३० आश्विन २०८१ बुधबार
image/svg+xml

काठमाडौं महानगरपालिकाले वृद्धि गरेको २७ प्रतिशत शुल्क खारेजी

काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालित निजी विद्यालयहरुले वृद्धि गरिएको शुल्क महानगरको शिक्षा समितिको बुधबार बसेको बैठकले खारेजी गर्ने निर्णय गरेको छ।

नेपाल–चीन शैक्षिक मेलाको सुरुवात, सम्बन्ध बिस्तारमा भाषा र शिक्षा महत्वपूर्णः सभामुख

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपाल–चीन सम्बन्ध बिस्तारमा भाषा र शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्। चिनियाँ भाषा शिक्षक संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दोस्रो वेल्ट एण्ड रोड नेपाल–चीन शैक्षिक मेला’को उद्घाटन गर्दै सभामुख महराले भाषाको ज्ञान र शैक्षिक सहकार्यले दुई देशबीचको सम्बन्ध बिस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

‘स्थानीय पहिचान जोगाउन स्थानीय पाठ्यक्रम’

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको कला–संस्कृति, भूगोल, इतिहास, सम्पदा, खेलकुद आदि विषयबारे नयाँ पुस्तालाई जानकारी प्रदान गर्न स्थानीय पाठ्यक्रम बनाएको बताएका छन्।

विद्यार्थी भर्ना अभियान कति सफल ?

नेपालको खुद भर्नादर ९७.२ प्रतिशत छ। अर्थात् हरेक एक सय जनामा ३ जना बालबालिका स्कुल बाहिर छन्। उनीहरुले पढ्न पाएका छैनन्। स्कुल टेक्नै पाएका छैनन्। यही तथ्याङ्कलाई आधार मानेर शत प्रतिशत विद्यार्थीलाई विद्यालय पठाउने अपेक्षा शिक्षा मन्त्रालयले राखेको छ।

समता निकेतनलाई गिनिज बुकको प्रमाणपत्र हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओली सुलभ मूल्यमा शिक्षा दिँदै आएको समता शिक्षा निकेतनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र आज हस्तान्तरण गरेका छन्।

आजदेखी विद्यालय भर्ना अभियान

‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पु-याऔँ’ भन्ने नाराका साथ आजबाट विद्यालय भर्ना अभियान सुरु भएको छ। शिक्षा मन्त्रालयको अगुवाईमा सोमबारबाट यो अभियान सुरु गरेको हो।

सार्वजनिक शिक्षामा सुधार

अहिले सामुदायिक विद्यालयप्रतिको मोह दिनानुदिन घट्दो छ। अभिभावकको छनोटमा यी विद्यालय पर्न सकेका छैनन्। हुनेसम्म सबैले निजी विद्यालयमै भर्ना गर्न लगेका देखिन्छन्। अझ लाजलाग्दो कुरो त सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, राज्यकोषबाट तलब खाने कर्मचारी तथा राजनीतिक दलका नेता÷कार्यकर्तासमेत सबैले निजी विद्यालय नै रोज्छन्। विगतमा नाम चलेका राजधानीका ठूला सामुदायिक विद्यालय पनि दिन÷प्रतिदिन सुक्दै जान थालेका छन्।

स्थानीय तहलाई मतलब छैन आफ्नै ठाउँको शिक्षा

‘हाम्रोमा कति विद्यार्थी विद्यालयबाहिर छन् भन्ने थाहा भएन। परीक्षामा अनुपस्थितको संख्या आयो भने केही थाहा होला,’ रुन्टीगढी गाउँपालिकाका शिक्षा स्रोत व्यक्ति कुलराज आचार्यले भने, ‘भर्ना अभियानबारे गाउँपालिका मौन छ। यो शीर्षकमा बजेट आएजस्तो मलाई लाग्दैन।’

