१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

नेपाल–भारत सीमामा २४३ बोर्डर सुरक्षा पोस्ट, चीनतर्फ ९ वटा मात्रै

फाइल तस्वीर

तिंकरमा शुक्रवार स्थापना भएको बोर्डर आउट पोस्ट (बिओपी) सहित चीनतर्फ नौ वटा र भारततर्फ २४३ गरी बिओपीको संख्या २५२ वटा पुगेको छ।

सशस्त्र प्रहरी बल नेपालले शुक्रवार चीनको सीमातर्फ दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित छयाँलेक तिंकरमा बिओपी स्थापना गर्‍यो।

सीमा सुरक्षा विभाग प्रमुख रहेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० वंशीराज दाहालले बिओपीको उद्घाटन गरे। उद्घाटनमा उनले मातहतका निकायलाई सीमा सुरक्षाको महत्त्वबारे सशस्त्र प्रहरीको अवधारणा सम्झाए।

सशस्त्र प्रहरी बल नेपाल नं.५० गुल्म छांगरु दार्चुलाको मातहतमा स्थापना भएको उक्त बिओपी सो गुल्मबाट करिब ११ किलोमिटरको दुरीमा छ। सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, रसुवाको टिमुरे, सिन्धुपाल्चोकका तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोलासहित आठ ठाउँमा बिओपी स्थापना गरिसकेको छ।

सशस्त्रले चीनतर्फ गस्ती गरिरहेको हुम्लाको हिल्सा नाका सबैभन्दा संवेदनशील मानिन्छ। मानसरोवर यात्राका लागि भारतीय पर्यटकहरू त्यही नाका भएर जाने भएकाले त्यहाँ चिनियाँ सुरक्षाकर्मी, चिनियाँ जनमुक्ति सेनाका अधिकारी र सशस्त्र प्रहरी बल नेपालका अधिकारीहरूबिच समन्वय हुने गरेको छ। जसले गर्दा सशस्त्र प्रहरीले हुम्लाको हिल्सा नाकालाई प्राथमिकतामा राखेको छ।

प्रकाशित: २४ भाद्र २०८० ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App