२४ वैशाख २०८१ सोमबार
image/svg+xml

शैक्षिक सत्र सुरू हुनै लाग्दा कक्षा ६ को थप पाठ्यपुस्तकको टुँगो लागेन

पाठ्यक्रम विकास केन्द्रलेले शैक्षिक समाग्री पाठ्यक्रम अनुसारै स्वीकृतीकोलागि बुझाउन साउनमा सूचना प्रकासन गरेको थियो। ५२ निजी प्रकासन गृहहरुले एक सय ७६ पुस्तक छपाई स्वीकृतिकोलागि पेस गरेका थिए।

३२ वर्ष पुरानो र प्रतिष्ठित शुभतारा विद्यालय बन्द

ललितपुरको महालक्ष्मी नगरपालिकामा संचालित ३२ वर्ष पुरानो निजी क्षेत्रकै प्रतिष्ठित विद्यालय शुभतारा आर्थिक अभावका कारण बन्द भएको छ । स्कुलको संस्थापन निर्देशक रानी गुरुङ कक्षपतिले बिहीबार अबेर राति अभिभावकहरुलाई इमेल लेखेर अगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्नु परेको जानकारी गराएकी छिन् ।

काठमाडौं महानगरपालिकामा असार पहिलो सातादेखि विद्यालय संचालन गर्न निर्देशन

सबै विद्यालयहरुले शैक्षिक सत्र ०७७ को वार्षिक परीक्षाहरु जेठ २० गतेसम्म सकाएर नतिजासमेत प्रकाशन गरी असार पहिलो साता नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने

शैक्षिक सत्र असार १ मा सुरु गर्न नियमावली संशोधन

चालु शैक्षिक सत्र आगामी जेठमा सकिने भएको छ। शिक्षा नियमावली संशोधन गरेर उक्त व्यवस्था गरेसँगै कोभिडका कारण प्रभावित विद्यालय तहको शैक्षिक सत्र कहिले सकिने भन्ने अन्योल पनि टुंगिएको छ। योसँगै नयाँ शैक्षिक सत्र २०७८ असार १ गतेदेखि सुरु हुने टुंगो लागेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

त्रिविको शैक्षिक सत्र तीन महिना धकेलियो

कोभिडका त्रासका कारण शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको छ। त्रिभुवन विश्वविद्यालयले गत वर्षकै परीक्षा सम्पन्न गरिसकेको छैन। यस्तो अवस्थाकै कारण विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र तीन महिनापछाडि सार्ने निर्णय गरेको छ।

स्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्योलमा

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण गएको करिब आठ महिनादेखि देशैभरिका विद्यालयमा पठनपाठन ठप्प छ।

यसरी हुँदैछ पाठ्यक्रम समायोजन, शैक्षिक सत्र बचाउन वडा सदस्यसम्मलाई परिचालन गर्ने तयारी

कोभिड—१९ को उच्च जोखिमका कारण विद्यालय खोल्ने अवस्था छैन। कोभिड जोखिमकै कारण यस वर्षको शैक्षिक सत्र निरन्तरता पाउन सकेको छैन। सरकारले अब विद्यालय तहका ७० लाख विद्यार्थीहरुको सिकाई क्षति हुन नदिन पाठ्यक्रम समायोजनको कार्य सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्