बैंकमार्फत रेमिटेन्स नपठाए विदेश जान नपाउने
रोजगारीको सिलसिलामा विदेशमा रहेका व्यक्तिहरूले त्यहाँको कमाइ बैंकमार्फत नपठाए पुनः रोजगारीका लागि विदेश जान नपाउने भएका छन्। विदेशमा ठूलो संख्याका कामदारले हुन्डीमार्फत रकम घरमा पठाउने गरेको पाइएपछि अर्थ मन्त्रालयले सम्बन्धित निकायलाई नयाँ प्रावधानबारे जानकारी गराएको हो।