सवारी दुर्घटनामा एकको मृत्यु, १५ घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोतीपुरमा गाडीले ठक्कर दिँदा साइकलमा सवार एक युवकको आइतबार मृत्यु भएको छ भने गााडीमा सवार १५ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोतीपुरमा गाडीले ठक्कर दिँदा साइकलमा सवार एक युवकको आइतबार मृत्यु भएको छ भने गााडीमा सवार १५ जना घाइते भएका छन् ।
इस्लामिक स्टेट (आइएस), लडाकूहरूको राजधानी मानिने उत्तरी सिरियाको राक्वा प्रान्तमा शनिबार अमेरिकाआवद्ध हवाई हमलामा परी कम्तीमा १५ सिरियालीको मृत्यु भएको छ ।
चितवनको नारायणघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडौँ जान आइरहेको बीआर६–डि ५६२५ नम्बरको भारतीय कारलाई हेटौँडा नारायणघाट सडकखण्डको ज्यामिरेमा गएराति १०ः३० बजे ठक्कर दिँदा घटनास्थलमै तीन जना भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नुवाकोटबाट काठमाडौँ जाँदै गरेको मिनीट्रक आइतबार बिहान पौने ३ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
सोच्नुहोस् त टेलिभिजनमा समाचार पढिरहेकी समाचारवाचिकाले आफ्नै पति मृत्युको समाचार पढ्दा उनको मानसिक अवस्था के होला? भारतको रायपुरस्थित निजी टेलिभिजन च्यालन आईबीसी ट्वान्टी फोरकी समाचार वाचिका सुप्रीत कौरको जीवनमा यस्तै दुःखद परिस्थिति अाइपर्यो।
नेपालमा उत्पादन नहुने वस्तुका लागि परनिर्भर हुनु बाध्यता हो तर नेपालमा उत्पादन हुनसक्ने ऊर्जाका लागि समेत परनिर्भर रहनु मुर्खता हो।
पश्चिमी म्यानमारमा ८० जना जन्ती सवार डुङ्गा दुर्घटनामा हुदाँ २० जनाको मृत्यु भएको छ भने ४० जनालाई जीवितै उद्दार गरिएको छ । उक्त डुंङ्गा अर्र्काे सामान बोकेको डुंङ्गासँग टक्कर खादाँ दुर्घटनामा परेको हो।
नागार्जुन नगरपालिका–९ स्यूचाटार दुर्गानगर कोलोनी नजिक विहीबार घरमा रङ्ग लगाउने क्रममा छतबाट खसेर एकजनाको मृत्यु भएको छ ।
जिम्बाबेको मास्भिङगो मार्गमा एउटा बस र ट्रक एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
ठोरी सडक खण्डको महुवनमा आज बिहान भारतीय नम्बरको टाटासुमो पल्टिँदा एक नेपाली नागरिकको मृत्यु भएको छ। पर्साको पटेर्वा गाविसबाट वीरगन्जतर्फ आउँदै गरेएको बिआर१पि ८५५४ नम्बरको टाटासुमो महुवन गाविस नजिकैको गण्डक नहर बाटोमा पल्टिँदा वाहनमा सवार पटेर्वा-७ निवासी ४७ वर्षीय थारु मुखिया विणको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।
खोटाङमा सर्वाधिक राशीको अनुप स्मृति रनिङ कप खुला पुरुष फुटबल प्रतियोगीता सुरु भएको छ । २०६९ साल जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको सम्झनामा बुधबारदेखि सर्वाधिक राशीको फुटबल प्रतियोगीता सुरु गरिएको हो । माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लवको संयुक्त आयोजनामा सुरु प्रतियोगीता दिक्तेलस्थित माटिकोरे खेलमैदानमा प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले उदघाटन गरे ।
भारतको झारखण्डमा उच्चगतिमा गुडिरेहको ट्रकको ठक्करबाट चार बालबालिकाको मृत्यु भएको छ ।
विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार बिहानै भएको विषालु ग्यास आक्रमणमा परी कम्तिमा १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये दुई जना बालबालिका रहेका छन्।
जंगली हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु भएको छ। मंगलवार बिहान हात्ती आक्रमणमा घाइते भएका सप्तरीको हनुमाननगर बजारका सात जनामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको हो।
पाकिस्तानको दक्षिणी नाउसाह्रो फेरोज जिल्लामा सोमबार बिहान डुङ्गा पल्टिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य १६ जना हराइरहेका छन् ।