१० मंसिर २०८१ सोमबार
image/svg+xml

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल–भारत सीमामा २४३ बोर्डर सुरक्षा पोस्ट, चीनतर्फ ९ वटा मात्रै

तिंकरमा शुक्रवार स्थापना भएको बोर्डर आउट पोस्ट (बिओपी) सहित चीनतर्फ नौ वटा र भारततर्फ २४३ गरी बिओपीको संख्या २५२ वटा पुगेको छ।

भूराजनीतिक भाष्य

विदेश सचिव श्रींगला आउनुअघि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल र सेना प्रमुख मनोजमुकुन्द नरवाणेले छुट्टाछुट्टै नेपालको भ्रमण गरेका थिए। करिब एक महिनाभित्र भारतबाट भएका यी तीन भ्रमणले दिएको स्पष्ट सन्देश ‘दुई देशबीचको असहमति/असमझदारीको वार्ताबाटै समाधान खोज्ने’ भन्ने हो।

कांग्रेसले भन्यो : चीनले सीमा मिचेको छैन भन्नु हतारको टिप्पणी

नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा मिचेको छैन भन्नु सरकारको हतारको टिप्पणी भएको बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै हुम्ला जिल्ला स्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै 'सीमा मिचिएको छैन' भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गर्नु हतार भएको टिप्पणी गरेका हुन्।

चिनियाँ दूतावासले भन्यो : भवन हाम्रो क्षेत्रमा बनेका छन् नेपालले प्रमाणिकरण गर्न सक्छ

चिनियाँ दूतावासले हुम्लास्थित दुई देशको सीमा क्षेत्रको नेपाली भूभागमा चीनले भवन निर्माण गरेको दाबीलाई खण्डन गरेको छ।

उत्तरी सीमाबारे धारणा सार्वजनिक गर्न सरकारसँग सरिता गिरीको माग

पूर्वमन्त्री सरिता गिरीले नेपालको उत्तरी सीमा क्षेत्रमा भएको अतिक्रमणबारे सरकारले धारणा सार्वजनिक गर्न माग गरेकी छन्। गिरीले एक विज्ञप्ति जारी गर्दै हुम्ला जिल्ला लगायत अन्य उत्तरी भागका जिल्लाहरुमा चीन ले नेपाल को भूमि अतिक्रमण गरेको बारे सरकारसँग आधिकारिक जानकारी गराउन माग गरेकी हुन्।

हुम्लाको लिमी क्षेत्रमा पुगेका नेपाली अधिकारीलाई चिनियाँ सुरक्षाकर्मीले रोके

हुम्लाको लिमी भ्याली क्षेत्रमा पुगेको नेपाली अधिकारीहरुको टोलीलाई चिनियाँ सुरक्षाकर्मीले रोकेका छन्। उक्त क्षेत्रमा नेपाली भूमि अतिक्रमण भएको सूचनाका आधारमा अधिकारीहरु त्यहाँ गएका थिए। । प्रमुख जिल्ला अधिकारी चिरञ्जवी गिरीसहितको टोली लिमी क्षेत्रमा गएको छ।

‘मितिनी’ र ‘सोल्टी’लाई चीन पठाइयाे

नेपाल–चीनमैत्रीको प्रतीकका रुपमा नेपालले चीन सरकारलाई उपहारस्वरुप प्रदान गरेका ‘मितिनी’ र ‘सोल्टी’ नामका एकसिङ्गे गैंडाका एक जोडी शुक्रबार कार्गाे विमानबाट चीन पठाएको छ।

तीन उपप्रधानमन्त्री, सुरक्षा प्रमुख र सडक विभागको टोली कोरला नाकामा !

काठमाडौं–उपप्रधान तथा रक्षामन्त्री भीम रावलको नेतृत्वमा दुई उपप्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुख र सडक विभागका प्रतिनिधिसहितको टोली आज नेपाल–चीन सीमा क्षेत्र कोरला नाकातर्फ प्रस्थान गरेको छ। टोलीमा उपप्रधानमन्त्री द्वय टोपबहादुर रायमाझी र विजयकुमार गच्छदार, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहभागी छन्।

कोरला नाकाः ढोकामै आयो चीन, नेपाल गयल !

कोरला नाका उताको पठार भूमिमा चिनियाँ सुरक्षाकर्मीका गाडी धुलो उडाउँदै कुँदेका देखिन्छन्। नाकादेखि करिव ३ किलोमिटर टाढा चिनियाँ सुरक्षाकर्मीको बेस क्याम्प छ। त्यहाँ दर्जनौं गाडी र उल्लेख्य संख्यामा सुरक्षाकर्मीको चहलपहल देखिन्छ। सोलार प्यानलबाट चल्ने सिसी टिभीको निगरानी छ। हातमा पञ्जा, चश्मा, मास्क र हेल्मेट लगाएर गाडीमा कुँद्ने सुरक्षाकर्मीसँग दुरविन, क्यामेरा र अत्याधुनिक हतियार साथमै रहन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्