८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

पोखरा महानगर उप–प्रमुख गुरुङलाई कोरोना

पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना संक्रमण भएको छ। उप–प्रमुखलाई विहीबार कोरोना संक्रमण पुष्टि भएको हो। उप–प्रमुख गुरुङले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिईन्।

जवाफदेही कोरोना बन्दैन, सरकार बन्नुपर्छ

जब एउटा व्यक्ति यात्रामा हिँड्दाहिँड्दै अनायास चारैतिरबाट काँडा, भाला, धुवाँ, दानव या विषालु सर्पहरूको घेरामा पर्छ तर पनि उसले जीवनदेखि हार मान्दैन । बल्की ऊ त्यो विपत्तिको चक्रब्यूहबाट उम्कन सक्दो कोसिस गर्छ ।

छठमा ‘घडिअर्वा’ उदास

मधेस तराइको प्रमुख चाड छठको समयमा यहाँका नदी, तलाउ, पोखरी र जलासयहरुका किनारलाई सिंगारिने सजाउने र त्यहीं छठको प्रमुख बिधि साँझ र बिहानको अर्घदान गर्ने चलन छ।

चिनियाँ भ्याक्सिनको परीक्षण अन्तिम चरणमा, सहज स्टोरेज गर्न सकिने

कोभिड-१९ को दिर्घकालिन उपचारका लागि भ्याक्सिन बनाउन विश्वभर प्रयासहरु भइरहेका छन्। यस्तै छिमेकी देश चीनले गरेको पहल सफलताको नजिक पुगेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ विधिलाई अनुमति

अमेरिकामा कोरोनाभाइरसको तीब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ। आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो।

काठमाडौं उपत्यकामा थपिए १ हजार ३८ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा १ हजार ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०३ महिला र ६३५ नयाँ पुरुष संक्रमित थपिएका हुन्।

६७३१ जनाको नमुना परीक्षण, १४४२ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १४ सय ४२ नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ३५ सय ३८ जना कोरोना मुक्त भएका छन्।

महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैन: विश्व स्वास्थ्य संगठन प्रमुख

विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन्।

कोरोनाका कारण भारतमा थप ८ जना नेपालीको निधन

कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको हो।

थपिए २१ सय ११ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा २१ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक १३ जनाको मृत्यु भएको छ।

अमेरिकाले नेपाललाई दियो १ सय थान भेन्टिलेटर

अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ।

कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो

पछिल्लो २४ घण्टामा थप २५ सय ६८ जनामा कोरोना संक्रमण भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख नाघेको छ। नेपालमा अहिलेसम्म संक्रमितको संख्या २ लाख २३ सय २९ पुगेको छ भने सक्रिय संक्रमित ३८ हजार ९ सय १२ रहेको छ।

तीन दिनको अन्तरमा धरानमा कोरोनाले श्रीमान–श्रीमतीको मृत्यु

धरानमा कोरोना संक्रमणको कारण तीन दिनको अन्तरालमा श्रीमान र श्रीमतीको निधन भएको छ। धरान १४ स्थित विजयपुरमा तीन दिनको अन्तरमा ६७ वर्षिया श्रीमती र ७४ वर्षिय श्रीमानको निधन भएको हो।

थोरै राहत अस्वीकार

प्रिमियर लिगका शीर्ष क्लबहरू आर्थिक संटकमा पर्ने संकेत पाएसँगै इएफएल र क्लबहरूबीच आर्थिक सहायताका लागि छलफल जारी रहे पनि दुवै पक्ष अहिलेसम्म कुनै निष्कर्षमा भने परेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्