तपुरको सूर्यविनायक ३ का ४४ वर्षीय होमनाथ सिग्देललाई मंगलबार बबरमहलबाट पक्राउ गरेको एसपी नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिए।
लियोनल मेसी, गारेथ बेल र स्पेनिस ला लिगाका अन्य स्टारका दक्षिण एसियाली समर्थकले अब उनीहरुको खेल सामाजिक सञ्जाल फेसबुकबाट निशुल्क हेर्न पाउने भएका छन्।
अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित पार्नका लागि गम्भीर प्रयत्न भएको तथ्य फेला परेको फेसबुकले जनाएको छ।
‘हाम्रो आवाज परिवर्तन समाज’ नामक फेसबुक पेजका सञ्चालकले बिभिन्न दिर्घ रोगबाट पिडित बिरामीलाई आर्थिक सहयोग गरेको छ।
नेपाल प्रेस काउन्सिलले विदेशबाट चलाइने फेसबुक, ट्विटरको अनुगमन गर्ने भएको छ । प्रेस काउन्सिल ऐनको मस्यौदामा राष्ट्र, राष्ट्रियता, व्यक्ति समुदाय जात, धर्म, इज्जत प्रतिष्ठामा आँच पुर्याउने प्रवृत्तिको अनुगमन गर्ने प्रस्ताव गरिएको छ।
विद्युतीय सञ्जाल अपराध (साईबर क्राईम) को आरोपमा उदयपुरका एक पत्रकार पक्राउ परेका छन्। नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा प्रस्तावित उपहार एमएमका निर्देशक सरोज निरौला बिहीबार राति पक्राउ परेका हुन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा भाग लिने अधिकांश सदस्यले आ–आफनो जिल्लाका समसामयिक विषयबस्तु र घटनाको बारेमा जानकारी गराएका छन्।
राप्तीसोनारीकी १९ वर्षीया युवतीलाई सुनील नाम गरेका व्यक्तिले फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । उनले ‘एसेप्ट’ गरिन् । उनीहरूबीच कुराकानी सुरु भयो । मोबाइल नम्बर आदानप्रदान भयो । कुरा गर्दै जाँदा उनीहरुले कोहलपुरमा भेट गर्ने योजना बनाए । सुनीलले ती युवतीलाई बिहे गर्ने आश्वासन दिए । ती युवतीले आफ्नो बिहे भएको र साथमा चार वर्षीय छोरो रहेको बताइन् । त्यसले आफूलाई केही फरक नपर्ने प्रतिक्रिया सुनीलबाट आयो ।
फेसबुक कम्पनीले करिब २०० एप्सहरू बन्द गर्ने घोषणा गरेको छ । फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी भएकोले त्यसलाई रोक्नका लागि फेसबुक कम्पनीले यस्तो निर्णय गरेको हो।
सामाजिक सञ्जालको दुरुपयोग गरेर दुःख दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।