६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रदेशसभामा नाराबाजीबीच छलफल सुरु

नाराबाजीबीच सभामुखले राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा छलफल अघि बढाएपछि प्रदेशसभा बैठकमा कुर्सी फालाफालको अवस्था उत्पन्न भयो।

सुदूरपश्चिम र प्रदेश–५ ले अंक बाँडे

वर्षाले खेल हुन नसकेपछि सुदूरपश्चिम र प्रदेश–५ ले राजधानीमा जारी तेस्रो प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार अंक बाँडेका छन्।

विपदमा परेकालाई ५१ लाख राहत दिइने

प्रदेश ५ सरकारले विभिन्न जिल्लामा प्रकृतिक  प्रकोपबाट पीडित भएका परिवारलाई राहत दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २०७४ फागुन ३ गतेदेखि २०७५ पुस  मसान्तसम्म आगलागी, चट्याङ, बाढी, पहिरोलगायतका प्रकृतिक विपदमा परी मृत्यु भएका ५१ जनाको परिवारलाई राहात दिने निर्णय गरेको हो।

आठौं राष्ट्रिय खेलकुदको तालिका सार्वजनिक

प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ गतेदेखि हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका धेरैजसो खेल बाँकेमा हुने भएको छ। शुक्रबार आठौं राष्ट्रिय खेलकुदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकुद परिषद्ले शनिबार जारी गरेको खेलतालिका अनुसार बाँकेमा १७ वटा खेल हुनेछ।

अविरल र सुप्रिया छनोट

नेपालगन्जका पौडीबाज अविरल भण्डारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश–५ बाट छनोट हुन सफल भएका छन्।

प्रदेश–५ : लम्कँदै समृद्धितर्फ

पहिलो संविधानसभामा नेपालको राजधानीबारे दुई विकल्प सारिए । एउटा काठमाडौं र अर्को दाङ । यी विकल्पमै संविधानसभामा प्रश्नावली तयारसमेत भयो । तर प्रश्नावली जनतासम्म पुग्नै पाएन, पहिलो संविधानसभा विघटन भयो । त्यतिबेला नेपालको राजधानीको विकल्पमा चर्चामा ल्याइएको दाङ अहिले प्रदेश नम्बर ५ मा छ । जानकार भन्छन्, ‘एसियाकै ठूलो उपत्यका दाङमा रहनु ५ नम्बर प्रदेशकै लागि गरिमाको विषय हो ।’

प्रदेश–५ बाँके : अस्थिर मतदाता, अस्थिर परिणाम

बाँके ‘अस्थिर’ मतदाताको बाहुल्य भएको जिल्ला हो । त्यसैले यो कुनै राजनीतिक दलको ‘किल्ला’ रहेन। २०४८ यताका पाँचवटा निर्वाचनमा कांग्रेस, एमाले, राप्रपा, माओवादी र मधेसवादी दलले परिणाम बाँडे।

प्रदेश–५ : चुनाव जित्न थारू मतमा नजर

थारू समुदायको मतलाई आफ्नो जितको श्रेय ठान्ने घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको मनमा अहिले एउटै प्रश्न खेलिरहेको छ– स्थानीय तहमा झैँ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि थारूमत निर्णायक होला त ? खेलको प्रकृति र मैदानमा उत्रिएका खेलाडीको अनुहार नियाल्दा उनी आफैँ अलमलमा छन् । तैपनि भन्छन्, ‘निर्णायक त अवश्य हो, तर आप्mनै समुदायको अनुहार छान्ने विकल्प भने यसपटक छैन ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्