१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

तस्बिर खिच्ने क्रममा एक विदेशी नागरिकको मृत्यु

विराटनगर – तस्बिर खिच्ने क्रममा सोमबार बिहान सोलुखम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । 

स्वीट्जरल्यान्डका ७२ वर्षीय ज्याक्युसन एरिक मोर्जाएरको मृत्यु भएको इलाका प्रहरी लुक्लालाई उद्धत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । 

पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला आधारभूत विद्यालयमा अभिभावक दिवस तथा परीक्षाफल कार्यक्रममा सहभागी भएका थिए । 

सो अवसरमा तस्बिर खिच्ने क्रममा अचानक लडेपछि उनलाई टाउकोमा चोट लागेको थियो । गम्भीर अवस्थामा उनलाई पासाङल्हामु निकी अस्पताल लुक्लामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त विद्यालयको उनी सहयोगी दातासमेत थिए । रासस 
 

प्रकाशित: २८ चैत्र २०७३ १०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App