१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एभरेस्ट महिला भलिबल लिग: कर्णाली लगातार चार खेल जित्दै फाइनलमा

एभरेस्ट महिला भलिबल लिगमा कर्णाली एभिएस लगातार चौथो जित निकाल्दै फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को  कभर्डहलमा बिहीबार भएको  दोस्रो खेलमा कर्णालीले प्रतिस्पर्धात्मक खेलमा चितवन शक्तिलाई ३ -२ को सेटमा पराजित गरेपछि एक खेल बाँकी छँदै फाइनलमा पुग्न सफल भएको हो ।

विहिबार भएको पहिलो खेलमा  काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई  ३–१ सेटमा पराजित गरेको छ।एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई पराजित गरेको छ ।यो संगै जारी लिगमा काठमाडौं स्पाइकर्स तीन खेल जितेर ९ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ। भने अंकविहीन रहेको मधेश युनाइटेड प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित: १७ आश्विन २०८१ २१:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App