१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिरोको स्टाइलिस बाइक

काठमाडौं – नेपाल जनरल मार्केटिङ प्रालिले मूल्यका कारण उच्च क्षमताको बाइकमा जान नसक्नेका लागि हिरोको एक्स्ट्रिम २०० आर बाइक उपयुक्त विकल्प हुनसक्ने जनाएको छ। कम्पनीले भारतको हिरो मोटोकर्पद्वारा उत्पादित स्टाइलिस स्पोर्ट्स बाइक नयाँ एक्स्ट्रिम २०० आर नेपाली बजारमा बिक्री गरिरहेको छ।

कम्पनीले नेपाली प्रयोगकर्तालाई लक्षित गरेर अन्य दुई सय सिसीका बाइकको तुलनामा कम मूलयमा बिक्री गरिरहेको जनाएको छ। कम्पनीका सेल्स पर्सन राजिब जोशीका अनुसार उक्त बाइक दुई लाख ९५ हजार रुपैयाँमा बिक्री भइरहेको छ। ‘अपग्रेड हुन चाहने युवाका लागि एक्स्ट्रिम २०० आर हेभी छ,’ जोशीले भने, ‘दुई सय सिसीका अन्य बाइककोे तुलनामा यो कम मूल्यको इकोनोमिक बाइक हो।’

सडकको सर्फेसअनुसार आरामदायी यात्राका लागि धेरै फिचर भएको बाइक ल्याएको कम्पनीको दाबी छ। ‘युवाले मन पराउने डिजाइनमा गजबको लुक्स छ,’ जोशीले भने, ‘सबैले मन पराएका छन्। सडकको बनोट अनुसार टर्निङ गर्न सजिलो छ।’

बाइकमा दुई सय सीसी सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ। ४.६ सेकेन्डमै शून्यदेखि ६० किलोमिटरको गति लिने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ। यसमा ५–स्पिड गियरबक्स, १८.४ बिएचपी पावर र १७.१ एनएम टर्क प्रदान गर्ने बताइएको छ। बाइकको फ्रन्टमा दुई सय ७६ एमएम डिस्क ब्रेक र रियरमा दुई सय २० एमएम डिस्क ब्रेक रहेको छ। बाइकमा एन्टी लक ब्रेकिङ सिस्टम रहेको जोशीले बताए।
 

प्रकाशित: ७ माघ २०७५ ०४:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App