६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

शैक्षिक सत्र सुरू हुनै लाग्दा कक्षा ६ को थप पाठ्यपुस्तकको टुँगो लागेन

सरकारले नयाँ शैक्षिक सत्र असार एक गतेदेखि सुरु गर्ने तय गरेको छ तर कक्षा ६ को थप पाठ्यपुस्तको छपाई स्वीकृति निजी प्रकाशन गृहहरुले अझै पाउन सकेका छैनन्। पाठ्यक्रम विकास केन्द्रलेले शैक्षिक समाग्री पाठ्यक्रम अनुसारै स्वीकृतीकोलागि बुझाउन साउनमा सूचना प्रकासन गरेको थियो। ५२ निजी प्रकासन गृहहरुले एक सय ७६ पुस्तक छपाई स्वीकृतिकोलागि पेस गरेका थिए।

पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रम व्यवस्थापन तथा मूल्याँकन समितिले जेठ १० गते मात्र मूल्याँन गरी पाठ्यक्रम अनुसार मिलाउन सुझाव पत्र जारी गर्‍यो। जसका कारण निजी प्रकासन गृहहरु पुस्तक छपाई र विक्री वितरण गर्न चुनौति खेप्नु परेको गुनासो गरेका छन्। कोरोना महामारी बढ्दो छ। कक्षा ६ को पाठ्यक्रम नयाँ भएकोले पनि चुनौति थपिएको ऐरावती प्रकाशनका प्रबन्ध निर्देशक रामदेव पाण्डेले बताए। उनले आफूहरुले समयमै पुस्तक मूल्याँकनकोलागि पाठुयक्रम बुझाउँदा पनि ढिला हुने सरकारी निर्णयका कारण चुनौति खेप्नु परेको गुनासो गरे।  

निजी प्रकासन गृहहरुले सरकारी तथा निजी विद्यालयहरुकोलागि वर्षेनी थप सामाग्रीको पुस्तकहरु छपाई गरेर विक्री वितरण गर्दै आएका छन्। तर यस पटक समयमै निर्णय नहुँदा पुस्तक छपाईमै समस्या उत्पन्न भएको पाण्डे बताउँछन्। ‘एकातिर हामीले पाठ्यक्रमबाट जेठ १० गते बल्ल पुस्तकमा सुधार गर्नु पर्नेबारे सुझाव पत्र पायौं तर अर्को तिर असार एक गते नयाँ शैक्षिका सत्र सुरु हुन्छ,’ प्रव्रन्ध निर्देशक पाण्डेले नागरिकसँग भने ‘साथै कोभिडको महामारी विच लेखकहरुसँग सुझाव अनुसारको  पुस्तक सुधार गराउन पनि समय लाग्ने देखियो।’ उनले थपे‘ बुझाएका उपयुक्त प्रकाशन गृहका पुस्तकहरुलाई  स्वीकृत दिएर छपाईको बाटो पाठ्यक्रमले छिटो टुँगो लाग्नु पर्छ।’ उनले निजीका थप साग्रीका पुस्तकहरु सरकारी तथा निजी दुबै विद्यालयकाले अनिवार्य पुस्तककै रुपमा पठनपाठन गराउने गरेको समेत दाबी गरे।  

संगम र अस्मीता प्रकाशन गृहले भने जेठ २३ गतेनै पाठ्यक्रम अनुसार सुधार गरिएको पुस्तक बुझाइ सकेको छ। संगमका संस्थापक हरि प्रसाद अर्यालले आफुहरुले समयमै पुस्तक स्वीकृतको पत्र पाए विद्यार्थीको हातमा समयमै पुस्तक पुर्‍याउन सकिने जोड दिए। कक्षा ६ को अंग्रेजी, नेपाली, गणित, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा शारीरीक र समाजिक अध्ययन तथा मानव मूल्य शिक्षा गरी ६ विषय ल अध्यन गर्नु पर्छ। निजी प्रकासन गृहहरुले पाठ्यक्रममै आधारित भएर यी सबै विषयका पुस्तकहरु शैक्षिक सामाग्रीको रुपमा प्रकाशन गर्छन्। ‘

अंग्रेजी माध्यमबाट पढाइ हुने अब्बल सरकारी स्कुल र सबै निजी विद्यालयहरुले निजी प्रकासनका किताबहरुनै अनिवार्य किताबकै रुपमा पठनपाठन गराउँछन्,’ संगमका संस्थापक अर्यालले भने ‘हाम्रो सबै पुस्तक रंगिन, गुणस्तरीय र पाठुयबस्तुहरु आकर्षण चित्रमा हुन्छन्।’ उनले थपे ‘विद्यार्थीको शिक्षण सिकाई गुणस्तीय बनाउन सहयोग गरेको छ।’ उनले पाठ्यक्रमले समयमै छिटो निर्णय गरी छपाई र विद्यार्थीको हातसम्म पुस्तक पुर्‍याउन सक्ने वाटो खोल्नु पर्ने माग राखे।

उता पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईका अनुसार निजी प्रकाशन गृहहरुले पहिलो पटक पेस गरेको पुस्तकहरु पाठ्यक्रम अनुसार नमिलेकोले सच्याउनकोलागि ३० दिने म्याद दिएको छ। हालसम्म ५२ प्रकाशन गृहले एक सय ७६ पुस्तक स्वीकृतकोलागि दर्ता गराएका थिए। निजी प्रकासन गृहहरुले प्रति किताब १५ हजारको दरले राजस्व बुझाएर तीन वर्षकोलागि किताब छपाईको स्वीकृत पाउँछन्।  

‘निजी प्रकाशनले बुझाएका पुस्तकहरु पाठ्यक्रम अनुसार नमिलेको, चित्र फरक परेको , कलर नमिलेको, कन्टेन फरक परेको पाइयो,’ प्रवक्ता भट्टराईले भने‘ मूल्याँकन समितिले सच्याउन भनि पत्र जारी गरेको छ। वहाँहरुले ल्याउनु भयो भने पुस्तक पाठ्यक्रम अनुसार भए स्वीकृति पाउनु हुन्छ।’ उनले थपे ‘हाल दुई वटाको मात्र सच्चाएको पुस्तक प्राप्त भएको छ। थप आउने क्रमम जारी छ। केहि दिनमा समितिको बैठक बसेर टुँगो लाग्छ। कोरोनाका कारण समिति सदस्यहरु मूल्याँकन गर्न आउन समस्या परेको हो।’

काठमाडैंको वाफलमा रहेको ज्ञानोदय माविका प्रअ नातिकाजी महर्जनले आफनो स्कुलको कक्षा १–७ सम्म संगम प्रकाशनको विज्ञान किताबनै अनिवार्य विषयको रुपमा पठनपाठन गराउँदै आएको बताए। ‘हामीले अंग्रेजी माध्यमबाट पठनपाठन गराएदेखिनै संगम प्रकाशनकै अंग्रेजी माध्यमकै  विज्ञान किताब अनिवार्य किताबकै रुपमा पढाउँदै आएका छौं,’ प्रअ महर्जनले नागरिकसँग भने ‘अंग्रेजी माध्यमका किताबहरु निजी प्रकाशनकै लगाएका छौं।’ 

प्रकाशित: २४ जेष्ठ २०७८ ०८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App