१५ मंसिर २०८१ शनिबार
image/svg+xml

विकास गर्नका लागि ऋण लिन डराउन हुँदैनः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्न ऋण लिएर भए पनि बार्षिक बजेटको आकार बढाउनुपर्ने बताएका छन्। खतिवडाले दिगो विकासको लक्ष्य हासिल गर्न कुल ग्राहस्थ उत्पादनको ५० प्रतिशत भन्दा धेरै लगानी गर्नुपर्ने भएकाले ऋण लिएर भए पनि बार्षिक बजेटको आकार बढाउनुपर्ने आवश्यकता औल्याए।

सांसदको प्रश्नः १० बर्षे जनयुद्ध गर्नेहरुले रेशम चौधरीलाई फलामे सिक्रीले बाध्ने?

सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले रेशम चौधरीलाई नेल लगाएर उपचार गराइएको, सरकारको काम कारवाही असफल बन्दै गएको र खेतीपातीको समयमा रासायनिक मल अभाव भएको भन्दै सहज मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छः अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताए।

काठमाडौंको मुआब्जा र लालपूर्जाबारे सहरीमन्त्रीले बैठकमै यसरी सुनाए

सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास अन्र्तगत परेका ४ सय २६ रोपनी जग्गाको मुआब्जा दिईसकिएको जानकारी दिएका छन्। संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्राविधिक समितिको आईतबार बसेको संयुक्त बैठकमा मन्त्री राईले यस्तो जानकारी गराएका हुन्।

नौटंकी रोजगार कार्यक्रम

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रचारप्रसार तामझामका साथ ग-यो। तर यस कार्यक्रमका नाममा गरिएका गतिविधिले सरकारको छवि उकासिएन बरु देशभरि गरिएका अनुत्पादक खर्चले बदनामी अझ बढायो। असारको मुखमा जिल्ला–जिल्लामा सञ्चालन गरिएको यो कार्यक्रम सरकारी बजेट सिध्याउने असारे विकासको नया“ जामामात्र सिद्ध भयो।

समृद्ध देश बनाउन खेलकुद अपरिहार्यः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई सभ्य, समृद्ध, सुसंस्कृत र विकसित बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। शनिबार गाईघाटमा सम्पन्न ‘छैठौं रमपम उदयपुर गोल्डकप प्रतियोगिता ०७६’ को समापन गर्दै मुख्यमन्त्री राईले खेलकुदको माध्यमबाट अनुशासित, गतिशील, इमान्दार र स्वस्थ नागरिकको निर्माण हुने भन्दै देशअघि बढाउन त्यस्ता सक्षम र इमान्दार जमातको खाँचो रहेको बताए।

प्रधानमन्त्रीले भ्रष्टाचार रोक्न नसकेपछि नेकपाका सांसद निराश !

‘प्रधानमन्त्रीले म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भन्नु भएको छ। त्यो अगाडिको म गर्दिन भन्नेचैँ पूरा भएको छ। त्यो गर्न दिन्न भन्नेचैं पूरा भएन।’ उल्लेखित भनाई प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको हो।

प्रधानमन्त्री कप महिला क्रिकेटः प्रदेश १ काे सहज जित

कञ्चनपुरको महेन्द्रनगरमा जारी चौँथो प्रधानमन्त्री कप टि–२० महिला क्रिकेट प्रतियोगितामा अन्तर्गत शनिबार भएको खेलमा प्रदेश १ विजयी भएको छ।

चौथों प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटः प्रदेश १ र ५ बिजयी

कञ्चनपुरको महेन्द्रनगरमा जारी चौथों प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा शुक्रबार भएका खेलमा प्रदेश १ र प्रदेश ५ बिजयी भएका छन्। शुक्रबार भएको पहिलो खेलमा प्रदेश–१ प्रदेश–२ लाई ८ विकेटले पराजित गर्दै जित हात पार्न सफल भएको हो।

सञ्चारमन्त्रीको उल्टै प्रश्नः लोकतन्त्र कसले किस्तिमा राखेर बुझाएको थियो ?

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस स्वतन्त्रताको कुरा गर्न नसुहाउने बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिदैं उनले वर्तमान सरकारको बारेमा कुरा गर्नुभन्दा पहिला आफ्नो इतिहास सम्झन कांग्रेसलाई आग्रह गरेका छन्।

समृद्ध समाजका लागि योगाभ्यास अपरिहार्यः उपप्रम यादव

उपप्रधान तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वस्थ, समृद्ध एवं सुसंस्कृतिपूर्ण समाज निर्माणका लागि योगाभ्यास अपरिहार्य भएको बताएका छन्।

प्रधानमन्त्री कृषि आधुनिक परियोजनामा भ्रष्टाचार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामै भ्रष्टाचार भएको खुलेको छ। परियोजनाका लागि प्रयोगशाला मोबाइल भ्यान खरिदमै साढे १२ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट पुष्टि भएको छ।

प्रधानमन्त्रीकै कार्यक्रममा करोडौं भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध विशेष अदालत मुद्दा दर्ता गरेको छ। बिहिबार आरोपितलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि प्रयोगशाला मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दर्ता गरिएको हो।

गच्छदारले सोधे– प्रधानमन्त्रीलाई के अधिकार चाहिएको हो सभामुख महोदय ? (भिडियाे)

गुठी विधेयकका सम्बन्धमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिदैं राजीनामा दिन तयार हुनुपर्ने बताएका छन्। उनले संविधान विपरित ल्याईएको गुठी विधेयकका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिक जिम्मेवारी लिदैं राजीनामाका लागि तयार हुनुपर्ने बताएका हुन्।

ठेकेदारलाई कारवाही गर्ने ओलीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई गम्भीर नोक्सान पु-याउने ठेकेदार कम्पनीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्