अस्तव्यस्त बन्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय: कामुले नै दिन थाले कामु
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा उपकुलपति, रजिष्ट्रार, डिनलगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा उपकुलपति, रजिष्ट्रार, डिनलगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ।
कोरोनाभाइरसले मानिसको धेरै नाश गरेको छ। तर एउटा कुरामा यसले सकारात्मक सन्देश दिएको छ। त्यो हो मानिस आआफ्ना देशमा बाँडिएर बसेता पनि मानिस जाति एउटै हो। हुन त भूमण्डलीकरणले विश्वलाई एउटै गाँठोमा बाँधिरहेको छ तर आजसम्म मानिस आआफ्नो राष्ट्रिय स्वार्थमा लागेका थिए।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक कलेजहरूमा कार्यरत आंशिक शिक्षकहरूले तलब र ज्याला नपाए आन्दोलनमा उत्रिने जनाएका छन्। पाँच महिनादेखि तलब नपाएको जनाउँदै विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकहरूको दैनिक गुजारामा सरकार तथा विश्वविद्यालय उदासीन रहेको आरोप लगाएका हुन्।
विश्व व्यापार संगठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो अजिभिडोले आफ्नो कार्यकाल एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएको बिहीबार घोषणा गरेका छन् ।
कोरोना भाइरस (कोभिड-१९) को महामारी विश्वभर फैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार २१२ देश यो महामारीबाट प्रभावित छन् । नेपालमा पनि पछिल्लाे समय तिव्र रूपमा फैलिरहेकाे छ । मंगलबार मात्र थप ८३ जना नयाँ संक्रमित थपिएका छन् । नेपालमा हाल सम्म २१७ जनामा कोरोना संक्रमण देखिएको छ । ३४ जना उपचारपछि घर फर्केका छन् भने १८३ जनाकाे उपचार भइरहेको छ।
गएको जनवरीदेखि अलिअलि नाम सुनिएको कोरोनाभाइरस यतिबेला घरघरमा परिचित भाइरस बन्न पुगेको छ । यसले मच्चाएको आतंक सामाजिक मात्र होइन, आर्थिक पनि छ र कयौँ देशलाई यसले कंगालीको छेउ ल्याएर थचारिदिएको छ । यो लेखुञ्जेल एक लाखभन्दा बढीको ज्यान गइसकेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले बैठक बारे जानकारी दिएका छन् ।
अर्थशास्त्रीहरूले यो स्वास्थ्य संकट समाधान हुन कम्तीमा ३ महिनादेखि १ वर्षसम्म लाग्न सक्ने अनुमान गरेका छन् । त्यसबीचमा विश्वको विद्यमान व्यापार तथा आर्थिक संरचनामै परिवर्तन आउन सक्ने आकलन गरिएको छ ।
कोरोना संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या अप्रिल १२ सम्म एक लाख १० हजार २६ पुगेको छ। नेपालसहित दुई सय १३ मुलुकका झन्डै १८ लाख मानिस संक्रमित भएका छन्।
क्यानाडाको संसदले शनिबार दोस्रो विश्वयुद्धपछि देशको सबैभन्दा ठूलो आर्थिक उपायका रुपमा एक ज्याला (वेतन) अनुदान कार्यक्रम पारित गरेको छ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।
सन् १९८९ को कुरा हो। बैंककमा एउटा छलफल चल्दै थियो। के विश्वव्यापीकरणले विकासशील देशहरूलाई फाइदा हुँदैछ ?त्यो समयमा विश्वव्यापीकरणको दौड चल्दै थियो।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक थेड्रोस आदानम ग्राब्रियासोसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका निम्ति एकमात्र विधि सुझाउँदै भनेका छन्
त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग तथा प्रध्यापकहरु आफैले पहल गरेर लकडाउनको सयम सदुपयोग गर्दै दोहोरो रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। विश्वविद्यालयका उपकुलपति कार्यालयका उप्रशासक विष्णुप्रसाद अर्यालले भने चैत्र १४ गतेदेखि सेवा आयोगका परीक्षार्थीलाई सहयोग पुग्ने गरी अनलाइन कक्षा सञ्चालन गरेका छन्।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक थेड्रोस आदानम ग्राब्रियासोसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका निम्ति एकमात्र विधि सुझाउँदै भनेका छन्– टेस्टिङ, टेस्टिङ एन्ड टेस्टिङ । अर्थात् यसको एकमात्र उपाय हो– जाँच, जाँच र जाँच । उनले यसो भनेको ३ चैतमा हो ।