५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

दोहोरो अंकले घट्यो शेयर बजार

धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ। स्टकका अनुसार कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भएका छन्।

पार्टी भित्रको गुटवन्दी नेतृत्वले व्यवस्थापन गर्नुपर्छ : पौडेल

पार्टी सिद्धान्त र व्यवहारको संयोजन भएकोले विचारमा गुटबन्दी हुने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । विचारमा फरक मत हुने भए पनि त्यसको व्यवस्थापन नेतृत्वले गर्नुपर्ने पौडेलले बताएका हुन् । पौडेलले नेकपा दुई तिहाईको दम्भका कारण गलत बाटोमा हिँडिरहेको बताए।

प्रतिपक्षीको माग सम्बोधन गर्न सभामुखबाट ध्यानाकर्षण, संसद स्थगित

सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको साेमवारको दोस्रो बैठक शुरु हुनेबित्तिकै काङ्ग्रेसका सांसदले पुनः बैठक अवरुद्ध गरेपछि सभामुख महराले प्रतिपक्षीको मागमा आफू पनि सकारात्मक रहेको बताउँदै बैठक अवरुद्ध नगर्न पटक पटक आग्रह गरेपनि काङ्ग्रेसले आशनबाट उठेर विरोध जनायो। सोलगत्तै सभामुखले बैठक मङ्गलबार अपराह्न ३ बजेसम्मका लागि स्थगन भएको जानकारी दिए।

निर्मलाको हत्यारा पत्ता लगाउन दवाव दिँदै आएका छौ : प्रवक्ता शर्मा

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन काङ्ग्रेसले दबाब दिँदैं आएको बताएका छन।

मुआब्जा बुझ्नै गएनन् जग्गाधनी

दमकमा चिनियाँ लगानीमा निर्माण हुने भनिएको चाइना नेपाल फ्रेन्डी इन्डस्ट्रियल पार्कको मुआब्जा बुझ्न जग्गाधनी गएनन्।

‘नेतृत्व लिनेको भिजन सही भएन’

नयाँ पुस्ताले नेपाली संस्कृतिलाई आधुनिक र बाहिरी संस्कृतिलाई रोजेको पाइन्छ । यस्तै–यस्तै सोचका कारण हाम्रा मौलिकता पर धकेलिँदैछन् । यसको संरक्षण गर्न जरुरी छ ।

हिरोको स्टाइलिस बाइक

नेपाल जनरल मार्केटिङ प्रालिले मूल्यका कारण उच्च क्षमताको बाइकमा जान नसक्नेका लागि हिरोको एक्स्ट्रिम २०० आर बाइक उपयुक्त विकल्प हुनसक्ने जनाएको छ। कम्पनीले भारतको हिरो मोटोकर्पद्वारा उत्पादित स्टाइलिस स्पोर्ट्स बाइक नयाँ एक्स्ट्रिम २०० आर नेपाली बजारमा बिक्री गरिरहेको छ।

सिआइजे प्रतिवेदनको सत्यतामाथि बहस

विदेशमा नेपालीले ५२ अर्ब रुपैयाँ राखेको खोज पत्रकारिता केन्द्र (सिआइजे) ले सार्वजनिक गरेको रिपोर्टप्रति आधा दर्जन उद्योगी व्यवसायीले चुनौती दिएपछि यसको सत्यतामाथि बहस सुरु भएको छ। अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आइसिआइजे) ले उपलब्ध गराएको विवरणमा सिआइजेले एक वर्ष लगाएर अनुसन्धान गरी ‘नेपालिक्स,२०१९’ प्रतिवेदन माघ २ मा सार्वजनिक गरेको थियो।

प्रतिपक्षसँग सल्लाहबिनै चिकित्सा शिक्षा विधेयक कार्यसूचीमा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँगको सल्लाहबिना सभामुख कृष्णबहादुर महराले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सोमबार पारित गर्ने तयारी गरेका छन्।

डलर सटहीमा कडाइ

अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई डलर सटहीमा कटौती गरेको छ। चालू आर्थिक वर्षको पाँच महिनामै विदेश जाने नेपालीले ४१ अर्ब ३३ करोड रुपैयाँ बराबरको अमेरिकी डलर बाहिरिएपछि राष्ट्र बैंकले सटही सुविधामा कटौती गरेको हो। यही अवधिमा विदेशीले ३१ अर्ब ८८ करोड रुपैयाँ बराबरको डलर नेपाल भिœयाएका छन्।

नेपाल बाहेक कुनै देशमा लगानी छैन : विरेन्द्र महतो

खोज पत्रकारिता केन्द्रले गरेको खुलासामा आफ्नो नाम समेत जोडिएको भन्दै पूर्व सांसद विरेन्द्र प्रसाद महतोले आपत्ति जनाएको छन्।

गुट उपगुट होइन, पार्टीको सिद्धान्त समात्नुस् : पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीका नेता तथा कार्यकर्तालाई गुट, उपगुट निर्माणमा नभई पार्टी बनाउन आग्रह गरेका छन्। आइतबार वालिङमा आयोजित पार्टी नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘गुट उपगुट होइन पार्टीको सिद्घान्त समात्नुस्।’

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न वेलायतमा उच्चस्तरीय समिति

नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ सफल पार्न  बेलायतमा एक उच्चस्तरिय समिति गठन गरिएको छ। बेलायतस्थित नेपाली समुदायका प्रतिनिधी तथा वेलायती सांसद समेतको उपस्थितमा शनिवार साँझ दूतावास भवनमा आयोजित एक समारोहका बीच वेलायतका लागि नेपाली राजदूत  डा. दुर्गा बहादुर सुवेदीको संयोजकत्वमा  ‘नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरिय मुल समिति यूके’ गठन  गरिएको हो।

युएईसँग हुने क्रिकेट सिरिजका लागि नेपाली टाेलीकाे घाेषणा

युएईसँग यहि माघमा हुने एकदिवसीय र टी-ट्वान्टी खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। माघ ११ गतेदेखि युएईमा  हुने प्रतियोगिताका लागि ३ वैकल्पिक र १६ सदस्यीय टोलीको घोषणा भएको हो।

नेपाल भारतको सम्वन्ध विचौलियामा निर्भर हुनुहुँदैन : पाण्डे

नयाँ शक्ति पार्टी, नेपालका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भारतका राजनीतिक दलका नेताहरुले नेपालसँग राजनीतिक तहमै सम्बन्ध बिस्तार गर्न चाहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्