६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

मनाङको हिमपहिरोमा हराएका नेदरल्याण्डका भिनसेन्टको शव फेला

मनाङको हिमपहिरोमा हराइरहेका नेदरल्याण्डका भिनसेन्ट ब्लुमको शव फेला परेको छ। हिमपहिरोमा परेका धादिङका अजय ढकालको शव फेला परेपनि भिसेन्ट हराइरहेका थिए। ढकालको शव शुक्रबार साँझ नै फेला पारिएको थिए भने भिनसेन्टको शव आज मात्र फेला पारिएको हो।

रुखले च्यापेर एक जनाको मृत्यु

रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिकामा रुखले च्यापेर एक जनाको मृत्यु हुनुका सथै अर्का एक जना घाइते भएका छन्।

ट्रक र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

ट्रक र मोटरसाइकल एकापसमा जुध्दा रौतहटमा एक युवकको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गको चन्द्रपुर १ स्थित पौराईमा ना ४ ख २०९६ नम्बरको ट्रक र विपरित दिशाबाट आएको बा ६१ प २४८३ नम्बरको मोटरसाइकल बुधबार साँझ एकापसमा ठोक्किएको हो।

ट्रक दुर्घट्नामा बालकको मृत्यु

उदयपुरको कटारिमा बुधबार ट्रक दुर्घट्नामा परि एक बालकको ज्यान गएको छ। कटारी बजारको अस्पताल चोकमा ना ४ ख ८८९८ नं को ट्रकले किचेर ५ बर्षिय मौसम राईको मृत्यु भएको हो।

छतबाट खसेर पुजारीको मृत्यु

बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारी ४२ वर्षीय हरिप्रसाद तिमल्सिनाको गाउँपालिका कार्यालयको छतबाट खसेर मृत्यु भएको छ।

शान्ति सम्झौताको मर्ममै रहेर मेलमिलाप आयोगको काम सक्छौं : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको काम आफ्नै मौलिक हिसाबमा सम्पन्न गर्ने बताएका छन्।

पोखरीमा डुबेर बालकको मृत्यु

सूर्यविनायक नगरपालिका–८ सुडालस्थित जय महेश्वरी इँटाभट्टाका लागी पानी जमाउन बनाइएको पोखरीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ।

रामेछापमा माइक्राे दुर्घटना हुँदा एककाे मृत्यु

रामेछापको सदरमुकाम मन्थलीबाट मालुखोला जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मन्थली नगरपालिका १ आकाशेपुल नजिक बा १ ज ९९०१ नम्बरको माइक्रो बस दुर्घटना हुँदा मुस्ताङ घर भएका ४५ वर्षीय रामप्रसाद तुलाचनको मृत्यु भएको हो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

पोखरीमा डुवेर बालकको मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सुडालस्थित जय महेश्वरी इँटा भट्टामा बनाएको पोखरीमा डुवेर सोमबार एक बालकको मृत्यु भएको छ।

फेवातालमा प्याराग्लाइडर दुर्घटना, पाइलटको मृत्यु

फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु भएको छ। रोमानीयाका सोलो पाइलट इडिकको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सराङकोटबाट उडेका उनी ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेका थिए।

‘मृत्युदण्ड’अघिको त्यो पत्र

२०५८ साल फागुन २६ गतेदेखि १८ दिन अपहरणमा परेका प्रावि हरिगातिनाका २४ बर्षीय शिक्षक तिलकराम नेपालीलाई तत्कालिन विद्रोही माओवादीले ‘मृत्युदण्ड’ दिनुअघि अन्तिम इच्छा सोधे। रोल्पा नगरपालिका धनमुढाका नेपालीले आफ्नो परिवारलाई चिठ्ठी लेख्ने माग राखे। केही समयमा आफू मारिने जानकारी पाएका उनले २०५८ साल चैत १२ गते राती ९ बजे परिवारलाई ८ पेज लामो पत्र लेखे, ‘जन्म दिने बुवाआमा एक एक वटा साइनो भएका मुटुको टुक्रा जस्तो भाई श्रवण, बहिनी दुर्गा, श्रीमती मिना र छोरा जयन्द्रमा मेरो साइनो अनुसार दण्डवत प्रणाम र आर्शिवाद छ।’

जीवन, डर र मृत्यु

४० वर्षका एकजना बुद्धिजीवी पुरुषको ज्यादै मिल्ने साथीको अल्पायुमै हृदयाघात (हर्ट अट्याक) भएर मृत्यु हुनपुग्यो। ती साथीको उमेर मुस्किलले ३६–३७ थियो। साथीको निधनपछि उनलाई आफू पनि हृदयाघातको शिकार भइएला कि, अचानक नै मरिएला कि भन्ने डरले सताउन थाल्यो। यसका लागि उनले हृदय रोग विशेषज्ञलाई जँचाउने र विभिन्न खाले रगतको परीक्षण गर्ने गर्न थाले।

भीरबाट लडेर मृत्यु

दाउरा काट्न गएका बेला भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । दाउरा काट्न जंगलमा पुगेका बेला भीरबाट लडेर ऐंसेलुखर्क गाउँपालिका–६, ज्यामिरेका ४३ वर्षीया मेनुकी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए । शवको शुक्रबार पोस्टमार्टम गरियो ।

मन्त्री अधिकारीको मृत्यु संस्कार सात दिनमै सकिने

मन्त्री रवीन्द्र अधिकारीको मृत्यु संस्कार सात दिनमै सकिने भएको छ। मन्त्री अधिकारी मृत्यु संस्कार १३ दिनबाट घटाएर सात दिनमा झार्नुपर्छ भन्ने अभियान्ता भएका कारण सात दिनमै मृत्युको संस्कार सकिने पारिवारिक स्रोतले जनाएको छ।

पार्किङ गर्ने क्रममा गाडीले ठक्कर दिँदा दुई महिलाको मृत्यु

धादिङको गल्छी गाउँपालिका वडा नं ५ पालचोकमा बोलेरो पिकअफ गाडीको ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्