१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक्सेल ट्रिपमार्फत पर्यटन प्रवर्द्धन

काठमाडौं – नेपालको पर्यटकीय सेवालाई प्रवद्र्धन र सशक्तीकरण गर्ने उद्देश्यले ‘एक्सेल ट्रिप ग्लोबल अनलाइन ट्राभल’ नेपाल भित्रिएको छ। कम्पनीले मंगलबार राजधानीमा एक कार्यक्रम गरीनेपाल भित्रिएको घोषणा गरेको हो। एक्सेलट्रिप १५ लाख होटल र चार सय वायुसेवा कम्पनीका सञ्जालमार्फत तीव्र गतिमा फैलँदो अनलाइन ट्राभल प्ल्याटफर्म हो।

हाल संसारका १४ देशबाट लाखौं यात्रारत वा यात्राकांक्षी मानिससम्म पहुँचको सामथ्र्य बनाएको एक्सेलट्रिपले नेपाल भित्रिएसँगै पर्यटनको प्रवद्र्धन तथा ‘नेपाल भ्रमण वर्ष २०२०’ मार्फत २० लाख पर्यटक भिœयाउन नेपाल पर्यटन बोर्डसँग साझेदारीसमेत गरेको छ।

एक्सेलट्रिप स्वदेशी एवं विदेशी व्यावसायिक इन्जिनियर कार्यरत नेपालमै विकसित अनलाइन होटल तथा एयरलाइन्स बुकिङ इन्जिन रहेको कम्पनी हो, जसले प्रविधि तथा बजार कौशलद्वारा आफूलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रीसँग आवद्ध छ। प्ल्याटफर्मले एकातिर यात्रीलाई स्थानीय होटल खोज्नसहयोग पु-याउँदै अनलाइन बुकिङ प्रणालीको महत्वबारे जानकारी गराउँछ। कम्पनीमार्फत देशका दूरदराजमा रहेका साना होटल पर्यटकीय आगमनबाट लाभ लिन पुग्ने र देशमा विद्यमान निरपेक्ष गरिबी निवारणमा सघाउ पुग्ने कम्पनीको विश्वास छ।

कम्पनीले नेपालका स्थानिय समुदायका निम्ति रोजगारीका अवसर सिर्जना गर्दैै दक्ष जनशक्ति मुलुकभित्र व्यस्त राख्न प्रतिबद्ध हुने जनाइएको छ। कम्पनीले शून्य प्रतिशत कमिसन लिने हुँदा केही अन्तर्राष्ट्रिय एजेन्टको उच्च मुनाफाको अधिपत्य तोड्दै होटललाई नै अधिकतम प्रतिफल प्रदान गर्ने जनाइएको छ। कम्पनीमार्फत कुनैपनि नेपालीले स्थानीय बैंकद्वारा जारी भिसा र मास्टरकार्ड तथा ई–सेवामार्फत अन्तर्राष्ट्रिय होटल तथा उडान बुक गर्दै झन्झटरहित वैदेशिक यात्रा गर्न सक्नेछन्।

मुलुकभर आन्तरिक पर्यटन प्रवद्र्धन तथा दिगो पर्यटकीय वातावरण निर्माण निम्ति कम्पनीले नेपाली यात्रीलाई नेपालभित्रै यात्रा निम्ति उत्साहित र अभिप्रेरित गर्ने तथा होटल तथा होमस्टे व्यवस्थापनका लागि स्थानीय समुदायलाई अभिप्रेरित गर्दै स्थानीय अर्थतन्त्र मजबुत गर्नसघाउने जनाएको छ। यसका लागि कम्पनीले अनलाइन बुकिङ निम्ति सबै होटल र होमस्टेलाई डिजिटल रुपमा सबल बनाउने छ। कम्पनीले नेपालका होटललाई आफ्नो सञ्जालमा ल्याउन थालिसकेको छ।

नेपाल राष्ट्र बैंकले मुलुकका बैंकमार्फत विदेशी मुद्रा कारोबारको अनुमति प्रदान गरिसकेकाले सबै भुक्तानी नेपालभित्रै सम्भव भएका कारण स्वदेशमै विदशी मुद्राको सञ्चिति समेत बढ्ने विश्वास गरिएको छ।

कम्पनीले नेपाल प्रवेशका अवसरमा सरल र सहज भुक्तानीका लागि इ–सेवासँग साझेदारी गर्दै एमओयूमा हस्ताक्षर समेत गरेको छ भने होटलहरुसँगको भुक्तानीका निम्ति हिमालयन र कुमारी बैंकलाई आफ्नो साझेदार बनाएको छ।

कम्पनीले ज्ञानको दायरा विस्तार निम्ति सफ्टवारिका कलेज अफ आइटी र इ–कमर्ससँग साझेदारी गरेको छ। कम्पनीले विदेशी र नेपालका बैंकहरुबाट जारी भिसा, मास्टरकार्ड, युनियन पेसँगै इ–सेवाको डिजिटल वालेट हुनेछन्। कम्पनीले आफ्नो मुनाफाको केही अंश परोपकारी काममा खर्च गर्ने जनाएको छ।

प्रकाशित: २ पुस २०७६ ०४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App