१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

पार्किङ गर्ने क्रममा गाडीले ठक्कर दिँदा दुई महिलाको मृत्यु

धादिङ - धादिङको गल्छी गाउँपालिका वडा नं ५ पालचोकमा बोलेरो पिकअफ गाडीको ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ।

तीनजना गफ गरेर बसेका बेला पार्किङ गर्ने क्रममा आइतबार साँझ बा २० च  ६२२१ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ४ बस्ने ३५ वर्षीय जमुना भुजेल र गल्छी गाउँपालिका वडा नं ५ बस्ने ४६ वर्षीय कान्छी तामाङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। भुजेलको घटनास्थलमा नै र तामाङको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो।

दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ५ की ३६ वर्षीय धनकुमारी तामाङ घाइते भएकी छिन्। उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने गाडीका चालक भागेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

प्रकाशित: १३ फाल्गुन २०७५ ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App