७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस मनाइँदै

प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।

गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना निर्माण गरिने

शङ्खरापुर नगरपालिका वडा नं ४ जहरसिंह पौवास्थित गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना तयार पारी नयाँस्वरूप दिइने भएको छ।

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङमा बागमती र एपीएफ च्याम्पियन

बागमती प्रदेश र नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन्। बागमती पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन्।

हेमा र संगीता फाइनलमा

बाग्मती प्रदेशकी हेमा राई र सशस्त्र प्रहरी बल एपिएफ क्लबकी संगीता सुनुवार शुक्रबार वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

भरत, निशान र प्रशान्त सेमिफाइनलमा

सुदूरपश्चिम प्रदेशका भरत चन्द, गण्डकी प्रदेशका निशान गुरुङ र कोसी प्रदेशका प्रशान्त दाहाल बिहीबार वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

भूपेन्द्र र महेन्द्र सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिसका भूपेन्द्र थापा र सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द राजधानीमा जारी वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रदीप, प्रणव क्वार्टरफाइनलमा

प्रदीप खड्का र प्रणव खनालले राजधानीमा जारी दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फ क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

प्रदीप र प्रणवको जोडी फाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजवीर प्रधान र सक्षम शाहको जोडीलाई ६–४, ६–३ ले हराएर फाइनलमा ऋतिक राना र निशान श्रेष्ठको जोडीसँगको भेट पक्का गरेको हो।

दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस

सातदोबाटोस्थित टेनिस कोर्टमा शनिवारबाट शुरु भएको प्रतियोगितामा आयान र भिदान्तले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम आठमा प्रवेश गरेका हुन्। आयानले टोनिस श्रेष्ठ र भिदान्तले रिदन श्रेष्ठलाई सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरे।

टेनिस र १० के रोड रेसको मिति तय

महिला पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउनेछन्। यस्तै पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार,२० हजार र १० हजार पाउनेछन् भने पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले २५ हजार, १५ हजार र ५ हजार पाउनेछन्।

जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्नुस्ः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन्।

चन्द्रकला र नाङ्जा सेमिफाइनलमा

नेपाल आर्मीकी चन्द्रकला थापा र एपिएफकी नाङ्जा बुढा मगर बुधबार गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन्।

मीनु गुरुङ क्वार्टरफाइनलमा

१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मीनुले महिला ५१ केजी तौलसमूहमा मधेस प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गरिन्। सोही विधामा एपिएफकी सन्जुमाया थिङले प्रदेश एककी सुस्मिता श्रेष्ठलाई हराइन्। सन्जु पनि क्वार्टरफाइनलमा पुगिन्।

अस्मिता फाइनलमा

बिहीबार भक्तपुरको ठिमीमा भएको महिला ५१ केजी तौलसमूहको प्रतिस्पर्धामा धादिङकी सविता आचार्यलाई पराजित गर्दै अस्मिता फाइनलमा पुगेकी हुन्। वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको छनोट प्रतियोगिताको पुरुष ५७ केजीमा काठमाडौंका मार्सल गुरुङले सेमिफाइनलमा स्थान बनाए।

अर्याश र अनुश्रीलाई उपाधि

अर्याश पौडेल र अनुश्री धोजुले गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा शुक्रबार यु–८ उमेर समूहतर्फको उपाधि जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्