१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

फोहरले घर पुरिदाँ १६ को मृत्यु

श्रीलंकामा फोहोरको थुप्रोले घरहरु पुरिंदा बालबालिकासहित कम्तीमा १६ को मृत्यु भएको छ। बाढी तथा आगलागीका कारण सर्न पुगेको ९१ मिटर अग्लो फोहोरको थुप्रो शुक्रबार खसेको थियो । फोहोरको थुप्रोको छेउमा रहेका कम्तीमा ४० वटा घर ध्वस्त भएको बिबिसीले जनाएको छ।

सडक दुर्घटनामा परी बेलायतमा एक नेपालीको मृत्यु

सडक दुर्घटनामा म्याग्दी दग्नाम स्थायी घर भई हालः बेलायतमा बसोबास गर्ने ७८ वर्षीया थमति पुनको मृत्यु भएको छ। लण्डनमा बस्ने पुनलाई शनिबार सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिदाँ घटनास्थमलै मृत्यु भएको मोना युकेले जनाएको छ।

भेनेजुएलामा जनआन्दोलन पाँचको मृत्यु, राजधानी तनावग्रस्त

भेनेजुएलामा सरकार बिरोधी आन्दोलन थप चर्किइ जन प्रदर्शनले उग्र रुप लिएको छ । गत बिहीबार साँझ (नेपाली समय अनुसार शुक्रबार बिहान) ठूलो हावाहूरी तथा मौसमी झरी परे ता पनि राजधानी काराकसको समृद्ध पूर्वी इलाकामा झरीमा रुझ्दै, हावाहूरीको पर्बाह नगरी हजारौँ जनताले बिरोध प्रदर्शन जारी नै राखेका छन् ।

बिस्केट जात्रामा एकको मृत्यु

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको लिंगो उठाउने क्रममा बिहीबार राति एक जनाको मृत्यु भएको छ। उठाउने क्रममा लिंगो भाँच्चिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन नसकेको महागरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईले बताए।

आपसी विवादपछिकाे झडपमा घाइते १ जनाको मृत्यु

रौतहटमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। रौतहटको देवाही गोनाही गाउँपालिका–४ कर्कचमा बुधबारराति भएको झडपमा घाइते एकको उपचारको क्रममा मृत्यु भएको हो।

काभ्रेमा सवारी दुर्घटना, दुईको मृत्यु

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ को पिप्ले भन्ने स्थानमा बुधबार बिहान सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

जिपबाट खसेर विद्यालय हिँडेकी छात्राको मृत्यु

फलेवास नगरपालिका–७ की १६ वर्षीया धारणा पौडेलको साेमबार बिहान जिपबाट खसेर मृत्यु भएको छ।

जीप दुर्घटनामा सशस्त्र हवल्दारको मृत्यु, दुईको उपचार हुँदै

दोलखामा सोमबार बिहान भएको सडक दुर्घटनामा गम्भीर घाइतेभएका मध्ये एक जनाको मृत्यु भएको छ। हेलिकोप्टरबाट उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याएका मध्ये सशस्त्र प्रहरीका सहायक हवल्दार मोहनबहादुर घिमिरेलाई चिकित्सकले मृत घोषित गरेका हुन्। उनले जीप चलाएका थिए।

समयमा उपचार नपाउँदा सुत्केरीको मृत्यु

समयमा प्रसुती सेवा नपाउँदा एक सुत्केरी महिलाको मृत्यु भएको छ। गर्भवती भएको अवस्था चेक जाँच नभएको तथा विरामी भएपछि पनि ढिला स्वास्थ्य चौकि पुर्‍याउँदा शिशु जन्मिएपछि आमाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्