२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

मापदण्डविपरीतका टहरामा डोजर

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्ग आसपासमा मापदण्ड मिचेर बनाइएका टहरा हटाउन थालेको छ।

जथाभावी डोजर विनाशको कारक

डिभिजन वन कार्यालयमा वन उपभोक्ता समूहले वन संरक्षणसम्बन्धी उजुरी दिएको नदेखिनुले पनि वन तथा वातावरण विनाशमा उनीहरूको मौनता प्रस्ट हुन्छ।

मेयर चौधरीले लगाए आफ्नै कम्पाउण्डमा डोजर

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काएका छन्।

उपमहानगरले डाेजर लगाएर १६ परिवार घरबारविहीन

बुटवल उपमहानगरपालिका–१ मा २०२८ सालदेखि घरटहरा बनाई स्थायी रुपमा बसोबास गर्दै आएका करिब १६ घरटहरामा बुटवल उपमहानगरपालिकाले डोजर लगाई घरबिहीन बनाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

रंगशालाको बारमा डोजर चलाउने प्रकाश कँडेलसहित ४ जना रिहा

धुर्मुस सुन्तलीले चितवमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपी प्रकाश कँडेलसहित ४ जना रिहा भएका छन्।

रंगशालामा डोजर लगाउने १७ जना पक्राउ, निर्माणकार्य स्थगित

चितवन भरतपुर १५ रामपुरमा निर्माणाधीन रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन्।

डोजरले खनेको खाल्डोमा डुबेर मृत्यु

सिन्धुलीको मरिण गाउँपालिका–७ बाह्रबिसेमा डुबेर सात वर्षीय बालक मनिष श्रेष्ठको मृत्यु भएको छ। मरिणखोलामा पौडी खेल्ने क्रममा खोलामा खनेको खाल्डोमा परी श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ।

पोखरी खन्ने मन छ

सानो छँदाका सम्झनामध्ये सबैभन्दा धेरै याद आउने रहेछन्– गाँउका डाँडापाखा, पोखरी र खोला–खोल्साहरूमा चैत–वैशाखमा पनि छिपछिपाउने पानीका मूल र स–साना धाराहरू। पोखरीकै वरिपरि गुच्चा, कपडाको बल, कबड्डी र लुकामारी खेलेको।

डोजर आतंक !

छिमेकी गाउँको दाइसँग दिल्लीमा भेट भयो। कुराकानीका क्रममा गहभरि आँशु पार्दै उनले भने– ‘खेतबारीमा डोजर लगाइयो। जमिन चिराचिरा पारियो। चुलोमा आगो बल्न छाड्यो। हाम्रो रोजगारी खोसियो। गाउँघरमा मोटरगाडी कुद्न थाले। भौतिक पूर्वाधार तथा यातायातका साधानसँग जोड्न हामीसँग घरेलु उत्पादन भएन। कोकाकोला, चाउचाउ, बिस्कुट, रक्सी र अन्य खाद्यवस्तु बोकेर मोटरगाडी गाउँ छिरे। घरपरिवारको पालनपोषण र छोराछोरीको पढाइ खर्च जुटाउन हामी विदेश छि-यौँ। गाउँमा विकास त भयो, तर हामी भने न घरको न घाटको भयौँ।’

‘डोजर–एक्साभेटर आतंक बढ्दो’

पूर्वराष्ट्रपति रामवरण यादवले प्रकृतिको अधिक दोहनप्रति चिन्ता व्यक्त गरेका छन्। पोखरामा मंगलबार आयोजित पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा पूर्व–राष्ट्रपति यादवले पहाड तथा तराई भेगमा बढिरहेको डोजर र एक्साभेटर आतंकले प्रकृतिलाई मार पार्नुका साथै भविष्यमा आन्तरिक द्वन्द्व चर्किने खतरा रहेको बताए। यादवले डोजर एक्साभेटर चलाउँदा चुरे नोक्सान हुनुका साथै केही वर्षमा मुलुक नै ‘ध्वस्त’ हुने खतरा रहेको औंल्याए।

रोजगारी खोस्दै डोजर

रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका–६ मग्मामा रहेको विउनटाकुरा–मेलडाँडा सडक खण्ड मर्मतका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा तीन लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। तीन किलोमिटर लामो सडक बर्खाको समयमा भत्किएपछि अवरुद्ध भएको थियो। वर्षाका कारण ठाउँठाउँमा भत्किएको सडक मर्मतका लागि गाउँपालिकाले बजेट विनियोजन गरेपछि गाउँमै रोजगारी पाउने आशमा स्थानीय थिए।

तामाकोसीमा फेरि नदीभित्रै डोजर

दोलखास्थित तामाकोसी नदीमा गिट्टी बालुवा उत्खनन गर्नेहरुले फेरि नदीभित्रै डोजर हालेका छन्। नदीभित्रै डोजर लगाएर जथाभावी खनिएका कारण बिच भागमा ठूल्ठूला खाल्डा देखिएर नदी नै बिरुप पारिएको छ भने कतिपय स्थानमा नदीले धार नै बदलिएको छ। जिल्लाको सिंगटीदेखि नागदहका साथै तामाकोसीदेखि ढोलीखोलासम्मका विभिन्न स्थानमा सञ्चालित क्रसर तथा बालुवा उद्योगले नदीभित्रै डोजर लगाएर गिट्टी बालुवा निकालेका कारण नदीले धार परिवर्तन गर्दै लगेको स्थानीयले बताएका छन्। धार बदल्दा दायाँ बायाँ कमजोर भूभाग भएको कतिपय स्थानमा जमिन नदीले तान्ने जोखिम बढेको छ।

खेतीमा धमाधम डोजर

मूल्य अकासिएर प्रतिमन (४० किलोग्राम) को एक लाख २० हजारसम्म पुग्दा अलैंचीलाई आर्थिक समृद्धिको माध्यम ठानेर धान खेत मास्दै खेती विस्तार गरेका पूर्वी पहाडका किसानलाई त्यो कदम अहिले अभिशाप भएको छ। अलैंची खेतीले उकालो नलगाउने भन्दै ताप्लेजुङका किसानले खेतीमा डोजर चलाएका छन्।

गाउँपालिकाको डोजरमा आगजनी

डोल्पाको त्रिबेणी गाउँपालिकाको डोजरमा अज्ञात समुहले बुधबार राति आगजनी गरेको छ। त्रिबेणी गाउँपालिकाको वडा न. २ नुवागाउँ ह्याङमा राखिएको उक्त डोजरमा अज्ञात समूहले आगो लगाइएको गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलीले बताए।

खानीको नाममा मनोमानी उत्खनन

२४ मंसिर २०७५ मा धनगढीमाई नगर कार्यपालिकाले मनी निर्माण समिति धनगढीमाईलाई निजी खानी सञ्चालन गर्न दिने निर्णय गर्‍यो। उक्त निर्माण कम्पनीले नगरपालिकालाई डेढ लाख राजस्व बुझाएर कसहा खोला किनारमा डोजर लगाएर अनियन्त्रित रुपमा ग्राभेल उत्खनन गर्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्