पर्यटन प्रवद्र्धन गर्न बहानेपोखरी महोत्सव
पर्यटन प्रवद्र्धनका लागि खोटाङको ऐसेलुखर्क गाउँपालिकाले बहानेपोखरी महोत्सवको तयारी गरेको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा रहेको रमणीय बहानेपोखरीको प्रचार–प्रसार गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महोत्सवको तयारी गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।