भूकम्प शिक्षा र हुरीको नतिजा

पटक–पटक दोहोरिएका दुर्घटनामा घायल हुँदै राजनीतिको बाघचलमा चोला फेर्दै संस्थागत हुने संघर्षमा संलग्न नेपालको प्रजातन्त्र ६९ वर्षको भइसकेको छ। व्यक्तिका लागि पूरै जीवन अवधि हो– ७ दशक। नागरिक भएको भए नेकपा एमाले नेतृत्वको पहिलो सरकारद्वारा प्रारम्भ बृद्धभत्ता खाएर अवकाशको जीवन बिताउन पाउने। तर प्रजातन्त्र प्राणी हैन, देश र नागरिकको जीवन पद्धति हो। उमेरसँगै परिमार्जित हुँदै जाने, सार्थकता बढ्दै जाने जीवन्त सिध्दान्त हो– प्रजातन्त्र। नेपालमा प्रजातन्त्रको पटक–पटक न्वारान भएको छ। विशेषण फेरिएको छ।

काठमाडौंलाई साक्षर जिल्ला घोषणा गर्ने तयारी

काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया आयोजना गरेको छ। कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले देशलाई साक्षर बनाउने सरकारको योजना पुरा गर्ने तर्फ स्थानीय सरकारले स्वामित्व लिएर कार्य गर्न आग्रह गरे।

अटिजम भएकालाई समावेशी शिक्षा

१४ वर्षअघि धरान उपमहानगरपालिका–१० की रोमा शाक्यले छोरी जन्माइन्। उमेरअनुसार छोरी रोजाको बोलीमा विकास भएन। डेढ वर्षकी भएपछि मात्रै हिँड्न थालिन्। शारीरिक बनोट ठीकै भएकी रोजा कुरा बुझ्छिन् तर राम्ररी फर्काउन सक्दिनन्। मन्टेश्वरी एक वर्ष पढाएपछि थाहा भयो, रोजामा डाउन सिन्ड्रोमको समस्या छ। त्यसपछि मन्टेश्वरीले उनलाई धरान–११ स्थित डाउन सिन्ड्रोम र अटिजम भएका विशेष बालबालिकालाई शिक्षा दिने स्पेसल एजुकेसन सेन्टरमा पठायो।

एजुकेसन पार्ककाे इन्फरमेसन सेसन

एजुकेसन पार्कले उच्चशिक्षा अध्ययनका लागि अष्ट्रेलिया वा अन्य देश जान चाहने वा तयारी गरिरहेका विद्यार्थी तथा अभिभावकवर्गलाई लक्षित गरी चैत्र २२ र २३ गते शुक्रबार र शनिबार काठमाडौंको सुन्धारामा अवस्थित सिभिल मलको आठौं तलामा रहेको कार्यालयान ‘प्यारेन्ट्स इन्फरमेसन सेसन’ आयोजना गर्ने भएको छ। एजुकेसन पार्कले विगत लामो समयदेखि उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, न्युजील्यान्डलगायतका देश जान चाहने विद्यार्थीहरुका लागि भाषा कक्षा तथा शौक्षिक परामर्श दिँदै आएको छ।

अनाथ बालबालिकालाई साउदीबाट आर्थिक सहयोग

धरान महानगरपालिकामा अवस्थित ङयुङ्ने ल्हाखाङ गुम्बामा अनाथ बालबालिकाहरु बौद्ध शिक्षा र अंग्रेजी भाषा अध्ययन गर्नका लागि साउदी अरबबाट ५५ हजार रूपैयाँ सहयोग गरेको छ। २८५५ औं सोनाम ड्वा फा (ल्हो) ल्होछार मूल आयोजक समिति रियाद साउदी अरबले उक्त रकम सहयोग गरेको हो।

प्रदेश २ मा एसईई परीक्षा स्थगित, प्रश्नपत्र लिक गर्नेलाई कारवाही गर्छाैं : शिक्षा मन्त्री

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश २ मा एसईई परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ। शुक्रवार साँझ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रदेश २ मा परीक्षा स्थगित गर्न बोर्डलाई निर्देशन दिएको जानकारी गराए।

एसईईको भोलिको प्रश्नपत्र बाहिरिएको छैन, अफवाह फैलाइयोः शिक्षा विभाग

प्रदेश नम्बर २ को शिक्षा विभागले प्रवेशिका परीक्षा (एसईई)को प्रश्नपत्र सुरक्षित रहेको बताएको छ। परीक्षा तालिका अनुसार भोलि स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षा हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्