१ मंसिर २०८१ शनिबार
image/svg+xml

माछा मार्ने क्रममा कोसीमा डुबेर एकको मृत्यु

उदयपुरका एक व्यक्तिको माछा मार्ने क्रममा बिहीबार सप्तकोसीमा डुबेर मृत्यु भएको छ। कोसीमा माछा मार्न गएका जिल्लाको बेलका नगरपालिका-८ माझीगाउँका ३८ वर्षीय दिलप्रसाद माझी बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

चट्याङ लागेर धादिङमा एक जनाको मृत्यु

धादिङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। उत्तरी जिल्लाको खनियाबास गाउँपालिका वडा नं २ गोरगाङमा बुधबार लागेको चट्याङले ४२ वर्षीय रामसिंह तामाङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

कोरोना अस्पतालमा मृत्यु प्रकरण,  चार दिनसम्म उठेन शव

कोरोना नभएका मेरा पतिलाई किन अस्पतालमा थुनेर राखियो ? समयमै ल्याब परीक्षण गरी  किन औषधि चलाइएन ? आफैं रिक्सा चढेर हाँसीखुसी अस्पताल गएका उहाँलाई अस्पालले उपचारै नगरेर मारेको हो । मलाई न्याय चाहियो।  –रिता, मृतक बाबुराम थापाकी पत्नी

कारागारभित्र कैदीको मृत्यु

नेपालगन्ज कारागारमा एक कैदीको मृत्यु भएको छ। आपराधिक लाभ सम्बन्धी मुद्दामा कारागारमा रहेका नेपालगन्ज उपमहानगरपालिकास्थित एकलैनी निवासी ६० बर्षिय अस्ताक अहमद सिद्धिकीको मृत्यु भएको हो।

संक्रमित र मृतकको संख्या बढेको बढ्यै

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण एक सय तीनवटा मुलुकमा देखिसकिएको छ। कोभिड–१९ नामकरण गरिएको उक्त प्राणघातक भाइरसका कारण दिनानुदिन संक्रमित र मृतकको संख्या बढिरहेको छ।

भट्टेडाँडामा दुई साइकलयात्रीको मृत्यु

वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको मृत्यु भएको छ।

कोरोना आशंकामा भर्ना भएका दुई जनाको वीर अस्पतालमा मृत्यु

कोरोना आंशकाकामा रहेका व्यक्तिको वीर अस्पतालमा मृत्यु भएको छ। आइतबार करिब ४० वर्षीया नैकापकी एक महिलाकाे वीर अस्पतालको आइसियुमा मृत्यु भएको हो। भने अर्का एक जनाको सोमबार दिउँसो अस्पतालको इमरजेन्सीमा मृत्यु भएको हो।

दुबईबाट आएका युवकको आइसोलेसनमै मृत्यु

बुटवलको आइसोलेसन अस्पतालमा उपचार गराइरहेका एक जनाको आइतबार दिउसो मृत्यु भएको छ। बुटवलको धागो कारखानामा बनाइएको कोभिड १९ विशेष अस्थाइ अस्पतालमा भर्ना गरिएका सैनामैनाका ती युवाको आइतबार दिउसो १ बजेतिर मृत्यु भएको अस्पतालका (फोकल पर्सन) डाक्टर डा. सुदर्शन थापाले बताए।

नुवाकोटका डोटेलको युएईमा शंकास्पद मृत्यु

बेलकोटगढी–१२, नुवाकोटका हरिशरण डोटेल संयुक्त अरब इमिरेट्सको अबुधाबीमा निवासमै मृत भेटिएका छन्। रोजगारीको सिलसिलामा त्यहाँ पुगेका ३७ वर्षीय डोटेलको शव सोमबार आवासगृहको कोठामा शंकास्पद अवस्थामा फेला परेको उनका भान्जा राजेन्द्र ढुंगानाले जानकारी दिएका हुन्।

पोखरीमा डुबेर दाजुभाईको मृत्यु

कपिलवस्तु नगरपालिका वडा नम्बर ८ पूर्व बेलहजवामा नुहाउनेक्रममा पोखरीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ। शुक्रबार विहान ११ बजेतिर स्थानीय रामजानकी आधारभुत विद्यालय अघि रहेको पोखरीमा नुहाउनेक्रममा डुबेर दुई बालकको मृत्यु भएको वडा अध्यक्ष शिवकुमार पाण्डेयले बताए। मृतक बालकहरु दाजुभाई हुन।

बस दुर्घटनामा सहचालकको मृत्यु

शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस  मार्केबजार नजीकै दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो।

कोरोना भाइरसबाट विश्वभरि २१ हजार २९३ को मृत्यु, इटाली र स्पेनमा भयावह स्थिति

विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको मृत्यु भएको छ।

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

उदयपुरका एक युवाको माछा मार्ने क्रममा विद्युतीय झट्का (करेन्ट) लागेर मृत्यु भएको छ। बुधबार दिउँसो स्थानीय खोलाको एक दहमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा जिल्लाको त्रियुगा नगरपालिका २ खैजनपुरका २४ वर्षीय ज्योतिकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

सूर्यविनायक नगरपालिका–८ जगाती बस पकेट नजिकै अरनिको राजमार्गमा  रोकी राखेको ना ६ ख ११०३ नं. को ट्रकमा मंगलबार राति सूर्यविनायकबाट साँगातर्फ जादै गरेको बा ९० प ४०४० नं को मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पैदलयात्री बुद्धीराज सापकोटा र साजन तामाङ रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्