११ कार्तिक २०८१ आइतबार
image/svg+xml

प्रसूति सिकाउन ‘सिमुलेसन ल्याब’ स्थापना

काठमाडौं विश्वविद्यालय(केयु) स्कूल अफ मेडिकल साइन्सेज–धुलिखेल अस्पतालले महिला तथा प्रसूतिसम्बन्धी अत्याधुनिक ‘सिमुलेसन ल्याब’ सञ्चालनमा ल्याएको छ केयुमा ब्याचलर अफ मिडवाइफरी र एमएससी मिडवाइफरीका विद्यार्थीहरुको प्रयोगात्मक अध्ययनका लागि यो ल्याब स्थापना गरिएको हो । विकसित मुलुकहरुमा धेरै पहिलेदेखि स्वास्थ्य विज्ञान अध्यापनमा प्रयोग हुँदै आएका कृत्रिम मानव (मेन्क्विन) तथा मानव अङ्गका प्रतिरुपहरु यो ल्याबमा रहेका छन् । मुलुकमै पहिलो पल्ट महिला तथा प्रसूतिसम्बन्धी ल्याब स्थापना गरिएको केयुको दाबी छ ।

‘विश्वविद्यालयलाई राजनीतिबाट मुक्त राख’

विश्वविद्यालयलाई सरकारले नियन्त्रण गर्न खोजेको भन्दै पूर्वउपकुलपतिहरुले संयुक्त रुपमा विरोध जनाएका छन्।

लगातार ४० घण्टा युगल नृत्य गरेर विश्व रेकर्ड राख्दै श्रेष्ठ दिदीबहिनी

काठमाडौकों चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदीबहिनी) ले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्ने घोषणा गरेका छन्।

यूएसएआइडीको कोष पदाधिकारीद्वारा दुरुपयोग

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मानवशास्त्र केन्द्रीय विभागका अधिकारीहरुले युएसएआइडीबाट प्राप्त कोषको दुरुपयोग गरेको पाइएको छ। मानवशास्त्र केन्द्रीय विभागका नाममा १४ करोड रुपैयाँका दुई फरक परियोजनाको रकम दुरुपयोग भएको हो। प्राडा अम्माराज जोशी, प्राडा निलमकुमार शर्मा, उपप्राध्यापक अवतार सुवेदी र राजेन्द्र खनाल सदस्य रहेको चारसदस्यीय छानबिन समितिले विभागमा सञ्चालन भएका परियोजनाका बारेमा हालै प्रतिवेदन बनाएर त्रिवि उपकुलपतिको कार्यालयलाई बुझाएको छ। त्रिवि कार्यकारी परिषद्को २४ नोभेम्बर २०१८ को निर्णयअनुसार गत नोभेम्बरमा छानबिन समिति गठन भएको थियो।

विश्व कीर्तिमान राख्दै निर्मल पुर्जा

बेलायती सेनामा हिमचितुवाको नामले चिनिने निर्मल पुर्जाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर (संसारकै दसौं अग्लो अन्नपूर्ण)बाट अभियानको सुरुवात गरेका थिए।

मध्यपश्चिम विश्वविद्यालयमा ‘लोकवार्ता विज्ञान’ को पढाई

नेपालमै पहिलोपटक मध्यपश्चिम विश्वविद्यालय, कर्णाली प्रदेश सुर्खेतमा ‘लोकवार्ता विज्ञान’ विषयको अध्ययन अध्यापन शुरु भएको छ। मानविकी तथा समाजिक शास्त्र सङ्कायअन्तर्गत मध्यपश्चिम विश्वविद्यालय सुुर्खेतले सोमबारबाट ‘लोकवार्ता विज्ञान’ को अध्ययन अध्यापन शुरु गरेको हो।

प्रहरी प्रवक्तामा डिआईजी पोखरेल

प्रहरी प्रधान कार्यालयले केन्द्रीय प्रवक्ताकाे जिम्मेवारी डिआईजी विश्वराज पोखरेललाई दिएको छ।

१३ औं सागको लोगो सार्वजनिक

युवा तथा खेलकुद मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६’ को लोगो सार्वजनिक गरेको हो।

एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेसन’ ले सार्वजनिक गरेको एसियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २ सय ५१ देखि ३ सयऔँ स्तरमा सूचीकृत भएको छ ।

वरिष्ठता मिचेर सिफारिस

गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ। राजनीतिक दबाब थेग्न नसकेपछि प्रहरी प्रधान कार्यालयको प्रस्तावमा मन्त्रालयले सो पदमा पोखरेलको बढुवा सिफारिस गरेको स्रोतको भनाइ छ। ‘सत्तासीन दलकै नेताहरूको दबाब आएपछि बढुवा सिफारिस गरिएको हो,’ स्रोतले भन्यो।

एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी सङ्ख्या, महिला विद्यार्थीको सङ्ख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेख, रचना, जर्नल, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेखमा गरिएका उद्धरणलगायत मुख्य सूचकलाई आधार मानी सो निर्धारण गरेको हो।

डिआईजी पोखरेललाई दर्ज्यानी चिह्न प्रदान

प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृह मन्त्रालयमा वैशाख १९ गते बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी नायब महानिरीक्षक पदमा बढुवाका लागि सिफारिश गरेपछि उनलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

त्रिविकै मिलेमतोमा संस्थागत शुल्क छुट

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त मेडिकल कलेजले बुझाउँदै आएको संस्थागत शुल्क त्रिवि कार्यकारी परिषद्सँगको मिलेमतोमा छुट भइरहेको पाइएको छ । त्रिवि कार्यकारी परिषद्ले निजी मेडिकलसँगको मिलेमतोमा संस्थागत शुल्क निर्धारण नगर्दा सम्बन्धनप्राप्त मेडिकल कलेजहरुले तिर्नुपर्ने करोडौं शुल्क तिर्नबाट उन्मुक्ति पाइरहेको तथ्य फेला परेको हो ।

'निर्धारित समयमै साग हुन्छ'

आगामी डिसेम्बर १ देखी १० तारिखसम्म नेपालमा आयोजना हुने १३औं सागको तयारीमा सरकार जुटिरहेको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बताएका छन्। राजधानीमा भएको एक कार्यक्रममा बोल्दै खेलकुदमन्त्री विश्वकर्माले साग तोकिएकै मितिमा आयोजना हुने दाबी गरेका हुन्।

तेह्रौँ साग प्रतियोगिताको तयारीमा सरकार जुटिसक्यो–मन्त्री विश्वकर्मा

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले १३औँ सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्