१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पशुपतिमा नवरात्री महोत्सव सुरु

वडादसैँको अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा‘सत्रौँ नवरात्री महा–महोत्सव’ विहिबारदेखि सुरु भएको छ ।श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दु संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज २५ सम्म सञ्चालन हुनेछ । महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ ।  

उक्त महोत्सवको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति महोत्सव उपयोगी हुने बताए । उनले धार्मिक सहिष्णुताले राष्ट्रिय एकताको भावना अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

परिषद्का अध्यक्ष रामसोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक तीर्थाटानको माध्यमबाट धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सवमार्फत धर्मशाला निर्माण गर्ने, एम्बुलेन्स सेवा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।

यसअघि वनकालीलेखि बाग्मतीसम्म कलश यात्र गरिएको थियो । उद्घाटनको अवसरमा महाआरती विशेष गरिएको थियो । प्रत्येक दिन दुर्गा माताको प्रवचन, तथा भजनकृतन गरिनेछ ।

प्रकाशित: १७ आश्विन २०८१ २१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App