४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बलात्कारको कसुरमा छ वर्ष कैद

बलात्कारको घटनामा संलग्न भएको कसुर ठहर गर्दै नुवाकोट जिल्ला अदालतले आरोपित युवालाई छ वर्षको कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले रसुवा उत्तरगाया गापा–३ ठूलोगाउँका २६ वर्षीय हर्क गुरुङलाई छ वर्ष कैद सजाय तोकेको हो। बुधबार भएको फैसलामा पीडित किशोरीलाई रु एक लाख क्षतिपूर्ति भराउन पनि आदेश दिइएको छ।

जासुसी गरेको भन्दै रुसद्वारा एक नर्वेली नागरिकलाई जेल

रुसी नौसेनाको पन्डुबीमाथि जासुसी गरेको अभियोगमा रुसले एक नर्वेली नागरिकलाई जेल सजाय तोकेको छ।  ६३ वर्षीय नर्वेली नागरिक फ्रोड बर्गलाई जासुसी गरेको अभियोगमा मस्कोस्थित एक अदालतले जेल सजाय तोकेको हो।

बलात्कारीलाई जन्मकैदसम्मको सजाय

१० वर्षभन्दा कम उमेरकी बालिका र ७० वर्ष पुगेका वृद्धामाथि बलात्कार गर्नेलाई जन्मकैदको व्यवस्था गरिएको छ। संघीय संसद्बाट पारित मुलुकी अपराध संहिता २०७४ सम्बन्धी संशोधन विधेयकमा पहिलेको सजायमा थप गर्दै जन्मकैदको व्यवस्था गरिएको हो। यसअघि यो कसुरमा २० वर्षसम्म कैद सजायको व्यवस्था गरिएको थियो।

जेष्ठ कैदीलाई छुट दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कैद छुट पाउनसक्ने पचहत्तर बर्ष नाघेका जेष्ठ कैदीको सूची तयार पार्न सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ।

सोल्सजायर युनाइटेडको मुख्य प्रशिक्षक

म्यानचेस्टर युनाइटेडले ओले गनर सोल्सजायरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। युनाइटेडले बिहीबार अन्तरिम प्रशिक्षक सोल्सजायरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला

उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ। बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ।

छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष जेल

आफ्नै छोरी बलात्कार गर्ने ओखलढुंगाका एक पुरुषलाई जिल्ला अदालतले ३७ वर्ष ६ महिना जेल सजाय तोकेको छ।

आधुनिक प्रेमकथा

संघर्ष क्षेत्रीको उपन्यास ‘साकुरा’मा आधुनिक युवाको प्रेम, मोजमस्ती र घृणाको वर्णन पाइन्छ । उपन्यासको मुख्य पात्र ‘प्रभाकर’ लेखक र प्रेमीको अवतारमा उम्दा लाग्छन् । नायिका ‘साकुरा’ पनि फूलजस्तै कञ्चन, मायालु र निर्दाेष छिन् । मोटिभेसनल स्पिकरका रूपमा प्रेरणादायी प्रवचन दिने ‘प्रभाकर’, सडक विभागमा कार्यरत इन्जिनियर ‘जेनिस’ र राष्ट्र बैंककी जागिरे ‘साकुरा’ मेधावी र तिक्ष्ण बुद्धिका पात्र हुन् । आजका युवा प्रेम र युद्धमा जे पनि जायज हुन्छ भन्छन् । त्यही प्रवृत्ति छाएको छ उपन्यासमा ।

नागरिकता आफैं सच्याए ६ महिना कैद

नागरिकता आफूखुसी सच्याए बढीमा ६ महिनासम्म कैद सजाय हुने भएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको शुक्रबार बसेको बैठकमा नागरिकतामा जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेको विवरणबाहेक व्यक्तिले कुनै कुरा थपघट गरेमा ३ देखि ६ महिना कैद र १० देखि ५० हजार रुपैयाँ जरिवाना गर्ने विषयमा सहमति भएको हो।

नागरिकता किर्तेको सजायमा कडाइ

नागरिकता सम्बन्धि ब्यवस्थामा दण्ड सजायलाई थप कडा बनाइएको छ। ब्यवस्थापिका संसदको राज्य ब्यवस्था समितिको आज बसेको बैठकले नागरिकता सम्बन्धि दण्ड सजायँलाई कडा वनाउने निर्णय गरेको हो।

तेह्र वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्नेलाई डेढ वर्ष कैद

तेह्र वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्लाको मोदी गाउँपालिका–८ चित्रेका २० वर्षीय राजेश नेपाली कारागार चलान भएका छन्।

अष्ट्रेलियामा एक नेपाली युवालाई जेल सजाय

अष्ट्रेलियामा ८२ वर्षीय वृद्धमाथि हातपात गरेको अभियोगमा एक नेपाली युवालाई जेल सजाय सुनाइएको छ। वृद्धाश्राम एजकेयरमा एआइएनका रूपमा कार्यरत नेपाली युवा प्रकाश पौडेललाई आठ महिनाको जेल सजाँय सुनाइएको हो। सिड्नीको अदालतले पौडेललाई बुधबार दोषी ठहर गर्दै जेल सजाँय सुनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

प्रिमियर लिग फुटबलमा युनाइटेडको लगातार छैटौं जित

म्यानचेष्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार छैटौं जित निकालेको छ। जोजे माउरिन्होको बर्खास्तीपछि अन्तरिम प्रशिक्षकको रूपमा नियुक्त भएका सोल्सजायरले युनाइटेडको टोली सम्हालेपछि क्लबले लगातार जित निकाल्दै आइरहेको छ।

गुणस्तरहीन दूध बेचे जेल

मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी न्यून गुणस्तरको दूध बेचे पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ। सरकारले दूध उत्पादक तथा बिक्रेतालाई जवाफदेही बनाउँदै उपभोक्तालाई स्वच्छ र स्वस्थ्य दूध उपलब्ध गराउने ध्येयले दूध मापदण्ड कार्यान्वनयमा ल्याएको छ। सबैले उपभोग गर्ने दूधको स्वच्छता र गुणस्तर कायम गर्न मापदण्ड तोकिएको हो।

सोल्सजायरलाई युनाइटेडको अन्तरिम जिम्मेवारी

म्यानचेस्टर युनाइटेडले यस सिजनका लागि पूर्वखेलाडीसमेत रहेका ओले गुनर सोल्सजायरलाई बुधबार अन्तरिम प्रशिक्षकमा नियक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्